Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राज्यको संरचना र नेपालको संविधानमा राज्यको संरचना सम्बन्धमा व्यवस्था

  • Prija Shrestha
  • July 29, 2023
  • 637

राज्यको संरचना र नेपालको संविधानमा राज्यको संरचना सम्बन्धमा व्यवस्था

राज्यको संरचना र नेपालको संविधानमा राज्यको संरचना सम्बन्धमा व्यवस्था

राज्यको संरचना

शासन सञ्चालनमा सहजता हासिल गर्ने उद्देश्यले राज्यलाई विभिन्न राजनीतिक ईकाईहरुमा विभाजन गर्ने कार्यलाई राज्यको संरचना भनिन्छ। राज्यको संरचना राज्यको स्वरुप हो | राज्यको संरचनाले शासकीय क्रियाकलापहरुलाई व्यवस्थित रुपमा संचालन गर्न मद्दत गर्दछ । नेपालको वर्तमान संविधानको धारा ५६ मा राज्यको संरचना बारे उल्लेख गरिएको
छ। राज्यको संरचना सम्बन्धी संबैधानिक व्यवस्थालाई देहायबमोजिम उल्लेख गर्न सकिन्छ।

  • नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने,
  • नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान र कानून बमोजिम गर्ने,
  • नेपालमा ७७ वटा जिल्लाहरु कायम रहने,
  • स्थानीय तह अन्तर्गत गाँउपालिका, नगरपालिका र जिल्ला सभा रहने,
  • संघीय कानून बमोजिम विशेष, संरक्षित वा स्वायक्त क्षेत्र कायम गर्न सकिने,
  • संघ, प्रदेश र स्थानीय तहले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता,भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित, सर्वागीण विकास, बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासन प्रणाली, मानव अधिकार तथा मौलिक हक, कानूनी राज्य, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलन, बहुलता र समानतामा आधारित समतामूलक समाज, समावेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने,

अत : राज्यको तह एवं स्वरुप नै राज्यको संरचना हो । राज्यको संरचना सम्बन्धमा नेपालको संविधानमा माथि उल्लेख भएबमोजिमका व्यवस्थाहरु रहेको पाईन्छ ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 44
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA