Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लोकसेवामा कसरी लेख्ने ? विज्ञको ५ सुझाव

  • Bijeta Kunwar
  • June 24, 2023
  • 583

लोकसेवामा कसरी लेख्ने ? विज्ञको ५ सुझाव

लोकसेवामा कसरी लेख्ने ? विज्ञको ५ सुझाव

परीक्षार्थीले लोकसेवा परीक्षामा गर्ने गल्ती के के हुन् ?

  • परीक्षामा विद्यार्थीले हतार गरेर लेख्छन् । जसले गर्दा उनीहरूले प्रश्न नै बुझून सकिरहेका हुँदैनन्‌ । यसरी लेख्दा उनीहरूको उत्तर गलत भएको हुन सक्छ | कतिपयले प्रश्न त बुझेका हुन्छन्‌, तर ठ्याक्कै उत्तर नलेखेर भूमिका बढी लेख्ने गल्ती पनि गरिरहेका हुन्छन्‌ । कसैलाई उत्तर थाहा भए पनि लेख्ने तरिका क्रमबद्ध र सान्दर्भिक नहुँदा पनि राम्रो हुन नसकेको पाइन्छ । धेरै कुरा लेखे पनि जे लेख्नुपर्ने हो, त्योचाहिँ नलेखेको पाइन्छ । यसको मूल कारण भनेकै लेख्ने अभ्यास नहुनु हो ।

कसरी उत्तर लेख्दा बढी अङ्क आउँछ ?

  • सबैभन्दा पहिले प्रश्नः राम्रोसँग बुझ्नुपर्छ। भूमिकामा धेरै जानु हुँदैन । प्रश्नले के र कति उत्तर खोजेको छ, त्यति मात्र लेख्नुपर्छ । त्यस्तै भाषाले पनि फरक पार्छ । भाषा, सरल र स्पष्ट हुनुपर्छ ।

धेरै अङ्क ल्याउन अपनाउन सकिने विधि केही छन् कि ?

  • सबैभन्दा महत्वपूर्ण पक्ष नै उत्तरको प्रस्तुतीकरण हो । विषयवस्तुको ज्ञान पनि उत्तिकै आवश्यक छ । समय व्यवस्थापनले पनि धेरै योगदान दिन्छ । प्रश्नको उत्तर छोटो भए पनि प्रश्नले मागेजति उत्तर सरल तरिकाले लेख्नुपर्छ ।

हस्तलेखन वा अक्षरले अङ्कमा कस्तो असर पार्छ ?

  • स्वभाविक रुपमा अङ्क प्राप्तिमा अक्षरले पनिकेही हदसम्म फरक पार्छ । लेखेको कुरा बुझिने र शुद्ध हुनुपर्छ । उत्तर राम्रो भएन भने अक्षर राम्रो हुँदैमा अंक बढी आउने भन्नेचाहिँ हुँदैन । तर, उत्तर प्रश्नले मागेको जति छ र अक्षर पनि राम्रो तथा सफा र शुद्ध छ भने जाँचकीले अंक दिन कन्जुस्याइँ गर्दैन ।

जाँचकिले परीक्षार्थीबाट कस्तो उत्तरको अपेक्षा राख्छन् ?

  • जाँचकिले परीक्षार्थीबाट छोटो र स्पष्ट भाषामा लेखिएको उत्तरको अपेक्षा राख्छन्‌ । अनावश्यक शब्द थुपार्दैमा अंक बढी आउँदैन । पढाइसँगै लेखाइ पनि भयो भने त्यसले अंक बढी ल्याउन सहयोग पुग्याउँछ । जसले सफलता प्राप्त गर्न सहयोग पुग्छ । केही विद्यार्थीको कमजोरी भनेको उनीहरू धेरै पढ्छन्‌, तर लेख्दा जथाभावी लेखिरहेका हुन्छन्‌ । पढ्ने र नोट गर्ने बानी राख्नुपर्छ । त्यससँगै प्रश्न-उत्तर गर्ने बानी गर्नुपर्छ, जसले परीक्षालाई प्रभावकारी बनाउँछ। वर्णनात्मक प्रश्नहरूको उत्तर दिन एउटा मात्र अध्ययन सामग्रीमा भर पर्नु हुँदैन । विभिन्न अध्ययन सामग्री तथा किताब हेरेर विविध धारणाको ज्ञान लिनुपर्छ । लेखहरू प्रशस्तै पढ्नुपर्छ । लेखले धेरै कुरा उजागर गरेको हुन्छ । किताबमा भन्दा लेखमा ध्यान दिने परीक्षार्थीले लोकसेवा परीक्षामा राम्रो गर्न सक्छन्‌ ।

–शारदाप्रसाद त्रिताल
पूर्वसचिव

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 18
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 27
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 30
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 99
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 88
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA