Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा खनिज पदार्थ पाइने स्थानहरु

  • Bijeta Kunwar
  • April 28, 2023
  • 1514

नेपालमा खनिज पदार्थ पाइने स्थानहरु

नेपालमा खनिज पदार्थ पाइने स्थानहरु

खनिज

खनिज सम्पदा प्राकृतिक स्रोतमध्ये एउटा महत्वपूर्ण स्रोत हो । पृथ्वीभित्र रहेका तामा, कोइला, चुनढुङ्गा, पेट्रोलियम पदार्थ, ग्याँस, खरी, गेरू, शिशा, म्याग्नेसाइट, स्लेट आदिलाई खनिज भनिन्छ । नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलुक हो । आर्थिक वर्ष २०६५/२०६६ मा यस क्षेत्रको कूल ग्राहस्थ उत्पादनमा ०.५४ प्रतिशत योगदान रहेको छ । नेपालमा खनिजको उत्खननका लागि गरिएको प्रयासको इतिहास त्यति लामो छैन । खनिज पदार्थको उत्खननलाई अझ प्रभावकारी बनाउनका लागि वि.स. २०२४ मा भौगर्भिक विभागको स्थापना गरियो । यद्यपि, देशको भूगर्भमा रहेका खनिज पदार्थलाई उपयोग गर्न सकिएको छैन ।

नेपालमा खनिज साधनका सम्भाव्य क्षेत्र

क्र.सं.खनिजउपलब्ध खनिज पाइने स्थानहरू
१फलामफूलचोकी, ठोसे, चितवन, कूलेखानी, भैँसे, प्युठान, बझाङ, डोटी, जन्तर, लब्धी, फर्पिङ
२तामातामाखानी, सीमाखानी, कूलेखानी, बुद्धखोला, वाप्सा, बाह्रबिसे, मार्फा, बन्दीपुर, ओखलढुङ्गा, इलामडाँडा, म्याग्दी ।
३अभ्रकभोजपुर, डोटी, चैनपुर, सिन्धुलीगढी, ज्यामिरे, निबुवा गाँउ, रसुवा, बझाङ, लमजुङ, गोसाईकुण्ड, सुन्दरीजल
४चुनढुङ्गाचोभार, भैंसे, धनकुटा, मोरङ, चितवन, मकवानपुर, पाल्पा, गोदावरी, सुर्खेत
५सीसागणेशहिमाल, फूलचोकी, मकवानपुर, बाग्लुङ, मार्फु, गल्कोट, तिप्लीङ, वैतडी
६जस्तागणेशहिमाल, फुलचोकी, माजेर खोला, नाम्पा
७गन्धकचिसापानी गढी, गोसाइकुण्ड, बराहक्षेत्र
८खरीसिन्धुपाल्चोक, खोटाङ, भोजपुर
९स्लेटबन्दीपुर, बाग्मती, लुम्बिनी, गण्डकी, जनकपुर
१०मार्वलगोदावारी, महाभारत पर्वत शृङ्खला
११गेरूसिन्धुपाल्चोक, चौतारा
१२कोइलादाङ, सल्यान, चौतारा, चितवन, मकवानपुर, काठमाडौं उपत्यका
१३पेट्रोलियमकोइलाबास, नेपालगञ्ज, धनगढी, मुक्तिनाथ, दैलेख, प्युठान, दाङ र तराई, चुरे पहाड, महाभारतको विस्तृत क्षेत्रफलमा पाइने सम्भावना निकै रहेको ।
१४ग्याँसतराईको विस्तृत भू– भाग, मुस्ताङ्ग क्षेत्र र काठमाडौं उपत्यका
१५सुनसुनकोशी, बुढीगण्डकी, रिउ खोला, कालीगण्डकीको बगर, बेरिङ, कोशी नदीमा प्लेसर सुन पाइएको छ ।
१६चाँदीचिसापानी गढी, बाग्लुङ, फुलचोकी
१७कोवाल्टपाल्पा, गुल्मी, अर्घाखाची, धनकुटा
१८सोडासल्यान, डोटी
१९सिधेनून,वीरेनूनरसुवा, स्याप्रुवेसी
२०निओवेरस(दुर्लभ धातु)गोरखा, डडेल्धुरा, जाजरकोट
२१निकेलखोकलिङ, नाम्पा, टुङथाङ, भोर्ले
२२म्याग्नेसाइटदोलखाको खरिढुङ्गा, उदयपुरको कम्युघाट, मुस्ताङको नूनखानी

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 81
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 59
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 104
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 34
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 173
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA