Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नियमावली र नियमावली बनाउने तरिका,ऐन र नियम बीच भिन्नता

  • Prija Shrestha
  • August 02, 2023
  • 1825

नियमावली र नियमावली बनाउने तरिका,ऐन र नियम बीच भिन्नता

नियमावली र नियमावली बनाउने तरिका,ऐन र नियम बीच भिन्नता

नियमावली परिचय

  • प्रत्यायोजित अधिकारको प्रयोग गरी अन्य कार्यकारी निकायहरुले बनाउने कानूनलाई नियम भनिन्छ।
  • कानून व्याख्या सम्बन्धी ऐन, २०१० को ठफा २(ङ) अनुसार “यो शब्दले कुनै ऐनले दिएको अख्तियारको प्रयोग गरी बनाएको नियम सम्झिनुपर्छ तथा कुनै ऐन अन्तर्गत न्ियम सरह बनाएको विनियम समेतलाई जनाउँछ।”
  • बिधायिकाले बनाएको ऐनको अधिनमा रही कार्यपालिकाले बनाएको कानूनलाई नियमको रुपमा बुझिन्छ ।
  • नियम बनाउँदा सारवान विषयहरु ठण्ड, सजाय, जरिवाना जस्ता पक्षहरु तोकिदैन ।
  • नियमलाई संसदबाट नभई मन्त्रिपरिषद्बाट स्विकृत गरि लागू गरिन्छ।
  • नियमलाई राजपत्रको भाग ३ मा प्रकाशित गरिन्छ ।
  • ऐन सँग बाझिने गरी निर्माण भएको नियम बदरभागी हुन्छ।
  • कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, संबैधानिक निकाय र सार्वजनिक स्वायत्त संस्थालाई नियम बनाउन सम्ने व्यवस्था रहेको छ ।

नियम बनाउने तरिका

नियम बनाउने तरिकालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ ।

  • ऐनले प्रदान गरेको अधिकार अन्तर्गत रही सम्बन्धित मन्त्रालयले नियमावलीको मस्यौदा तयार गर्दछ।
  • मन्त्रिस्तरको निर्णय गरी सहमतिका लागि कानून मन्त्रालयमा मस्यौदा सहितको सक्कल फाईल पठाईन्छ।
  • कानून मन्त्रालयले सो फाईल प्राप्त भएपछि जाँच तथा परिमार्जन गरी तर्जुमा सहमति प्रदान गर्दछ ।
  • कानून मन्त्रालयबाट सहमति प्राप्त भएपछि सम्बन्धित मन्त्रालयबाट स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेश हुन्छ।
  • मन्त्रिपरिषबाट स्वीकृति हुन्छ।
  • त्यसपछि राजपत्रमा प्रकाशित हुन्छ।
  • तत्पश्चात्‌ नियमावलीको लागु गरिन्छ ।

ऐन र नियम परिचय

व्यवस्थापिकाले बनाउने कानून नै ऐन हो | ऐनले प्रत्यायोजित गरेको अधिकार अन्तर्गत बनाईने कानून नै नियम हो । दुवैले समाजमा शान्ति, सुव्यवस्था र अमनचयन कायम गर्दछन्‌ ।

ऐन र नियम बीच भिन्नता

क्र.संऐननियम
१ऐन विधायिकादवारा निर्माण गरिन्छ ।नियम विधायिका,कार्यापालिका,न्यायापालिक, स्वायक्त निकाय लगायतका क्षेत्रदवारा निर्माण गरिन्छ।
२यसमा सारवान प्रावधान राखिन्छ ।यसमा सारवान प्रावधान राखिँदैन
३यसले दण्ड सजायको निर्धारण गर्दछ ।यसले ठण्ड सजायको निर्धारण गर्दैन।
४ऐन जुनसुकै विषयमा पनि बन्न सक्तछ।यो ऐनले निर्दिश्ट गरेको विषयमा मात्र बन्दछ ।
५ऐनमा रहेका प्रावधानहरुलाई दफा भनिन्छ ।नियमावलीमा रहेका प्रावधानहरुनाई न्रियम भनिन्छ ।

अतः ऐन र नियमावली दुई फरक विषय हुन्‌ । यी दुई बीच विभिन्न आधारमा भिन्नता रहेका छन्‌ ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 45
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA