Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा बोलिने मुख्य भाषाहरू

  • Ajnabee Khadka
  • August 31, 2023
  • 507

नेपालमा बोलिने मुख्य भाषाहरू

नेपालमा बोलिने मुख्य भाषाहरू

नेपाल बहुभाषी देश हो । नेपालको संविधानले नेपालमा बोलिने सबै मातृभाषाहरूलाई राष्ट्रभाषाको मान्यता दिएको छ । नेपाली भाषा सरकारी कामकाजको भाषा हो । नेपाली भाषा सम्पर्कको भाषा पनि हो । सबै नेपालीले नेपाली भाषा बोल्न र बुझ्न सक्दछन् । प्राचीन नेपालमा किराँत, संस्कृत, पाली आदि भाषा र ब्राम्ही, सिरिजंघा, देवनागरी, रन्जना आदि लिपि विकसित हुँदै गएको पाइन्छ ।

उत्तरार्धमा संस्कृत भाषाको विकास अन्य भाषाको दाँजोमा अत्यधिक मात्रामा भएको पाइन्छ । जयस्थिति मल्लको उदय भएपछि मध्यकालमा नेवारी भाषाको पनि लिखित रूपमा सुरुआत भएको हो । यसकालमा नेपालमा अन्य विभिन्न भाषाहरू भएपनि लिखित रूपमा तिनीहरूको वर्चस्व भेटिएको छैन ।

मुसलमान व्यापारीको प्रवेशपछि मध्यकालमा उर्दू र फारसी भाषाको प्रयोग हुन थालेको पाइन्छ । दरबारमा संस्कृत, मैथिली, बङ्गाली, भोजपुरी, अवधी र पर्वते (नेपाली) भाषाका ज्ञाताहरू पनि थिए भन्ने कुरा इतिहासबाट प्रष्ट हुन्छ ।

नेपालमा बोलिने मुख्य भाषाहरू:
क्र.स. भाषा क्र.स. भाषा
१ नेपाली २१ उराव
२ मैथिली २२ सुनुवार
३ भोजपुरी २३ बंगाली
४ थारू २४ राजस्थानी
५ तामाङ २५ माझी
६ नेवारी २६ थामी
७ मगर २७ कुलुङ
८ अवधी २८ धिमाल
९ वान्तवा २९ अन्जिका
१० गुरुङ ३० याख्खा
११ लिम्बू ३१ थुलुङ
१२ बज्जिका ३२ साङपाङ, साङ्पाहाङ
१३ उर्दू ३३ भुजेली
१४ राजवंशी ३४ दराई
१५ शेर्पा ३५ खालिङ
१६ हिन्दी ३६ कुमाल
१७ चाम्लिङ ३७ थकाली
१८ सन्थाल ३८ छन्त्याल
१९ चेपाङ ३९ साङ्केतिक
२० दनुवार ४० तिब्बती
नेपालमा बोलिने मुख्य भाषाहरू:
क्र.स. भाषा क्र.स. भाषा
४१ दुमी ६१ लोरुङ
४२ जिरेल ६२ पन्जाबी
४३ वाम्बुले ६३ चिनियाँ
४४ पुमा ६४ अंग्रेजी
४५ योल्मो ६५ मेओहाङ
४६ नाछेरिङ ६६ संस्कृत
४७ दुरा ६७ कैके
४८ मेचे ६८ खाम्जी (राउटे
४९ पहरी ६९ किसान
५० लाप्चे ७० मुसलमान
५१ बोटे ७१ बराम
५२ बहाई ७२ तिलुङ
५३ कोयू ७३ जेरुङ
५४ राजी ७४ दुम्जाली
५५ हायू ७५ ओरिया
५६ व्यासी ७६ लिङ्खिङ
५७ याम्फे ७७ कुसुन्डा
५८ घले ७८ सिन्धी
५९ खरिया ७९ कोचे
६० छिलिङ ८० हरियान्वी
नेपालमा बोलिने मुख्य भाषाहरू:
क्र.स. भाषा क्र.स. भाषा
८१ माघी १०१ धुलेली
८२ साम १०२ अरबी
८३ कुर्माली १०३ स्पेनिस
८४ कागते १०४ रसियन
८५ दोङ्खा १०५ डोटेली
८६ कुकी १०६ बेलहरा
८७ छिन्ताङ १०७ फाङ्दुवाली
८८ मिजो १०८ वालुङ
८९ नाग्मेसे १०९ सुरेल
९० ल्होमी ११० बैतडेली
९१ असामी १११ बनकरीया
९२ सधानी ११२ बझाङ्गी
९३ राई ११३ फ्रान्सेली
९४ ताजपुरीया ११४ ल्होपा
९५ खसै ११५ डोल्पाली
९६ अठपहरे ११६ जुम्ली
९७ गनगाई ११७ दैलेखी
९८ अछामी ११८ सोनाहा
९९ खम ११९ डडेलधुरी
१०० मालपाडे १२० बाजुरेली
१२१ दार्चुलेली १२२ मनाङ
१२३ गढवाली

Suresh Bhusal

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 51
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 74
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 48
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 129
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 120
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA