Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बजेट निर्माण, समिति र सहभागी निकायहरू

  • Bijeta Kunwar
  • June 06, 2023
  • 402

बजेट निर्माण, समिति र सहभागी निकायहरू

बजेट निर्माण, समिति र सहभागी निकायहरू

बजेट कसरी बन्छ ?

  • सरकारको वार्षिक योजनाबद्ध खर्च, अनुमानित राजस्व र आउँदो वर्षको नीति प्राथमिकतालाई बजेटमा समेटिएको हुन्छ । सरकारका नीति र प्राथमिकता प्रतिबिम्बित हुने हुनाले बजेटलाई राजनीतिक दस्तावेज पनि भनिन्छ । बजेटअघि सरकारले संसद्समक्ष राष्ट्रपतिमार्फत्‌ सरकारको नीति तथा कार्यक्रम पेश गर्दछ, जसबाट सरकारले बजेटमार्फत्‌ के कस्ता नीति तथा कार्यक्रमहरू पेश गर्न लागेको छ भन्ने सहज अनुमान गर्न सकिन्छ ।
  • सरकारका नीति तथा कार्यक्रम र बजेट दीर्घकालीन योजना अनुसार निर्देशित हुन्छन्‌ । बजेट निर्माणमा राज्यको प्राथमिकता पहिचान गरी आम्दानीका स्रोतहरू परिचालन गरिने भएकाले राज्यको आम्दानीलाई प्राथमिकताका
    आधारमा खर्च गर्न योजना बनाउने क्रियाकलापहरू पनि बजेट निर्माणका अभिन्न अंग हुन्‌ । सरकारले राष्ट्रिय योजना आयोगमार्फत्‌ आवधिक (त्रिवर्षीय तथा पञ्चवर्षीय) योजना निर्माण गर्ने गर्दछ र बजेट निर्माण गर्ने क्रममा राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयले यिनै प्राथमिकतालाई केन्द्रमा राखेर बजेटको प्रारम्भिक खाका तयार गरेका हुन्छन्‌ ।

बजेट निर्माणमा को-को सहभागी हुन्छन्‌ ?

  • बजेट निर्माणका लागि विभिन्न निकायहरूको सहभागितामा बजेट समिति र स्रोत समितिको व्यवस्था गरिएको हुन्छ । बजेट समितिले विभिन्न मन्त्रालयबाट सिफारिश भईआएका कार्यक्रम तथा सार्वजनिक खरिद योजनाको स्वीकृति
  • दिने काम बजेट समितिले गर्छ भने स्रोत समितिले प्रस्तावित कार्यक्रमका लागि स्रोत खोज्ने (उपलब्ध गराउने) काम गर्छ ।

बजेट समिति

» उपाध्यक्ष, राष्ट्रिय योजना आयोग — अध्यक्ष

» सदस्य (बजेट हेर्ने), राष्ट्रिय योजना आयोग — सदस्य

» सदस्यहरू, राष्ट्रिय योजना आयोग — सदस्य

» गभर्नर, नेपाल राष्ट्र बैंक — सदस्य

» सचिव, अर्थ मन्त्रालय — सदस्य

» सचिव, राष्ट्रिय योजना आयोगको सचिवालय — सदस्य

» महालेखा नियन्त्रक, महालेखा नियन्त्रक कार्यालय — सदस्य

» महाशाखा प्रमुख, राष्ट्रिय योजना आयोगको सचिवालय — सदस्यसचिव

स्रोत समिति

»सदस्य (बजेट हेर्ने), राष्ट्रिय योजना आयोग — संयोजक

»महाशाखा प्रमुख (राजस्व हेर्ने), अर्थ मन्त्रालय — सदस्य

» महाशाखा प्रमुख (वैदेशिक सहायता), अर्थमन्त्रालय — सदस्य

» महाशाखा प्रमुख (बजेट तथा कार्यक्रम महाशाखा), अर्थ मन्त्रालय — सदस्य

» प्रतिनिधि, नेपाल राष्ट्र बैंक — सदस्य

» प्रतिनिधि, महालेखा नियन्त्रक कार्यालय — सदस्य

» महाशाखा प्रमुख, आर्थिक व्यवस्थापन महाशाखा, राष्ट्रिय योजना आयोग — सदस्यसचिव

  • बजेट निर्माणको क्रममा अर्थमन्त्रालयले सबै मन्त्रालयसँग राजनीतिक र प्रशासनिक तहमा छलफल गर्दछ । यसबाहेक राजनीतिक दल, पूर्व अर्थमन्त्रीहरू, अर्थसचिवहरू, योजना आयोगका पूर्वउपाध्यक्ष र सदस्यहरूसँग पनि छलफल गरिन्छ भने निजी क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालाहरूसँग छलफल गरी रायसुझाव लिने चलन छ । बजेट निर्माणमा अर्थ मन्त्रालयको प्रमुख भूमिका रहन्छ । अर्थमन्त्रालय मातहतको बजेट तथा कार्यक्रम महाशाखाले बजेट निर्माण प्रक्रियामा संयोजनकारी भूमिका निर्वाह गर्दछ ।
  • मुलुक संघीय व्यवस्थामा प्रवेश गरेपछि प्रदेश र स्थानीय सरकारले पनि आ-आफ्नो बजेट निर्माण गरी प्रदेशसभा र गाउँ तथा नगरसभामा पेश गर्नुपर्छ । संघीय सरकारले जेठ १५, प्रदेश सरकारले असार १ र स्थानीय सरकारले असार १० गते भित्र सम्बन्धित प्रदेश सभा तथा गाउँ र नगर सभामा बजेट पेश गरिसक्नुपर्छ ।

Categories

  • Current Affairs 696
  • Gorkhapatra 321
  • Others 1087
  • Vacancy 1
  • Past Questions 97
  • Nepal Police 7

Latest Blogs

Nepal's first nutrition-friendly rural municipality: Badigad (Baglung)
Current Affairs

नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका: बडिगाड (बागलुङ)

  • Jul 01, 2026
  • 51
Reducing the Risk of Food Insecurity: Thematic Q&A (17 Ashar 2083, Wednesday)
Gorkhapatra

खाद्य असुरक्षाको जोखिम न्यूनीकरण : विषयगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 48
Public Service Preparation Special: Objective Questions and Answers (17 Ashar 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 156
Nepal Telecom (Fourth Level) Written Examination-2082
Past Questions

नेपाल टेलिकम (चौथो तह) लिखित परीक्षा-२०८२

  • Jun 30, 2026
  • 75
Historical years of the world and Nepal related to the history of Women's Suffrage
Others

महिला मताधिकारको इतिहाससँग सम्बन्धित विश्व र नेपालको ऐतिहासिक वर्षहरू

  • Jun 29, 2026
  • 138
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA