Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)

  • Bijeta Kunwar
  • May 31, 2023
  • 344

लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री आजको ताजा (विषयगत प्रश्नोत्तर)

फोहोरमैला व्यवस्थापनमा नागरिकको भूमिका 

१.  फोहोरमैला व्यवस्थापनमा नागरिकको भूमिका उल्लेख गर्दै नागरिकको भूमिका प्रभावकारी बनाउने उपायहरूसमेत उल्लेख गर्नुहोस् ।

 फोहोरमैलाको न्यून उत्पादन, पुनः प्रयोग, पुनः चक्रण  एवं उचित विसर्जनको माध्यमबाट ठोस फोहोरमैलालाई व्यवस्थित गर्दै वातावरण र मानव स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावहरू न्यूनीकरण गर्ने कार्य नै फोहोरमैला व्यवस्थापन हो । फोहोरमैला व्यवस्थापनमा नागरिकको भूमिका निम्नानुसार रहन्छ :

– फोहोरमैलाको न्यून उत्सर्जन गर्ने,

– फोहोरमैलाको स्रोतमा नै वर्गीकरण गर्ने,

– पुनः प्रयोग गरी फोहोरमैला न्यूनीकरण गर्ने,

– फोहोरमैला व्यवस्थापनमा सचेतना र शिक्षा 

विस्तार गर्ने,

– फोहोरमैला व्यवस्थापनसम्बन्धी सरकारी अभियान र कार्यव्रmममा सव्रिmय सहभागिता जनाउने,

– फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुनको पूर्ण परिपालना गर्ने,

– प्रदूषणबापतको शुल्क एवं दायित्व बहन गर्ने ।

फोहोरमैला व्यवस्थापनमा नागरिकको भूमिका प्रभावकारी बनाउने उपायहरू

– फोहोरमैलाको न्यूनीकरण, वर्गीकरण र निष्कासनमा नागरिक दायित्व सम्बन्धमा सचेतना अभियान सञ्चालन गर्ने, 

– फोहोरमैला व्यवस्थापनसम्बन्धी असल अभ्यासलाई अन्तरस्थानीय तह विस्तार गर्ने,

– फोहोरमैला व्यवस्थापनमा घरपरिवार, समुदाय, टोल विकास समिति, आमा समूह, युवा क्लब, बाल क्लब, विद्यालय आदिको सहभागिता र सहकार्यलाई प्रोत्साहन गर्ने,

– टोल विकास समितिहरूबिच टोल सरसफाइमा प्रतिस्पर्धा अभिवृद्धि गर्न प्रोत्साहित गर्ने, 

– विद्यालय शिक्षा र अनौपचारिक शिक्षाको पाठ्यव्रmममा फोहोरमैला व्यवस्थापनसम्बन्धी सचेतनामूलक विषयवस्तु समावेश गरी जनचेतना अभिवृद्धिलाई संस्थागत गर्दै लैजाने,

– फोहोरमैलाको समग्र व्यवस्थापनमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणलाई मूलप्रवाहीकरण गर्दै लैजाने, 

– प्रदूषकले तिर्नुपर्ने सिद्धान्तलाई कडाइका साथ कार्यान्वयन गर्ने, 

– सार्वजनिक स्थलमा फोहोर विसर्जन गर्ने, कानुन उल्लङ्घन एवं अटेरी गर्नेलाई दण्डात्मक उपायहरू अवलम्बन गरी आमनागरिकमा प्रदर्शन प्रभाव पार्ने ।

 – फोहोरमैला व्यवस्थापन सरकारको मात्र जिम्मेवारीको विषय नभई प्रत्येक नागरिकको कर्तव्य पनि हो । फोहोरमैला व्यवस्थापनमा नागरिकलाई सहभागी गराउन सकेमा मात्र ठोस फोहोरमैला व्यवस्थापनको समस्याको दिगो समाधान निकाल्न सकिन्छ ।

२. सहकारीका स्थापित मूल्य र सिद्धान्तहरू जानकारी गराउँदै प्रचलित सङ्घीय कानुन अनुसार सहकारी संस्थाको सञ्चालक समितिको काम, कर्तव्य र अधिकारहरू उल्लेख गर्नुहोस् । 

 एकका लागि सबै र सबैका लागि एक भन्ने भावले प्रेरित रही सदस्यको आर्थिक सामाजिक रूपान्तरणसँगै समाजको रूपान्तरणमा जोड दिने अभियान नै सहकारी हो । सहकारी संस्थाहरू सदस्यद्वारा नियन्त्रित र सञ्चालित हुन्छन् र यिनीहरू आफ्नै स्थापित मूल्य र सिद्धान्तबमोजिम चल्नुपर्ने मान्यता रहेको हुन्छ । तथापि सरकारले सहकारी संस्थाको नियमनका लागि छुट्टै कानुनी प्रबन्धसमेत गरेको पाइन्छ ।

सहकारीका स्थापित मूल्य र सिद्धान्तहरू

क) मूल्यहरू

– स्वावलम्बन,

– स्व–उत्तरदायित्व,

– लोकतन्त्र,

– समानता र समता,

– ऐक्यबद्धता,

– इमानदारी

– खुलापन,

– सामाजिक उत्तरदायित्व,

– अरूको हेरचाह आदि ।

ख) सिद्धान्तहरू

– स्वेच्छिक तथा खुला सदस्यता,

– सदस्यद्वारा लोकतान्त्रिक नियन्त्रण,

– सदस्यको आर्थिक सहभागिता,

– स्वायत्तता र स्वतन्त्रता,

– शिक्षा, तालिम र सूचना,

– सहकारी–सहकारीबिच पारस्परिक सहयोग,

– समुदायप्रतिको चासो ।

सहकारी संस्थाको सञ्चालक समितिका कार्यहरू

सहकारी ऐन, २०७४ र सोको नियमावली २०७५ बमोजिम सरकारी संस्थाका सञ्चालक समितिका कार्यहरू यस 

प्रकार छन् :

– सहकारीका मूल्य, मान्यता र सिद्धान्तबमोजिम सहकारी संस्था सञ्चालन गर्ने,

– आर्थिक तथा प्रशासनिक कार्य गर्ने, गराउने,

– साधारण सभाहरू बोलाउने र सभाका निर्णयहरू कार्यान्वयन गर्ने, गराउने,

– सहकारी संस्थाको नीति, योजना, बजेट तथा वार्षिक कार्यव्रmम तर्जुमा गरी साधारण सभासमक्ष पेस गर्ने,

– सहकारी संस्थाको सदस्यता प्रदान गर्ने तथा सदस्यताबाट हटाउने,

– सेयर नामसारी तथा फिर्तासम्बन्धी कार्य गर्ने,

– सम्बन्धित सङ्घको सदस्यता लिने,

– विनियम तथा आन्तरिक कार्यविधि तयार गरी सभामा पेस गर्ने,

– सहकारी संस्थाको कार्यक्षेत्रभित्र रही सहकारी संस्थाको कारोबार र व्यवसायको हित प्रवर्धनका लागि आवश्यक कार्य गर्ने,

– सदस्यहरूको रचनात्मक सहभागिता सुनिश्चित गराउने,

– सदस्यहरूलाई नियमित रूपमा सहकारी शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउने,

– अनुगमन र निरीक्षणमा सहयोग पु¥याउने तथा प्राप्त निर्देशन र सुझावको कार्यान्वयन गर्ने,

– कार्यसञ्चालनमा पारदर्शिता कायम गर्दै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रचलित कानुनी व्यवस्था कार्यान्वयन गर्ने,

– आवश्यकता अनुसार विभिन्न समिति गठन, विघटन गर्ने एवं जिम्मेवारी तोक्ने,

– सदस्य र पदाधिकारीको आचारसंहिता बनाई 

लागु गर्ने,

– विनियममा उल्लिखित अन्य कार्य गर्ने ।

३. वातावरणमैत्री स्थानीय शासन भन्नाले के बुझ्नुहुन्छ ? यस अवधारणाले समेट्ने प्रमुख विषय क्षेत्रहरू उल्लेख गर्नुहोस् ।

 दिगो विकास र पर्यावरणीय सन्तुलनसम्बन्धी मामिलाप्रति केन्द्रित भई स्थानीय स्तरमा नीति, योजना तथा कार्यव्रmमको तर्जुमा र कार्यान्वयन गर्ने अवधारणा नै वातावरणमैत्री स्थानीय शासन हो । यसमा स्थानीय सरकार, समुदाय, घरपरिवार र नागरिकको सव्रिmय सहभागितामा वातावरणीय प्रभाव न्यूनीकरण गर्दै प्राकृतिक स्रोतको दिगो उपयोग गर्ने र पर्यावरणीय सन्तुलन कायम राख्ने जस्ता विषयलाई जोड दिइएको पाइन्छ । नेपालमा संविधानप्रदत्त नागरिकको स्वच्छ वातावरणमा बाँच्न पाउने हक सुनिश्चित गर्न स्थानीय स्तरदेखि नै वातावरणमैत्री व्रिmयाकलाप सञ्चालन गर्न आवश्यक ठानी वातावरणमैत्री स्थानीय शासन प्रारूप तयार गरिएको छ ।

वातावरणमैत्री स्थानीय शासनमा समावेश 

हुने विषय क्षेत्रहरू

– फोहोरमैला व्यवस्थापन

– हरियाली र सहरी सौन्दर्य प्रवर्धन

– स्वच्छ ऊर्जा र वातावरणमैत्री यातायात प्रणाली प्रवर्धन,

– भू–उपयोग तथा सहरी बसोबास व्यवस्थापन,

– स्वच्छ खानेपानी र सरसफाइको प्रबन्ध,

– वन तथा भू–संरक्षण,

– जलस्रोत र जलाधारको संरक्षण, 

– जैविक विविधताको संरक्षण,

– जलवायु परिवर्तनका असर न्यूनीकरण र 

विपत् व्यवस्थापन,

– प्रदूषण रोकथाम, नियन्त्रण र न्यूनीकरण,

– प्राङ्गारिक कृषि पद्धतिको अवलम्बन,

– वातावरणीय शिक्षा र सचेतना अभिवृद्धि,

– वातावरणीय न्याय प्राप्ति,

– सरोकारवालाहरूबिचको सहकार्य र साझेदारी विस्तार ।

– अतः वातावरणमैत्री स्थानीय शासनको अभ्यासमार्फत नागरिकका लागि बस्न र बाँच्न सकिने वातावरणको सुनिश्चित गर्न सकिन्छ । यसैबाट नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिन्छ ।

४. गरिबी निवारणका सम्बन्धमा चालु पन्ध्रौँ योजनाले तय गरेका रणनीति र अपेक्षाहरू उल्लेख गर्नुहोस् ।

 स्रोतसाधनको अभावका कारण न्यूनतम मानवोचित जीवन जिउन नसकेको अवस्था गरिबी हो । गरिबीलाई आयमा आधारित, मानवीय गरिबी र सामाजिक वञ्चितीकरणका आयामबाट विश्लेषण गरी गरिबी निवारणका नीति र कार्यव्रmमहरू तर्जुमा भई कार्यान्वयनमा छन् । तथापि यसबाट अपेक्षाकृत सफलता हासिल हुन सकेको छैन । पन्ध्रौँ योजनाले गरिबी निवारण सम्बन्धमा निर्धारित रणनीति र अपेक्षित उपलब्धि निम्न छन् ः

क) रणनीतिहरू

– सर्वेक्षणमार्फत गरिब घर–परिवार पहिचान गरी अद्यावधिक विवरण राख्ने,

– पहिचान भएका गरिब लक्षित गरिबी निवारण कार्यव्रmम तथा आयोजना तर्जुमा एवं कार्यान्वयन गर्ने,

– रोजगार तथा स्वरोजगारमूलक सिप विकास तालिम तथा शिक्षा कार्यव्रmमहरू सञ्चालन गर्ने,

– उत्पादनमूलक रोजगारी तथा अवसरको अभिवृद्धि गरी यसमा गरिबको पहुँच सुनिश्चित गर्ने,

– गरिबी निवारण नीति तर्जुमा गरी उत्पादनका स्रोतसाधनमा गरिबहरूको पहुँच सुनिश्चित गर्ने,

– आधारभूत आवश्यकताका वस्तु तथा सेवामा गरिबहरूको पहुँच सुनिश्चित गर्ने,

ख) अपेक्षित उपलब्धि

– निरपेक्ष गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १८.७ प्रतिशतबाट ९.५ प्रतिशतमा झर्ने,

– बहुआयामिक गरिबीमा रहेको जनसङ्ख्या २८.८ प्रतिशतबाट ११.५ प्रतिशतमा झर्ने,

– आम्दानीको माथिल्लो १० प्रतिशत र तल्लो ४० प्रतिशत जनसङ्ख्याको अनुपात (पाल्मा अनुपात) १.३ बाट घटेर १.२५ मा पुग्ने,

– सम्पत्तिमा आधारित जिनी गुणक ०.३१ बाट घटेर ०.२९ मा पुग्ने,

– गरिब पहिचानसम्बन्धी राष्ट्रिय प्रणालीको विकास हुने,

– ७७ वटै जिल्लाका गरिब व्यक्ति तथा परिवारको पहिचान गरी परिचयपत्र वितरण हुने ।

– उल्लिखित रणनीति कार्यान्वयन हुने गरी वार्षिक कार्यव्रmमहरू तर्जुमा, कार्यान्वयन र निरन्तर अनुगमन गरेर मात्र अपेक्षाकृत उपलब्धि हासिल गर्न सकिन्छ ।

५. राजस्व बाँडफाँट भन्नाले के बुझ्नुहुन्छ ? नेपाल सरकार र प्रदेश तथा स्थानीय तहबिच हुने राजस्व बाँडफाँटका आधार र प्रव्रिmया उल्लेख गर्नुहोस् । 

 बहुतहगत सरकारहरू हुने शासकीय संरचनामा कुनै एक तहको सरकारले सङ्कलन गरेको राजस्व रकम अन्य तहका सरकारबिच निश्चित आधार र ढाँचाबमोजिम बाँडफाँट गर्ने कार्यलाई राजस्व बाँडफाँट भनिन्छ । नेपाल सरकारले सङ्कलन गरेको राजस्व सङ्घ, प्रदेश र स्थानीय तहलाई न्यायोचित वितरण व्यवस्था मिलाउने कुरा नेपालको संविधानमा उल्लेख छ । यस व्यवस्थालाई कार्यान्वयन गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ ले राजस्व बाँडफाँट गर्दा लिनुपर्ने आधार तथा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट उठ्ने अन्तःशुल्कलाई तीन तहका सरकारहरूबिच बाँडफाँट गर्ने प्रव्रिmया उल्लेख गरेको छ, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ः

क) राजस्व बाँडफाँट गर्दा लिनुपर्ने आधार

– जनसङ्ख्या र जनसाङ्ख्यिक विवरण,

– क्षेत्रफल,

– मानव विकास सूचकाङ्क,

– खर्चको आवश्यकता,

– राजस्व सङ्कलनमा गरेको प्रयास,

– पूर्वाधार विकास,

– विशेष अवस्था ।

ख) राजस्व बाँडफाँट प्रव्रिmया

– सङ्घीय विभाज्य कोष खडा गरी मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनतर्फको अन्तःशुल्क जम्मा गर्ने र नेपाल सरकारलाई ७० प्रतिशत, प्रदेशलाई १५ प्रतिशत तथा स्थानीय तहलाई १५ प्रतिशत रकम बाँडफाँट गर्ने,

– नेपाल सरकारले प्राप्त गर्ने रकम सङ्घीय सञ्चित कोषमा दाखिला गर्ने,

– प्रदेशहरूले प्राप्त गर्ने रकम प्रदेश विभाज्य कोषमा दाखिला गर्ने,

– स्थानीय तहहरूले प्राप्त गर्ने रकम स्थानीय विभाज्य कोषमा दाखिला गर्ने,

– राष्ट्रिय प्राकतिक स्रोत तथा वित्त आयोगले निर्धारण गरेको आधार, ढाँचा र हिस्सा अनुसार प्रदेश विभाज्य कोषको रकम सात वटा प्रदेश तथा स्थानीय विभाज्य कोषको रकम ७५३ स्थानीय तहमा बाँडफाँट गर्ने, 

– आयोगले एक पटक गरेको सिफारिस सामान्यतया पाँच वर्षका लागि लागु हुने गरी स्रोतको 

सुनिश्चितता गराउने,

– यसरी प्रदेशहरूले प्राप्त गर्ने रकम प्रदेश सञ्चित कोषमा र स्थानीय तहहरूले प्राप्त गर्ने रकम स्थानीय सञ्चित कोषमा दाखिला हुने गरी नेपाल सरकारले मासिक रूपमा उपलब्ध गराउने,

– बाँडफाँट हुने रकम आर्थिक वर्षको अन्तिम महिनामा हिसाब मिलाइने ।

– यसरी नेपाल सरकारले सङ्कलन गर्ने मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनतर्फको अन्तःशुल्कलाई तीन तहका सरकारबिच बाँडफाँट गरी प्रदेश र स्थानीय तहको खर्च आवश्यकतालाई सम्बोधन गर्न 

उपयोग गरिन्छ ।

६. सञ्चित कोष भन्नाले के बुझ्नुहुन्छ ? नेपालको तीन तहको सङ्घीय संरचनामा सञ्चित कोष सञ्चालनसम्बन्धी के कस्तो संवैधानिक व्यवस्था रहेको पाउनु हुन्छ ? उल्लेख गर्नुहोस् । 

 गुठी रकमबाहेक सरकारलाई प्राप्त हुने सबै प्रकारका राजस्व, ऋण रकमलगायत अन्य सबै प्रकारका प्राप्तिहरू जम्मा हुने सरकारी कोषलाई सञ्चित कोष भनिन्छ । यो सरकारको मूल कोष हो । विनियोजन ऐनले तोकेको सीमाभित्र रही सञ्चित कोषबाट अन्य खर्च खातामा रकम सारी निर्धारित खर्च शीर्षक अन्तर्गत विभिन्न कार्यव्रmम र परियोजनामा खर्च गर्न सकिन्छ । नेपालको सङ्घीय संरचनामा तीन तहका सात सय त्रिसट्ठी सरकारका त्यति नै सङ्ख्यामा सञ्चित कोष रहेका छन् ।

नेपालको तीन तहको सङ्घीय संरचनामा सञ्चित कोष सञ्चालनसम्बन्धी संवैधानिक व्यवस्था

– नेपालको संविधानको भाग १०, भाग १६ र भाग १९ मा व्रmमशः सङ्घीय, प्रदेश र स्थानीय आर्थिक कार्यप्रणालीसम्बन्धी व्यवस्था रहेको, 

– आर्थिक कार्यप्रणाली अन्तर्गतका विभिन्न धाराहरूमा सञ्चित कोषको परिभाषा गरिएको,

– सङ्घीय सञ्चित कोष र प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने खर्चका विषयहरू उल्लेख भएको,

– सञ्चित कोषबाट विनियोजन ऐनबमोजिम निर्धारित विभिन्न खर्च शीर्षकमा व्यय गर्न सकिने 

व्यवस्था रहेको,

– विनियोजन ऐन विचाराधीन रहेको अवस्थामा पेस्कीका रूपमा ऐनबमोजिम खर्च गर्न सकिने व्यवस्था रहेको,

– विशेष अवस्थामा व्ययको विवरण मात्र भएको 

उधारो खर्च ऐनबमोजिम व्यय गर्न सकिने 

व्यवस्था रहेको,

– सञ्चित कोषको अवस्था विचार गरी संसद्मा पूरक अनुमान पेस गरी खर्च गर्न सकिने अवस्था रहेको ।

– अतः संसदीय स्वीकृति र अनुमोदनबेगर सरकारले खर्च गर्नु हुँदैन भन्ने मान्यतालाई नेपालको संविधानले समेत आत्मसात् गरेको देखिन्छ । यसबाट स्रोतसाधनको परिचालनमा सरकार संसद्प्रति पूर्ण रूपमा जवाफदेही बन्नुपर्ने संवैधानिक बाध्यता सिर्जना भएको छ ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा

Source : Gorkhapatra

Categories

  • Current Affairs 696
  • Gorkhapatra 321
  • Others 1087
  • Vacancy 1
  • Past Questions 97
  • Nepal Police 7

Latest Blogs

Nepal's first nutrition-friendly rural municipality: Badigad (Baglung)
Current Affairs

नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका: बडिगाड (बागलुङ)

  • Jul 01, 2026
  • 53
Reducing the Risk of Food Insecurity: Thematic Q&A (17 Ashar 2083, Wednesday)
Gorkhapatra

खाद्य असुरक्षाको जोखिम न्यूनीकरण : विषयगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 49
Public Service Preparation Special: Objective Questions and Answers (17 Ashar 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 157
Nepal Telecom (Fourth Level) Written Examination-2082
Past Questions

नेपाल टेलिकम (चौथो तह) लिखित परीक्षा-२०८२

  • Jun 30, 2026
  • 77
Historical years of the world and Nepal related to the history of Women's Suffrage
Others

महिला मताधिकारको इतिहाससँग सम्बन्धित विश्व र नेपालको ऐतिहासिक वर्षहरू

  • Jun 29, 2026
  • 139
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA