Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रस्नगत त्रुटी सम्बन्धि लोकसेवा आयोगको जानकारी

  • Bijeta Kunwar
  • July 11, 2023
  • 459

प्रस्नगत त्रुटी सम्बन्धि लोकसेवा आयोगको जानकारी

प्रस्नगत त्रुटी सम्बन्धि लोकसेवा आयोगको जानकारी

२०८० साल असार १६ गते सञ्चालित शाखा अधिकृत प्रथम चरणको परीक्षाका केही प्रश्नका सम्बन्धमा निवेदनहरु प्राप्त भएका छन्‌ । यस विषयमा आयोगको ध्यानाकर्षण भएको छ । स्थापित कार्यप्रणाली अनुरूप आयोगवाट आवश्यक निरूपण हुने छ ।

सर्वसाधारणको जानकारीका लागि:-

१) प्रश्नपत्र निर्माणको कार्य आयोगले विषय विज्ञ/दक्षहरू मार्फत गर्दछ।

२) प्राप्त धेरै सेट प्रश्न विज्ञ मार्फत मोडरेशन गरी परीक्षामा प्रयोग गर्नयोग्य केही सेट प्रश्न तयार पारिन्छ ।

३) परीक्षाको निश्चित अवधि अगाडी मात्र केही सेट प्रश्नवाट सौ दिन प्रयोग हुने प्रश्नपत्र कोडको आधारमा (प्रश्न हेरेर होइन) छानिन्छ ।

४) छपाइमा संलग्न कर्मचारीहरू परीक्षा सुरू हुने बेलासम्म सञ्चार सम्पर्क र भैटघाटवाट पूर्णतः विच्छेद रहन्छन्‌ ।

५) परीक्षा सुरू हुने बेलासम्म आयोगका पदाधिकारी र कर्मचारी समेतलाइ सम्बन्धित परीक्षाका प्रश्नवारे थाहा नै हुँदैन, पुरै वेखवर रहन्छन्‌।

६) सम्बन्धित परीक्षामा प्रश्नहरू के सोधिए भन्ने बारेमा सम्बन्धित परीक्षा सुरू भएपछि मात्र आयोगलाइ थाहा हुन्छ ।

७) परीक्षा सम्पन्न भएपछि प्राप्त उजुरी वा आयोगकै अध्ययनका आधारमा कुनै सुधार गर्नुपर्ने भएमा तत्काल आवश्यक कार्य अगाडी बढाइन्छ ।

८) प्रश्न गलत ठहरिएमा – गलत भएका प्रश्नको सवै परीक्षार्थीले उत्तर दिएको मानी अंक गणना गरिन्छ ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 36
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 62
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 41
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 124
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA