Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

“नेपाल–रुस मित्रताको ६७ वर्ष ।” रुसले नेपाललाई पुराएको अविस्मरणीय सहयोगहरु के के हुन् त ?

  • Ajnabee Khadka
  • August 26, 2023
  • 455

“नेपाल–रुस मित्रताको ६७ वर्ष ।” रुसले नेपाललाई पुराएको अविस्मरणीय सहयोगहरु के के हुन् त ?

“नेपाल–रुस मित्रताको ६७ वर्ष ।” रुसले नेपाललाई पुराएको अविस्मरणीय सहयोगहरु के के हुन् त ?

नेपाल र पूर्व सोभियत संघ (रसिया) बीचको आपसी सद्भाव, सहयोग र सम्बन्धको ६७ वर्ष पूरा भएको छ । नेपाल र रुसबीचको कूटनीतिक सम्बन्धले दुई देशको भूगोल मात्र नभई दुई देशका जनताबीचको आपसी सम्बन्धलाई पनि जोडेको छ ।

२० जुलाई १९५६ नेपाल र तत्कालीन सोभियत संघ (रूस) बीच कूटनीतिक सम्बन्ध स्थापना भएको दिन हो ।

तत्कालीन सोभियत संघका राष्ट्रपति केई भोरोसिलोभको निमन्त्रणामा राजा महेन्द्रले रुसको भ्रमण गरेका थिए । सन् १९५८ जुन ४ देखि जुन २६ सम्म राजा महेन्द्रको राजकीय भ्रमणका क्रममा नेपाल र रुसबीच शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, सडक, पूर्वाधारलगायतका क्षेत्रमा सहयोग गर्ने विभिन्न सम्झौता भएका थिए ।

यसै क्रममा पूर्व–पश्चिम राजमार्गको सर्भे र १०८ किलोमिटर पथलैया–ढल्केबर सडक खण्डको निर्माण शिलान्यास गरी सोभियत संघले सहयोगको पहिलो उदाहरण प्रस्तुत गर्‍यो।

नेपालको सडक निर्माण कार्यक्रममा छिमेकी राष्ट्र भारत पहिलो स्थानमा छ भने रुस दोस्रो स्थानमा छ।

रुसबाट विद्यावारिधिको उपाधिप्राप्त प्रथम नेपाली जलविद्युत् विज्ञ स्वर्गीय हरिमान श्रेष्ठले ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना भएको जलस्रोतको धनी देशमध्ये एक भनी नेपाललाई विश्वमा चिनाउने काम गरे।

स्वर्गीय हरिमान श्रेष्ठको नेतृत्वमा रुसले सन् १९६५ मा पनौतीमा २.४ मेगावाटको पावर प्लान्ट बनाएर नेपालको आर्थिक विकास र औद्योगीकरणको मुख्य आधार जलविद्युत हो भन्ने कुरामा आँखा खोलिदिएका हुन् ।

सन् १९६० को दशकमा विश्वमै औद्योगिक क्रान्ति चलिरहेको अवस्थामा रुसले नेपाललाई सुर्ती खेती गर्न सहयोग गर्‍यो र जनकपुर चुरोट कारखाना स्थापना गरी नेपाललाई औद्यौगिकीकरणको दिशामा लैजान मद्दत पुर्‍यायो।

किसानको आर्थिक अवस्था सुधार गर्नमा र नेपाली जनतालाई वैज्ञानिक कृषि खेती र कृषिको औद्योगिकीकरण गर्न कृषि औजार कारखानामार्फत कृषि क्रान्ति गरेर आर्थिक स्तर रूपान्तरण गर्न प्रेरित गर्‍यो।

नेपालको प्रथम चिनी कारखाना मोरङ सुगर मिल थियो। त्यसले हाम्रो मागलाई पूर्ति गर्न नसकिरहेको अवस्थामा रुसको सहयोगमा निर्माण भएको वीरगन्ज चिनी कारखाना दोस्रो हो। यो कारखानाले चिनीको आवश्यकता पूर्ति गर्दै चिनीमा आत्मनिर्भर हुन र नेपालको पुँजी विदेश पलायनलाई न्यूनीकरण गर्दै उखु उत्पादन गर्ने किसानलाई पनि नगदेबालीका रूपमा आर्थिकोपार्जन गर्न सकिने शिक्षा, ज्ञान र सिपको आँखा खोलिदियो।

रुस नै नेपालमा कृषिमा आधुनिकीकरण गरी कृषि उत्पादन र उत्पादकत्व वृद्घि गर्न २०२३ सालमा कृषि औजार कारखाना निर्माण तथा सञ्चालन गर्न सघाउने प्रथम राष्ट्र बन्यो।

त्यसैगरी सन् १९६० को दशकमा नेपालमा औलो, कालाजार, हैजाजस्ता महामारीबाट बाल मृत्युदर निकै नै बढिरहेको अवस्थामा त्यसलाई न्यूनीकरण गर्न स्वास्थ्य क्षेत्रमा सन् १९६१ मा रुसले ५० शैड्ढयाको कान्ति शिशु बाल अस्पताल निर्माण गर्‍यो। यो नै नेपालको पहिलो बाल अस्पताल हो।

२०४३ सालमा वन सम्पदाको सदुपयोग तथा नेपाली जनताको आर्थिक समृद्घिमा टेवा पुर्‍याउने उद्देश्यका साथ कर्णालीमा नेपाल रोजिन र एन्डटर्वैन टाइन उद्योगको स्थापना भयो, जुन हालसम्म चालु छ।

त्यसरी नै रुसले रसियन ठुला हेलिकोप्टर एमआई, रसियन जिप तथा रसियन जहाज एरोफ्लोट मस्को–काठमाडौं–मस्को सिधा उडानसमेत सुरु गरेको थियो।

विज्ञान, प्रविधि र दक्ष जनशक्तिबिना राष्ट्र समुन्नतिको बाटोमा अगाडि बढ्न सक्दैन भन्ने सोचेर रुसले नेपाललाई शिक्षा क्षेत्रमा अत्यधिक छात्रवृत्ति दिई डाक्टर, इन्जिनियरजस्ता विज्ञ तयार पार्न ठुलो योगदान गरेको छ। “रुसबाट उच्च शिक्षा हासिल गरी आउने विज्ञहरूको संख्या ८ हजारभन्दा बढी छ । ती विज्ञले देशका विभिन्न जिल्ला, नगर र गाउँको विकास कार्यमा ठुलो योगदान दिइरहेका छन् । अहिले पनि रुसले हरेक वर्ष ५० जनालाई विभिन्न विषयमा छात्रवृत्ति प्रदान गरिरहेको छ र निकट भविष्यमा यो छात्रवृत्ति संख्या बढाएर २ सयसम्म पुर्‍याउने योजना बनाएको बुझिएको छ।”

रुसले नेपालमा पूर्व–पश्चिम र उत्तर–दक्षिण रेलमार्ग, काठमाडौं उपत्यकामा मेट्रो रेल, रासायनिक मल, क्यान्सर अस्पताल, विमानस्थल र प्रमुख राजमार्ग निर्माण, पेट्रोलियम पदार्थको आयात, हिमालय–पहाडी क्षेत्रमा यातायात र राहतका लागि एमआई हेलिकप्टर र ठूला ठूला रेलमार्ग निर्माण गरेको छ । जलविद्युत आयोजनाहरु। रुसको विज्ञताको परिप्रेक्ष्यमा यी क्षेत्रमा रुसबाट सहयोग लिनु नेपालका लागि फाइदाजनक देखिन्छ ।

सन् १९९१ मा सोभियत संघ विघटन भई १५ गणतन्त्रमा विभाजित भए पनि क्षेत्रफल र प्राकृतिक स्रोतसाधनले धनी रसिया विश्वको सबैभन्दा ठूलो देश हो । अहिलेको परिप्रेक्ष्यमा पनि रुसले नेपाललाई विकास निर्माणका लागि विभिन्न माध्यमबाट निस्वार्थ सहयोग गर्दै आएको र यो अवसरलाई नेपालले गुमाउन नहुने जनमत छ ।

 

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 85
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 65
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 113
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 37
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 182
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA