Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालमा कार्बन व्यापारको वर्तमान अवस्था

  • Engineering Nepal
  • March 31, 2023
  • 610

नेपालमा कार्बन व्यापारको वर्तमान अवस्था

नेपालमा कार्बन व्यापारको वर्तमान अवस्था

कार्बन व्यापार भनेको के हो ?

सरल भाषामा कार्बन व्यापार भनेको “हावाको व्यापार” हो । यस किसिमको व्यापारमा हावा (अमूर्त कुरा) को मोलमोलाइ हुन्छ। चराचरलाई आवश्यक पर्ने अक्सिजनको वायुमण्डलमा प्रवाहीकरण र नचाहिने कार्बनको सञ्चितिको अनुपातमा यसको मूल्य निर्धारण हुने गर्छ । कार्बनडाइअक्साइड घटाई त्यसबापत रकम भुक्तानी पाउने प्रणाली हो । यो विकसित तथा औद्योगिक मुलुकहरूमा बढी उद्योगधन्दा तथा आणविक भट्टी सञ्चालन हुने भएकाले ती मुलुकले कार्बन उत्सर्जन बढी गर्छन्‌। नेपाल जस्ता कम विकसित मुलुकले वनमार्फत कार्बन घटाउने काम गरेको हँदा विकसित मुलुकको दायित्वबापत योगदानमा आधारित भएर रकम भुक्तानी लिने गर्छन्‌।

कार्बन व्यापार वस्त विनिमय गरेजस्तो नभएर प्रमाणपत्र बेच्ने चिज हो। आफूले गरेको कामको अध्ययन प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ। त्यसकै आधारमा प्रमाणपत्र उपलब्ध गराउँछ।

  • लक्ष्यअनुसार अघि बढे नेपालले सन्‌ २०२४ सम्ममा ९० लाख टन कार्बन बेचेर ४५ अर्ब रुपैयाँ कमाउने
  • उक्त परिमाणको कार्बन सञ्चितिबापत विश्व बैंकले प्रतिटन ५ डलर उपलब्ध गराउनेछ
  • कार्बन व्यापार सम्झौता सन्‌ २०२१ फेबुरअरी २४ मा भएको छ। जसअनरूप सन २०१८ देखि २०२४ सम्म सञ्चित कार्बन विश्व बैंकले किन्ने हो
  • २०१८ देखि २०२१ सम्म गरेको कामको २०२२:सम्मैमा रिपोर्ट बुझाएर पहिलो किस्ताको भुक्तानी लिने-योजनो छ। २०२२ देखि २०२४.सम्म गरेकी कामको २०२५ सम्ममा भुक्तानी लिइने
  • सरकारले,कोप २ मा “लिफ कोलीसन?मा पनि कार्बन व्यापारको प्राथमिक सम्झौता गरेको छ। उक्त सम्झौताअनुसार बागमती, गण्डकी र लुम्बिनीका जिल्लामा हुने उत्सर्जन परिमार्जन गरी कार्बन घटाएर लिफले किन्नेछ। यो कार्यक्रम २०२६ सम्म चल्ने
  • नेपालको ५९ लाख ६२ हजार हेक्टर भूभाग वनले ओगटेको छ। जुन कुल क्षेत्रफलको ४०.३६ प्रतिशत हुन आउँछ।
  • ‘लवायु परिवर्तन सम्मेलन (कोप २६) मा वनको क्षेत्रफल ४५ प्रतिशत बनाउने प्रतिबद्धता
  • रेडले ०७७ को वार्षिक प्रतिवेदनमा नेपालको वनमा १ अर्ब ५ करोड ५० लाख टनःकुल कार्बन सञ्चिति रहेको उल्लेख गरेको
  • औसतमा प्रतिहेक्टर १७६.९ टन हुन आउँछ। जसमध्ये रूख (जीवित, सुखेड/खडाँ, ढलापडा, र सतहमुनिको भागसमेत)मा ६१.५३ प्रतिशत; माटोमा ३७.८० र पातपतिंगरमा ०.६७ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। “यसको अतिरिक्त नेपालमा ६ लाख ४८ हजार हेक्टर बुंट्यान क्षेत्र (कुल क्षेत्रफलको ४.३८ प्रतिशत) छ”, प्रतिवेदनमा लेखिएको छ, “ जसमा करिब ६ करोड ९ लाख टन (औसत (१०५.२४ टन प्रतिहेक्टर) कार्बन सञ्चिति छा”
  • वन विनाश र अत्यधिक दाउरा संकलनका कारण वन क्षयीकरणबाट बर्सेनि करिब १३ ‘लाख टन कार्बन डाइअक्साइड ग्यास उत्सर्जन हुने अनुमान
  • कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गरी सन्‌ २०२८ सम्ममा ३ करोड ४२ लाख टन कार्बन उत्सर्जन कम गर्ने लक्ष्य लिएको
  • तापक्रम वृद्धिलाई १.५ डिग्रीमा सीमित राख्न पेरिस सम्झौतामा सहमति
  • राष्ट्रिय निर्धारित प्रतिबद्धता (एनडीसी)मा नेपालले सन्‌ २०५० सम्ममा हरित गृह ग्यासको शून्य उत्सर्जन गर्ने जनाएको
  • सन्‌ २०३० सम्ममा ४५ प्रतिशत वन व्यवस्थापन गर्ने, २०३० सम्ममा बन क्षेत्रबाट हुने उत्सर्जन शून्य बनाउने लक्ष्य र २०४५ सम्ममा कार्बन नेगेटिभमा जाने लक्ष्य लिएको
  • नेपालको कार्बन उत्सर्जन ०.३ प्रतिशत छ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 75
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 56
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 100
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 30
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 170
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA