Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी ताजा वस्तुगत प्रश्नोत्तर- २०८० श्रावन ३१

  • Engineering Nepal
  • August 17, 2023
  • 396

लोकसेवा सम्बन्धी ताजा वस्तुगत प्रश्नोत्तर- २०८० श्रावन ३१

लोकसेवा सम्बन्धी ताजा वस्तुगत प्रश्नोत्तर- २०८० श्रावन ३१

१. सरकारले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी फिर्ताको निर्णय कहिले गरेको हो ?

 विसं २०७० साउन २३

– यसअघि सरकारले चालु आर्थिक वर्ष (२०८०/८१) को बजेटमार्फत बोर्ड खारेजीको घोषणा गरेको थियो ।

– आत्मनिर्भरको अवस्थामा रहेको दुग्ध क्षेत्रलाई नियमन तथा अनुगमनका लागि बोर्ड आवश्यक देखिएकाले यसलाई खारेजी गर्न नहुने मन्त्रीपरिषद्ले निर्णय गरेको हो । 

– खारेजीको घोषणा भएकै दिनदेखि यस क्षेत्रसँग सम्बन्धित सरोकारवालाले फिर्ता लिन आग्रह गर्दै आएका थिए ।

२. मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०७९’ का लागि सार्वजनिक गरेको श्रेष्ठ सूचीमा पर्न सफल कृति कुन–कुन हुन् ?

 सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, द्वारिकानाथ ढुङ्गेलको ‘चक्रव्युहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्ग्रा, सञ्जय विष्टको माटाको घर 

– छनोटमा परेका यी पुस्तकमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष–२०७९ को मदन पुरस्कार प्रदान गरिने छ ।

– यो पुरस्कार विसं २०१२ असोज १० गते घोषणा भएर विसं २०१३ देखि प्रदान गरिँदै आएको छ ।

– पहिलो पटक यो कृति प्राप्त गर्ने स्रष्टा : सत्यमोहन जोशी (हाम्रो लोक संस्कृति), चित्तरञ्जन नेपाली (जनरल भीमसेन थापा) र बलराम जोशी (अधिक विभव स्थिर विद्युत् उत्पादक) हुनुहुन्छ ।

– मदन पुरस्कार–२०७८ प्राप्त गर्ने नवराज लम्साल (अग्नि) हुनुहुन्छ । यस पुरस्कार राशि चार लाख रुपियाँ (२०७५ देखि) रहेको छ ।

३. देशमा पहिलो पटक साइबर सुरक्षासम्बन्धी नीति कहिले बनेको हो ?

 विसं २०८० साउन २३

– साउन २३ को मन्त्रीपरिषद् बैठकले ‘राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गरेको छ ।

– साइबर आक्रमणको जोखिम बढिरहेकाले वर्षौंदेखि यस्तो नीतिको माग हुँदै आएको थियो ।

– सञ्चार प्रविधिको सुरक्षाका लागि संस्थागत संरचना बनाउने, साइबर सुरक्षासम्बन्धी जनशक्ति उत्पादन क्षमता विकास गर्ने, साइबर सुरक्षाको विषयमा जनचेतना अभिवृद्धि गर्नेलगायतका उद्देश्य नीतिको रहेको छ ।

– साइबर सुरक्षाको विषयमा अनुसन्धान तथा विकास, साइबर सुरक्षा प्रवर्धन, जनचेतना अभिवृद्धि, साइबर सुरक्षासम्बन्धी तयारी, रोकथाम, पहिचान, प्रतिक्रिया तथा पुनर्लाभ गर्न सातै दिन २४ सै घण्टा सम्पर्क निकायका रूपमा कार्य गर्न, डिजिटल फरेन्सिकको अनुसन्धान गर्न तथा साइबर सुरक्षासँग सम्बन्धित निकायको नियमनकारी निकायका रूपमा समेत कार्य गर्ने गरी राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने कुरा नीतिमा रहेको छ ।

४. विसं २०८० साउन १८ को संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा कसलाई सिफारिस ग-यो ?

 विश्वम्भरप्रसाद श्रेष्ठ

५. वल्र्ड पपुलेसन रिभ्यु डटकम अनुसार सन् २०२३ मा बस्नलायक उत्कृष्ट देशको सूचीको पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ?

 स्विट्जरल्यान्ड 

६. हरितगृह ग्यास उत्सर्जन गर्ने प्रमुख तीन मुलुक कुन कुन हुन् ?

 चीन, अमेरिका, भारत 

७. हालै इक्वेडरमा हत्या गरिएका राष्ट्रपति पदका उम्मेदवार को हुन् ?

 फर्नान्डो भिल्लाभिसेन्सियो

– त्यहाँका राष्ट्रपति पदका उम्मेदवार फर्नान्डोको सन् २०२३ अगस्ट ९ मा गोली हानी हत्या गरिएको हो ।

– फर्नान्डोको हत्यापछि इक्वेडरमा राष्ट्रपति गुइलेर्मो लासोद्वारा सन् २०२३ अगस्ट १० मा देशभर ६० दिनका लागि सङ्कटकाल घोषणा गरिएको छ । 

– अगस्ट २० मा हुन लागेको राष्ट्रपति निर्वाचनमा भ्रष्टाचार र आपराधिक गिरोहविरुद्ध अभियान चलाउँदै आएका पूर्वपत्रकार भिल्लाभिसेन्सियोको क्विटोमा भएको चुनावी ¥यालीमा गोली हानी हत्या गरिएको हो ।

८. राष्ट्रिय परीक्षा बोर्डद्वारा पहिलो चरणमा कक्षा १० मा कुन कुन विषयमा स्तरीकृत परीक्षा लागु गरिने भएको छ ?

 गणित, विज्ञान र अंग्रेजी

९. नर्सिङ व्यवस्थालाई सुधार्न आफ्नो जीवन समर्पण गरेकी फ्लोरेन्स नाइटिङ्गेलको जन्म कहिले भएको थियो ?

 सन् १८२० मे १२, इटाली

– आधुनिक नर्सिङकी जन्मदाता मानिने फ्लोरेन्स आफ्ना बुवाआमाको चाहनाविपरीत मानवसेवाका लागि नर्स बनेकी हुन् । 

– दया र सेवाकी प्रतिमूर्ति फ्लोरेन्स नाइटिङ्गेललाई ‘लेडी विथ ल्याम्प’ भनेर पनि चिनिन्छ ।

– यिनको मृत्यु सन् १९१० अगस्ट १३ मा भएको हो ।

१०. नेपालले भारतको रियल टाइम मार्केटमा विद्युत् खरिद–बिक्री गर्न पाउने व्यवस्था कहिले भएको हो ?

 सन् २०२३ अगस्ट

– भारतले क्रस बोर्डर विद्युत् व्यापारसम्बन्धी निर्देशिका, २०१८ को पहिलो संशोधन गर्दै नेपालसहित भुटान, बङ्गलादेश र म्यानमारलाई रियल टाइम मार्केटमा विद्युत् खरिद–बिक्री गर्न बाटो खुला गरेसँगै नेपालले यो सुविधा प्राप्त गरेको हो ।

– हालसम्म नेपालले इन्डियन इनर्जी एक्सचेन्ज (आइइएक्स) को डे अहेड मार्केटमा व्यावसायिक र विहार राज्यमा आदान–प्रदानका रूपमा विद्युत् खरिद गर्दै आएको थियो तर अब भने नेपालले आइइएक्सको 

रियल टाइम मार्केटमा पनि विद्युत् खरिद बिक्री गर्र्न पाउने भएको हो ।

– यसअघि नेपालसहित उक्त मुलुकहरूलाई डे अहेड मार्केटमा मात्रै विद्युत् बिक्री गर्न दिने व्यवस्था थियो । सो अनुसार दैनिक रूपमा बिक्री गरिने विद्युत्का लागि अघिल्लो दिन नै बिडिङ गर्नुपर्ने हुन्थ्यो । 

– रियल टाइम मार्केटमा आफूसँग विधुत भएको अवस्थामा तत्काल बिक्री गर्न सकिने सुविधा हुने छ । प्राधिकरणका अनुसार रियल टाइम मार्केटमा एक घण्टापहिले 

विद्युत् खरिद–बिक्री गर्न बिडिङ गरिने छ । 

यसमा पनि १५–१५ मिनेटको ब्लकमा विद्युत् बिक्री गर्न सकिने छ ।

११. भारतद्वारा चन्द्रयान–३ को प्रक्षेपण कहिले गरिएको हो ?

 सन् २०२३ जुलाई १४

– अन्तरिक्ष यान अगस्ट महिनाको अन्तिममा दक्षिणी धु्रवमा सफ्ट ल्यान्ड गर्ने जनाइएको छ ।

– हालसम्म चन्द्र सतहमा पुग्न सफल राष्ट्रहरू तीन वटा (अमेरिका, रुस र चीन) रहेका छन् । 

– सर्वप्रथम चन्द्रमामा पुग्ने निल आर्म स्ट्रङ र बज एड्रियन (सन् १९६९ जुलाई २०, एपोलो ११ यानमार्पmत) हुन् । 

१२. आसियानको नयाँ महासचिवमा को नियुक्त भएका छन् ?

 काओ किम हर्न (सन् २०२३ जनवरी १) 

१३. अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार–२०२३ प्राप्त गर्ने नेपाली को हुनुहुन्छ ?

 डा. घनश्याम ज्ञवाली

१४. महिला विश्वकप फुटबल प्रतियोगिताको सुरुवात कहिलेदेखि भएको हो ?

 सन् १९९१

– पहिलो महिला विश्वकप फुटबल प्रतियोगिता सन् १९९१ मा चीनमा भएको थियो ।

– विजेता : अमेरिका र उपविजेता : नर्वे भएका थिए । 

– फिफाका सदस्य राष्ट्रहरूबिच आयोजना गरिने महिला विश्वकप फुटबल प्रतियोगितामा विभिन्न महादेशबाट १६ टिम सहभागी हुन्छन् ।

– प्रतियोगिता प्रत्येक चार/चार वर्षमा आयोजना हुन्छ ।

१५. स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिसरमा कृत्रिम फोक्सो जडान कहिले गरिएको हो ?

 विसं २०७९ चैत २४

– वायु प्रदूषणको अवस्था एवं हावाको स्वच्छता जाँच गर्ने उद्देश्यका साथ सो फोक्सो जडान गरिएको हो ।

– विश्व स्वास्थ्य दिवसको अवसर पारी उक्त कृत्रिम फोक्सो जडान गरिएको हो ।

– आइक्यु एयरद्वारा सन् २०२२ मा सार्वजनिक वायु गुणस्तरसम्बन्धी तथ्याङ्क अनुसार विश्वका १३१ देशमध्ये धेरै प्रदूषण हने मुलुकमा नेपाल १६ औँ स्थानमा रहेको छ ।  

– वायु प्रदूषण र यसले स्वास्थ्यमा पार्ने प्रभावबारे आमसर्वसाधारण र सम्बन्धित सरोकारवालालाई सचेत गराउनुका साथै मास्क लगाउने र चरम वायु प्रदूषणको समयमा घरबाट बाहिर ननिस्कनेलगायतका कदम अपनाउन प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।

१६. नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त हुने पहिलो महिला कुलपति को हुनुहुन्छ ?

 निशा शर्मा पोखरेल (विसं २०७९ फागुन)

१७. सन् २०२३ मे मा युएनपीद्वारा सार्वजनिक टर्निङ अफ दि रिपोर्ट केसँग सम्बन्धित छ ?

 प्लास्टिक प्रदूषण नियन्त्रण 

१८. अन्तर्राट्रिय वित्त निगम र नेपाल उद्योग वाणिज्य महासङ्घद्वारा सन् २०२३ मा संयुक्त रूपमा तयार गरिएको प्रतिवेदन अनुसार नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान कति रहेको छ ?

 ८१ प्रतिशत

१९. ब्रिन्स न्यु डेभलपमेन्ट बैङ्कमा हाल कति सदस्य राष्ट्र रहेका छन् ?

 नौ (नवौँ राष्ट्र इजिप्ट, सन् २०२३ फेब्रुअरी २०) 

२०. नेपाल पन्छी संरक्षण सङ्घले नेपालमा पाइने चराको गणनाका लागि प्रयोगमा ल्याएको एप कुन हो ? 

 छिमेकी चरा

– सङ्घले छिमेकी चरा एपमार्फत नेपालमा पाइने चराको गणना गर्नुका साथै संरक्षणको पहल गर्ने भएको छ । 

– सो एपमार्फत चराको सङ्ख्या, जिल्ला अनुसार चराको जातिको विवरण प्राप्त हुने जनाइएको छ ।

– यो एप जो कोहीले पनि आफ्नो मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ । एप प्रयोग गर्ने व्यक्तिले आफ्नो घर वरपर, बगैँचा, वन, जङ्गल वा कुनै स्थानमा चराको विवरण एपमार्फत सङ्घलाई सूचना दिन सक्ने छ । एपमा भएका चरामध्ये जुन चरा हो, सोही चराको फोटो क्लिक गर्नुपर्ने छ । चराको फोटोसँगै नम्बरहरू पनि राखिएको छ । चरा चिन्न नसकेमा वा एपमा राखिएका चरामध्ये आपूmले देखेको चरा छुट्याउन नसकेमा एपमा नै सहयोग माग्न सकिने छ । 

– विदेशमा यस्तो अभ्यास धेरै अघिदेखि हुँदै आएको छ । 

२०. पाण्डाको औसत उमेर कति हुन्छ ?

 २० वर्ष

– प्राकृतिक वासस्थानमा पाण्डाको औसत आयु २० वर्षको हुन्छ ।

– मानव रेखदेख र स्याहारसुसार पाउँदा थप १० वर्ष बाँच्न सक्ने अध्ययनले देखाएको छ । 

२१. एसियाली बिमा सम्मेलन कहिले सम्पन्न भएको हो ?

 विसं २०८० जेठ २५–२७, काठमाडौँ

– नेपाल बिमा प्राधिकरणको आयोजनमा भएको सम्मेलनमा नेपाललगायत २० देशका बिमा क्षेत्रसँग सम्बन्धित व्यक्तित्वको सहभागिता थियो ।

– जलवायु परिवर्तनलगायत बिमा नयाँ नयाँ जोखिम व्यवस्थापन, बिमा व्यवसायको विविधता, बिमाको पहुँच वृद्धि, नवीनतम प्रविधि तथा डिजिटल प्रणालीको प्रयोग, जोखिम व्यवस्थापनमा नियामक निकायको भूमिकालगायत विषयमा निष्कर्ष निकाल्दै सम्मेलन सम्पन्न भएको छ ।

२२. नेपालले कहिलेसम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ ?

 सन् २०३०

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 696
  • Gorkhapatra 321
  • Others 1086
  • Vacancy 1
  • Past Questions 97
  • Nepal Police 7

Latest Blogs

Nepal's first nutrition-friendly rural municipality: Badigad (Baglung)
Current Affairs

नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका: बडिगाड (बागलुङ)

  • Jul 01, 2026
  • 27
Reducing the Risk of Food Insecurity: Thematic Q&A (17 Ashar 2083, Wednesday)
Gorkhapatra

खाद्य असुरक्षाको जोखिम न्यूनीकरण : विषयगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 28
Public Service Preparation Special: Objective Questions and Answers (17 Ashar 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 111
Nepal Telecom (Fourth Level) Written Examination-2082
Past Questions

नेपाल टेलिकम (चौथो तह) लिखित परीक्षा-२०८२

  • Jun 30, 2026
  • 45
Historical years of the world and Nepal related to the history of Women's Suffrage
Others

महिला मताधिकारको इतिहाससँग सम्बन्धित विश्व र नेपालको ऐतिहासिक वर्षहरू

  • Jun 29, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA