Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको जलसम्पदा : स्थिति र महत्व

  • Ajnabee Khadka
  • August 30, 2023
  • 546

नेपालको जलसम्पदा : स्थिति र महत्व

नेपालको जलसम्पदा : स्थिति र महत्व

जल प्राप्त हुने सबै किसिमका स्रोतहरूको समष्टिलाई जल सम्पदा भनिन्छ । जुन प्राकृतिक स्रोतकोरूपमा नदी, ताल, पोखरी, झरना लगायतका विभिन्न स्वरूपमा पाइन्छ ।

  • जलसम्पदा नेपालको एक महत्वपूर्ण प्राकृतिक संसाधन हो । 
  • जलसम्पदाको दृष्टिले नेपाल ब्राजिलपछि विश्वको दोस्रो धनी राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ ।
  • देशको आर्थिक विकासका लागि महत्वपूर्ण स्थान ओगट्ने हिमनदी, नदी, ताल आदिको समष्टि स्वरूपलाई नै जलसम्पदा भनिन्छ । 

नेपालको जलसम्पदाको स्थिति:

  • नेपालको जलसम्पदाको प्रमुख स्रोतहरू भनेको
  • हिमनदीहरू
  • नदीहरू – (करिब ६ हजारभन्दा बढी नदीनालाहरू)
  • विभिन्न स्थानमा रहेका ताल, तलैया र कुण्डहरू आदि हुन् ।
  • नेपालको कूल क्षेत्रफलको ३.९% भू–भाग नदीनालाले ओगटेको पाइन्छ ।

२ लाख २ हजार मिलियन क्युविक मिटर जल भण्डार क्षमता रहेको मानिने नेपालका नदीनालाबाट लगभग ८३ हजार मेगाबाट विद्युत उत्पादन गर्न सकिन्छ भने आर्थिक तथा प्राविधिक दृष्टिकोणले ४२,००० मेगाबाट विद्युत उत्पादन गर्न सकिने अनुमान छ । नेपालको कूल क्षेत्रफलमध्ये करिब २६ लाख ४१ हजार हेक्टर कृषि योग्य जमिनमध्ये भौगोलिक बनावट तथा जमिनको अवस्थितिका कारण करिब १७ लाख ६६ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउन सकिने संभावना छ ।

जलसम्पदाको महत्व:

  • नेपालको अपार जलसम्पदाबाट जलविद्युत उत्पादन गरी बढी भएको विद्युत शक्ति निर्यात गरी WHITE DOLLAR आर्जन गर्न सकिन्छ ।
  • जलसम्पदाको माध्यमबाट यातायात एवम् जल पर्यटन सञ्चालन गर्न सहयोग पुग्छ ।
  • खानेपानी तथा सरसफाइको मुख्य स्रोत जलसम्पदा हो ।  जलसम्पदालाई सिंचाई तथा मत्स्यपालन कार्यमा प्रयोग गरी कृषि उत्पादनमा वृद्धि गर्न सकिन्छ ।
  • आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुग्दछ ।
  • औद्योगिक क्षेत्रको विकास गर्न सकिन्छ । (विद्युत, पानी आदि मार्फत)
  • जलयातायात सञ्चालनबाट व्यापार विस्तार गर्न,
  • वातावरण स्वच्छ बनाई सन्तुलन कायम गर्न,
  • साहसिक पर्यटकीय स्थलको रूपमा विकास गर्न (जस्तैः र्यायाफ्टिङ्ग, क्यानोइङ्ग आदि)

नेपालका नदीहरू:

नेपालमा साना ठूला गरी ६,००० भन्दा बढी नदीनालाहरू रहेका छन् ।जसको कूल लम्बाई ४५,००० कि.मि. भन्दा बढी हुन आउँछ । ठूलो जलभण्डारका अतिरिक्त हिमालय प्रदेशदेखि निरन्तर बहने नदीहरूको बहाव क्षमताका कारण देशमा ८३,००० मेघाबाट भन्दा बढी जलविद्युत क्षमता रहेको र आर्थिक तथा प्राविधिक दृष्टिले समेत ४२,००० मेघाबाट जल विद्युत निकाल्न सकिने देखिन्छ ।

नेपालका नदीहरू र जलविद्युत उत्पादन क्षमता:

नेपालको प्रमुख तीन नदीहरू कोशी, गण्डकी र कर्णालीमा कूल जलसम्पदाको ९०% स्थान ओगट्दै देहाय बमोजिमको जलविद्युत उत्पादन क्षमता रहेको छ ।

  • कर्णाली नदी : ३२,००० मे.वा.
  • कोशी नदी  : २२,००० मे.वा.
  • गण्डकी नदी : २१,००० मे.वा.
  • अन्य नदी : ८,००० मे.वा.

नदीहरूको स्तर विभाजन:

नेपालका नदीहरूलाई तिनीहरूको स्थायित्व र उद्गम स्रोतको आधारमा निम्नानुसार ३ श्रेणीमा विभाजन गर्न सकिन्छ:

  • पहिलोस्तरका नदीहरूः हिमालयको काखबाट उत्पत्ति भई निरन्तर रूपमा प्रवाहित हुने नदीहरू जस्तै : सप्तकोशी,सप्तगण्डकी र कर्णाली जस्ता ठूला नदीहरू पहिलो स्तरका नदीमा पर्दछन् । यस प्रकारका नदीहरू स्थायी प्रकृतिका भएकोले सिंचाई र जलविद्युत उत्पादन गर्ने मजबूत स्रोतका रूपमा रहेका छन् ।
  • दोस्रो स्तरका नदीहरूः महाभारत पर्वतबाट उत्पन्न भई स्थायी रूपले बहने तर हिउँदको समयमा पानीको मात्रा कम र वर्षातको समयमा बढी हुने जस्तै : कमला, कन्काई, त्रियुगा, बागमती, मेची, तिनाउ, वाणगंगा आदि नदीहरू दोस्रो स्तरका नदीहरू हुन् ।
  • तेस्रो स्तरका नदीहरूः चुरे पहाडलाई मूल बनाई निस्केका, मनसुनी वर्षामा निर्भर रही ठूलो गडगडाहटका साथ बहने र हिउँदको समयमा सुख्खा रहने खालका नदीहरू जस्तै : सिर्सिया, तिलावे, जमुनी, रातु, हर्दिनाथ, डुन्डुवा आदि ।

नदीको प्रभाव क्षेत्रको आधारमा प्रदेश विभाजन :

नेपालका नदीहरूलाई तिनीहरूको बहाव क्षेत्रको आधारमा तीन भागमा विभाजन गरिएको छ :

क) कोशी नदी र कोशी प्रदेश

  • पूर्वमा कञ्चनजंघादेखि पश्चिममा लाङटाङ हिमालबीचको कोशीनदी प्रभावित क्षेत्रलाई नै कोशी प्रदेश भनिन्छ ।
  • कौशिक ऋषिको नामबाट नामाकरण भएको यस नदीको लम्बाई ७२० कि.मि. छ भने नेपालभित्र मात्र यसको लम्बाई १५२ कि.मि. छ ।
  • यसको बहाव क्षमता सालाखाला १,५६४ घनमिटर प्रतिसेकेन्ड रहेको छ ।
  • यस नदीले करिब ३३,००० वर्ग कि.मि. क्षेत्र सिंचित गरेको छ ।
  • यस नदीका प्रमुख सहायक नदीहरूमा सुनकोशी, दुधकोशी, इन्द्रावती, तामाकोशी, अरुण, तमोर र लिखु हुन् । यी मध्ये सबैभन्दा सानो लिखु र सबैभन्दा ठूलो अरुण हो ।
  • बिहारको दुःख समेत भनिने कोशी नदीलाई भारतमा दामोदर नदी भनिन्छ ।
  • भारत प्रवेश गरेपछि यो नदी करसेला भन्ने स्थानमा पुगेर गंगा नदीमा मिसिन्छ ।
  • यो नेपालको सबैभन्दा ठूलो नदी हो ।

ख) गण्डकी नदी र गण्डकी प्रदेश

  • पूर्वमा लाङटाङदेखि पश्चिममा धौलागिरी हिमालसम्मको भू–भाग नै गण्डकी प्रदेश हो ।
  • गण्डक ऋषिको नामबाट नामाकरण भएको नेपालको सबैभन्दा गहिरो गण्डकी नदीको नामबाट यस
  • प्रदेशको नामाकरण गरिएको छ ।
  • गण्डकी नदी प्रवाहित क्षेत्रमा करिब २६,००० वर्ग कि.मि. क्षेत्र सिंचित रहेको छ ।
  • गण्डकी नदीको कूल लम्बाई ३३८ कि.मि. (मुस्ताङदेखि भैसालोटनसम्म) छ ।
  • यसको बहाव क्षमता १,७०० घन मिटर प्रतिसेकेन्ड छ भने २१,००० मेघाबाट विद्युत निकाल्न सकिन्छ ।
  • सप्त गण्डकीको नामले प्रख्यात यस नदीका सहायक नदीहरू त्रिशुली, बुढी गण्डकी, मस्र्याङ्दी, मादी, सेती, दरौदी र काली गण्डकी हुन् ।
  • सप्त गण्डकीमध्ये काली गण्डकी सबैभन्दा ठूलो र शालिग्राम पाइने एकमात्र नेपालको नदी हो भने
  • यसको सबैभन्दा सानो सहायक नदी त्रिशुली हो ।
  • यो नेपालको सबैभन्दा गहिरो नदी हो ।

ग) कर्णाली नदी र कर्णाली प्रदेश

  • पूर्वमा धौलागिरी हिमालदेखि पश्चिममा व्यास ऋषि हिमालसम्म कर्णाली नदी प्रभावित क्षेत्रलाई कर्णाली प्रदेश भनिन्छ ।
  • कूल ५०७ कि.मि. लम्बाई भएको नेपालको भू–भागमा सबैभन्दा लामो नदी कर्णालीको बहाव क्षमता करिब १३०० घन मिटर प्रति सेकेन्ड रहेको छ ।
  • यसले झन्डै ४९,००० वर्ग किलोमिटर क्षेत्र सिंचित गरेको छ ।
  • यस प्रदेशका नदीहरूबाट करिब ३२,००० मेघाबाट विद्युत निकाल्न सकिन्छ ।
  • भारतमा घाँघरा नदीको नामबाट चिनिने यस नदीका सहायक नदीहरूमा हुम्ला कर्णाली, मुगु कर्णाली, ठूली भेरी, सानी भेरी, तिला, बुढीगंगा र सेती हुन् ।
  • कोशी नदीमा २०३८ सालमा विश्वकै दुर्लभ मानिने सोंस (डल्फिन) भेटिएको थियो ।

नेपालमा जलविद्युत विकासको सम्भावना:

  • जलसम्पदा नेपालको एक महत्वपूर्ण  प्राकृतिक संसाधन हो भने जलविद्युत एक उर्जा हो जुन जलबाट उत्पादन गरिन्छ । जलसम्पदाको दृष्टिले नेपाल ब्राजिलपछि विश्वको दोस्रो धनी राष्ट्र र एसियामा पहिलो राष्ट्र मानिन्छ ।
  • नेपालमा साना ठूला गरी ६,००० भन्दा बढी नदीनालाहरू रहेका छन् । जसको कूल लम्बाई ४५,००० कि.मि. भन्दा बढी हुन आउँछ ।
  • नेपालको प्रमुख तीन नदीहरू कोशी, गण्डकी र कर्णालीमा कूल जलसम्पदाको ९०% स्थान ओगट्दै  देहाय बमोजिमको जलविद्युत उत्पादन क्षमता रहेको छ ।

        ⦁   कर्णाली नदी : ३२,००० मे.वा.

        ⦁   कोशी नदी   :  २२,००० मे.वा.

        ⦁   गण्डकी नदी  : २१,००० मे.वा.

        ⦁   अन्य नदी  : ८,००० मे.वा.

  • ठूलो जलभण्डारका अतिरिक्त हिमालय प्रदेशदेखि निरन्तर बहने नदीहरूको बहाव क्षमताका कारण देशमा ८३,००० मेगाबाट भन्दा बढी जलविद्युत क्षमता रहेको र आर्थिक तथा प्राविधिक दृष्टिले समेत  ४२,००० मेगाबाट जल विद्युत निकाल्न सकिने देखिन्छ । त्यसैले नेपालमा जलविद्युत विकासको सम्भावना उच्च रहेको छ ।

भोटमा मूल भएका नदीहरू:

१. अरुण

२. तामाकोशी

३. कर्णाली

४. त्रिशुली

५. सुनकोशी

६. तमोर

 

  नेपालका ताल तलैयाहरू:

वरिपरी जमिनले घेरिएको र पानी जमेको स्थानलाई ताल भनिन्छ । नेपालका ताल तलैयाहरू मुख्यतः देहायका प्रकारका छन् ।

१. हिमाली ताल

२. मानव निर्मित ताल

३. पर्वतीय/मैदानी ताल

नेपालका प्रमुख तालहरू: 

तिलिचो ताल

  • विश्वको सर्वाेच्च स्थानमा रहेको यो ताल समुन्द्र सतहबाट ४,९१९ मिटरको उचाईमा रहेको छ ।
  • गण्डकी अञ्चलको मनाङ जिल्लामा रहेको यो ताललाई स्थानीय भाषामा तिरिछ्यो भनिन्छ ।
  • यस तालको लम्बाई ४ कि.मि., चौडाई १.२ कि.मि.,गहिराई २०० मिटर रहेको छ ।
  •  यस तालको उत्तरतिर निलगिरी र दक्षिणतर्फ अन्नपूर्ण हिमालको सौन्दर्यले यो ताल अति नै मनोरम छ । यो ताल पर्यटकीय दृष्टिले समेत महतोवपूर्ण मानिन्छ ।

फेवाताल

  • कास्की जिल्लाको पर्यटकीय नगरी पोखरामा अवस्थित यस तालको लम्बाई ४ कि.मि., चौडाई १.५ कि.मि. र २४ मिटर गहिराइ रहेको छ ।
  • तालको बीचमा बराहको मन्दिर रहेकाले यसलाई बराहताल पनि भनिन्छ ।
  • यो ताल हर्पन खोला मिसिएर बनेको छ ।
  • माछापुच्छे« तथा अन्नपूर्ण हिमालको मनोरम छायाँ देखिने यो ताल पर्यटकीय दृष्टिले अतिनै महत्वपूर्ण स्थलका रूपमा रहेको छ ।  यो ताल वर्षेनी पुरिँदै र साँघुरिदै गएको छ ।
  • नेपालको नक्सा आकारको देखिने ताल हो फेवाताल ।

फोक्सुण्डो ताल

  • कर्णाली अञ्चलको डोल्पा जिल्लामा कान्जिरोवा हिमालको काखमा अवस्थित नेपालको सबैभन्दागहिरो फोक्सुण्डो ताल हो । गुलेली आकारको देखिने यो तालको स्थानीय नाम ‘रिङ्म’ हो 
  • यो ताल समुन्द्री सतहबाट ३,९०० मिटर उचाईमा पर्दछ
  • यस तालको लम्बाई ४.८ कि.मि., चौडाई १.६ किलोमिटर र गहिराई ६५० मिटर रहेको छ ।
  • चारैतिरबाट मनोरम हिमश्रृङ्खलाले घेरिएको यो ताल जंगलले घेरिएको र तालको छेउमा रंगीबिरंगी फूल फुल्ने हुँदा तालको शोभा निकै बढेको छ ।
  • तालको पानी अत्यन्त चिसो हुने भएकोले यस तालमा कुनै जीवजन्तु पाइदैन । त्यसैले यस ताललाई निर्जीव ताल पनि भनिन्छ ।
  • यो तालको पानी निःशृत भई ‘सुलिगाढ’ झरना बनेको छ । जुन नेपालको सबैभन्दा उच्च (समुन्द्र सतहदेखि ३,६१३ मिटर) स्थानमा रहेको झरना समेत हो ।

रारा ताल

  • समुन्द्री सतहबाट ३,२०० मिटरको उचाईमा अवस्थित यो ताल कर्णाली अञ्चलको मुगु जिल्लामा पर्दछ ।
  • यस तालको लम्बाई ५.२ कि.मि., चौडाई २.४ कि.मि., गहिराई १६७ मिटर र ११ वर्ग कि.मि. क्षेत्रफल रहेको छ ।
  • स्थानीय भाषामा कचौरी भनिने यो ताल नेपालको सबैभन्दा ठूलो ताल हो ।
  • रारा राष्ट्रिय निकुञ्जभित्र पर्ने यो ताल प्राकृतिक एवम् पर्यावरणीय सुन्दरताको अनुपम नमूना हो ।
  • वि.सं. २०२० साल चैत्र १३ गते राजा महेन्द्रबाट यो ताल भ्रमण गरेपछि महेन्द्र ताल नामाकरण गरिएको हो ।
  • यस तालबाट निस्केको खोलालाई खत्याड खोला भनिन्छ ।

च्छोरोल्पा हिमताल

  • समुन्द्री सहतबाट ४,५८० मिटरको उचाईमा रहेको यो ताल दोलखा जिल्लाको गौरीशंकर गा.वि.स.मा पर्दछ ।
  • यो नेपालको सबैभन्दा ठूलो हिमताल हो ।
  • यस तालको लम्बाई ३ कि.मि., चौडाई ०.५ कि.मि. र गहिराई १०० मिटर रहेको छ ।
  • यो तालमा करिब ८ करोड घनमिटर पानी भएको अनुमान छ ।
  • सन् १९९७ मा विष्फोटको खतरा रहेको यस तालको बचाउका लागि पानी निकास गर्न साइफन समेत जडान गरी पानी निष्कासन गरिएको थियो ।

घोडाघोडी ताल

  • घोडाघोडी ताल कैलाली जिल्ला अन्तर्गत महेन्द्र राजमार्गको दक्षिणी भागमा अवस्थित छ । 
  • यो ताल हत्केलाको आकारमा २,५६३ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
  • यो तालको बीचमा ४÷५ वटा थुम्काथुम्कीहरू रहेका छन भने तालको छेउहरूमा घोडाघोडी मन्दिर रहेको र सोही मन्दिरको आधारमा तालको नामाकरण गरिएको हो ।
  • वि.सं. २०५२ मा योगी नरहरीनाथले यस ताललाई कपिलताल नामाकरण गरेका थिए । 
  • यो ताल छेउको जङ्गलमा दूर्लभ पंक्षी धनेशका अतिरिक्त अनेकांै पशुपंक्षीहरू पाइन्छन् भने तालभित्र माछा, कछुवा, गोहीको क्रिडाले ताललाई थप रमणीय बनाएको छ । यो तालमा २७ प्रजातिका माछा, १० प्रजातिका सरिसृप र १४० प्रजातिका चरा पाइने विश्वास गरिन्छ ।

जगदिशपुर ताल 

  • कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवादेखि करिब १० कि.मि. उत्तरमा पर्ने निग्लिहवा गा.वि.स. मा पर्ने यो
  • ताल करिब (२२५ हेक्टर) जमिनमा फैलिएको छ । 
  • करिब ४७ लाख घनमिटर पानी जम्मा गर्न सकिने यो ताल सिंचाई विकासको लागि तयार गरिएको मानव निर्मित सबैभन्दा ठूलो ताल हो । 
  • प्रत्येक वर्ष साइवेरियाबाट करिब २० प्रकारका चराचुरुङ्गी तथा चीनको बेइजिङ्गबाट राजहाँस लगायतका नौला अद्वितीय चराचुरुङ्गी जाडोको मौसममा आई करिब ६ महिनासम्म बसोवास गरी फर्कने परम्पराले यिनको बच्चा यस ताल वरिपरि हुर्कन्छन् भनी अनुमान गरिन्छ ।

 बीस हजारी ताल

  • २०५२ सालदेखि परिचयमा आएको यो बीस हजारी ताल चितवन जिल्लामा पर्दछ । 
  • यो ताल समुन्द्र सतहदेखि ३०० मिटरको उचाईमा रहेको छ । 
  • कूल क्षेत्रफल ३,२०० हेक्टर रहेको यो ताल नेपालको दोस्रो ठूलो सिमसार क्षेत्र हो । 
  • यो चितवन जिल्लाको सदरमुकाम भरतपुरदेखि ९ कि.मि. दूरीमा रहेको छ ।
  • तालको छेउहरूमा गैडा, जरायो, चित्तल, आदि जनावरका साथै धेरै वनस्पतिहरू रहेका छन् । यो तालमा १७ प्रजातिका माछा, १० प्रजातिका सरिसृप र २७३ प्रजातिका चराचुरुङ्गीहरू पाइने विश्वास गरिन्छ ।

Categories

  • Current Affairs 696
  • Gorkhapatra 321
  • Others 1086
  • Vacancy 1
  • Past Questions 97
  • Nepal Police 7

Latest Blogs

Nepal's first nutrition-friendly rural municipality: Badigad (Baglung)
Current Affairs

नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका: बडिगाड (बागलुङ)

  • Jul 01, 2026
  • 25
Reducing the Risk of Food Insecurity: Thematic Q&A (17 Ashar 2083, Wednesday)
Gorkhapatra

खाद्य असुरक्षाको जोखिम न्यूनीकरण : विषयगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 27
Public Service Preparation Special: Objective Questions and Answers (17 Ashar 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 95
Nepal Telecom (Fourth Level) Written Examination-2082
Past Questions

नेपाल टेलिकम (चौथो तह) लिखित परीक्षा-२०८२

  • Jun 30, 2026
  • 43
Historical years of the world and Nepal related to the history of Women's Suffrage
Others

महिला मताधिकारको इतिहाससँग सम्बन्धित विश्व र नेपालको ऐतिहासिक वर्षहरू

  • Jun 29, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA