Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

धेरै पानी पर्ने र गर्मी हुने स्थान

  • Prija Shrestha
  • July 19, 2023
  • 643

धेरै पानी पर्ने र गर्मी हुने स्थान

धेरै पानी पर्ने र गर्मी हुने स्थान

संसारमा सबैभन्दा घेरै पानी पर्ने ५ ठाउँ

  • मसिनराम : भारतको मेघालय राज्यमा पर्ने मासिनराम एउय यस्तो गाउँ हो जहाँ संसारमा सबैभन्दा धेरै वर्षा हुन्छ । मासिनराम एक पहाडी स्थल हो । हिमालयका यकुराले बंगालको खाडीबाट आउने बादललाई रोकेसँगै त्यहाँ व्यापक वर्षा हुन्छ । मासिनराममा वार्षिक औषतमा ११ हजार ८७१ मिलिमिटर पानी पर्दछ । सन्‌ १९८५ मा मासिनराममा २६ हजार मिलिमिटर पानी परेको थियो ।
  • चेरापुन्जी : भारतको मेघालयमै मासिनराम भन्दा १५ किलोमिटर टाढा पर्ने चेरापुन्जी संसारमा सबैभन्दा धेरै पानी पर्ने ठाउँको दोस्रो स्थानमा पर्दछ । त्यहाँ वार्षिक औषत ११ हजार ७७७ मिलिमिटर वर्षा हुन्छ ।
  • टटेन्डो, कोलम्बिया : दक्षिण अमेरिकी मुलुक कोलम्बियाको टटेन्डो संसारमा तेश्रो सबैभन्दा धेरै पानी पर्ने ठाउँ हो ।उक्त ठाउँमा वार्षिक औषतमा ११ हजार ७७० मिलिमिटर पानी पर्दछ।
  • क्रोप्प नदी, न्यूजिल्याण्ड : ९ किलोमिटर लामो उक्त क्रोप्प नदी क्षेत्रमा निकै भारी वर्षा हुन्छ । क्रोप्प नदी क्षेत्रमा वाषिर्क औषतमा ११ हजार ५१६ मिलिमिटर वर्षा हुन्छ ।
  • सानो एन्टोनियो, अफ्रिका : इक्विटेरियल गिनीमा पर्ने सान एन्टोनियो डे पाले नामक ठाउँ विश्वको सर्वाधिक वर्ष हुने पाँचौँ स्थानमा पर्दछ । उक्त ठाउँमा वाषिर्क १० हजार ४५० मिलिमिटर वर्षा हुन्छ ।

विश्वका अत्याधिक गर्मी हुने स्थान

  • डेथ भ्याली, क्यालिफोर्निया, अमेरिका : अमेरिकाको क्यालिफोर्नियामा रहेको डेथ भ्यालीको नाम अझै पनि तातो हावाका रुपमा रेकर्ड रहेको छ । १९१३ को गर्मीमा यहाँको तापक्रम ५६ दशमलव पाँच डिग्रीसम्म रहेको थियो। यहाँको औसत तापक्रम ४७ डिग्री सेल्सियस पुग्ने गरेको छ ।
  • अजिजियाह, लिबिया : लिबियाको राजधानी त्रिपोलीबाट २५ माइल टाढा अजिजियाह पृथ्वीको सबैभन्दा धेरै गर्मी हुने ठाउँ भएको दावी गरिएको थियो । १९२२ मा यहाँको तापक्रम ५८ डिग्री सेल्सियस रेकर्ड गरेको थियो । तर २०१२ मा मौसम विभागका अधिकारीहरुले यो विश्वको सबैभन्दा बढी गर्मी हुने ठाउँ नभएको बताए । यहाँको औसत तापमान ४८ डिग्री सेल्सियस हुने गरेको छ ।
  • दश्त ए लूट, इरान : यो मरुभूमि पृथ्वीको सबैभन्दा गर्मी ठाउँ मानिन्छ २००३ देखि २००९ को बीचमा भूउपग्रहबाट लिएको त्यस क्षेत्रको तापक्रम ७० दशमलब ७ डिग्री सेल्सियस मापन गरिएको थियो । यस क्षेत्रमा कुनै पनि प्राणी जीवित रहन सक्दैनन्‌। यहाँको औसत तापक्रम ४८ डिग्री सेल्सियससम्म रहन्छ ।
  • वदी हल्फा, सुडान : यो सहर सुडानको लेक नबियाको किनारमा छ। उक्त स्थानमा गत वर्ष पानी परेन । यस ठाउँमा सबैभन्दा बढी गर्मी जून महिनामा हुने गर्छ । यस महिनामा यहाँको तापक्रम करिब ४१ डिग्री सेल्सियस हुन्छ यहाँ १९६७ मा सबैभन्दा बढी गर्मी भएको रेर्कड राखिएको छ । त्यतिबेला त्यहाँको तापक्रम ५३ डिग्री सेल्सियस रहेको थियो ।
  • तिरुत जवी, इजरायल : तिरुत जवी एसियाकै सबैभन्दा गर्मी ठाउँ मानिन्छ १९४२ को जुनमा यहाँ ५४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । तर अहिले यस रेकर्डसम्बन्धी अनुसन्धानकर्ता क्रिस्येफर सीले पटक पटक प्रश्न उठाइरहेका छन्‌ ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 41
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 41
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA