Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

  • Engineering Nepal
  • May 11, 2022
  • 951

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

१. केन्द्रीय तथ्याङ्क विभागले २०७९ वैशाख २२ गते सार्वजनिक गरेको प्रदेशस्तरीय लेखा तथ्याङ्कअनुसार कुन प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च हुने प्रक्षेपण छ ?

 बागमती प्रदेश (६.७ प्रतिशत) 

– प्रदेशगत आर्थिक वृद्धिदर एवं अर्थतन्त्रको आकार (आ.व. २०७८/७९ प्रक्षेपित) 

– चालू आ.व.मा सबैभन्दा बढी आर्थिक वृद्धिदर बागमती प्रदेश (६.७ प्रतिशत) को हुने अनुमान रहेको ।

– सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्नेमा दोस्रो स्थानमा गण्डकी प्रदेश (६.१७) रहेको ।

– चालू आ.व.मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उपभोक्ता मूल्यमा रु. ४८ खर्ब ५२ अर्ब हुने अनुमान गरिएको । यसमा सबैभन्दा बढी हिस्सा बागमती प्रदेश (३६.९ प्रतिशत)को रहेको । 

– विभागले चालू आर्थिक वर्षको छदेखि नौ महिनासम्मको तथ्याङ्क तथा सूचना र बाँकी अवधि सामान्य अवस्था रहने अपेक्षा गरी आर्थिक वृद्धिदरको अनुमान गरेको । 

– विश्वमा प्रचलित विधि टप–डाउन एप्रोचमा आधारित भएर प्रादेशिक अर्थतन्त्रको आकार र आर्थिक वृद्धिदरको अनुमान गरिएको विभागले जनाएको ।

२. राष्ट्रिय खेलकुद परिषद्ले नवौँ राष्ट्रिय खेलकुदको लोगो, मस्कट र नारा कहिले सार्वजनिक गरेको हो ?

  वि.सं. २०७९ वैशाख २४

– लोगोमा माछापुच्छ«े हिमाललाई रेखाकृतिमा राखिएको । आकाशे निलो आकृतिले शान्तिको प्रतीक परेवालाई प्रतिविम्बित गरेको छ भने रातो रङको चार धर्साले ट्र्याक र परेवाको पखेटालाई दर्शाएको । चार धर्साले साबिकको प्रदेश ४ लाई पनि दर्शाएको । चन्द्रसूर्यले राष्ट्रिय ध्वजालाई प्रतिविम्बित गर्नुका साथै सबै टिमको प्रतिनिधित्व गरेको ।

– मस्कटका रूपमा गण्डकी प्रदेशमा पनि पाइने लोपोन्मुख तथा संरक्षित प्राणी कस्तुरी मृग रहेको । 

– छनोट भएको लोगो र मस्कट काठमाडौँको मैतीदेवी निवासी ६२ वर्षीय भोलानाथ पौड्यालले तयार पार्नुभएको ।

– खेलकुदको नारा ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ रहेको ।

– खेलकुदको नारा सुयोग्यराज काफ्लेले तयार गर्नुभएको ।

३. हाल नेपालमा वन क्षेत्रले ओगटेको हिस्सा कति रहेको छ ?

 ४४.७४ प्रतिशत

– नेपालको कुल वन क्षेत्रमा सबैभन्दा बढी वन क्षेत्र रहेको प्रदेश : कर्णाली 

– नेपालको कुल वन क्षेत्रमा सबैभन्दा कम वन क्षेत्र रहेको प्रदेश : मधेस प्रदेश 

– प्रदेशको कुल भूभागको तुलनामा सबैभन्दा बढी वन क्षेत्र रहेको प्रदेश : सुदूरपश्चिम प्रदेश

– प्रदेशको कुल भूभागको तुलनामा सबैभन्दा कम वन क्षेत्र रहेको प्रदेश :मधेस प्रदेश 

४. नेपाल सरकारले नेसनल आईसीटी एक्सिलेन्स अवार्ड–२०२२ कसलाई प्रदान ग-यो ?

 पङ्कज जलान 

५. संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई कहिलेसम्ममा अल्पविकसितबाट मध्यम स्तरको विकासशील देशमा स्तरोन्नति गर्नेसम्बन्धी प्रस्ताव पारित गरेको छ ?

 सन् २०२६ 

६. चीनको होङझाउ सहरमा तय गरिएको एसियाली खेलकुद प्रतियोगिता कति औँ संस्करण हो ?

 १९औँ (सन् २०२२ सेप्टेम्बर १०–२५ सम्म सञ्चालन गरिने भएको १९औँ एसियाड स्थगित भएको ।) 

– चिनियाँ ओलम्पिक कमिटी, एसियाडको ओलम्पिक सहर र ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)बीच सन् २०२२ मे ६ मा सम्पन्न बैठकले १९औँ एसियाड तत्कालका लागि स्थगित गरेको ।

– बैठकले नयाँ मिति तय नगरेको ।

– विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले चीनमा कोरोना सङ्क्रमण दर बढिरहेका कारण एसियाड स्थगित भएको दाबी गरेका । चीनले भने एसियाड स्थगित गर्नुका कारण नजनाएको ।

७. ‘रातो कर माफ गर’ भन्ने आन्दोलन केसँग सम्बन्धित छ ?

 स्यानिटरी प्याडको मूल्य

८. ‘सानै छु बढ्न देऊ, बालविवाह होइन पढ्न देऊ’ नामक अभियान सञ्चालन गर्ने प्रदेश कुन हो ?

 सुदूरपश्चिम प्रदेश 

९. अफगानिस्तानमा ‘मस्को फम्र्याट डायलग’को आयोजना गर्ने राष्ट्र कुन हो ?

 रुस

१०. हालै सगरमाथाको कति उचाइमा स्वचालित मौसम केन्द्र राखिएको छ ?

 ८८३० मिटर

– चिनियाँ वैज्ञानिकको सगरमाथा आरोहण टोलीद्वारा सो केन्द्र स्थापना गरिएको ।

– पृथ्वी शिखर मिसन २०२२ नाम दिइएको सो टोलीमा १४ सदस्य रहेका । टोलीका एक जना भने चिसोका कारण तल्लो आधार शिविरमा नै रहेका । 

– सगरमाथामा रहेको मौसम केन्द्रले त्यहाँको वर्तमान मौसमी विवरणको जानकारीसँगै विश्वव्यापी तापक्रम वृद्धिको असर मूल्याङ्कन गर्न सघाउ पुग्ने विश्वास गरिएको ।

– यसअघि सन् २०१९ मा त्रिभुवन विश्वविद्यालयस्थित केन्द्रीय जल तथा मौसम विभाग र नेपाल सरकारको जल तथा मौसम विज्ञान विभाग एवं अमेरिकास्थित नेसनल जिओग्राफीको संयुक्त पहलमा सगरमाथा क्षेत्र (८४३० मिटर उचाइ)मा पाँचवटा स्वचालित मौसम केन्द्र स्थापना गरिएको थियो ।

११. सन् २०२१ अक्टोबरमा सम्पन्न साफ च्याम्पियनसिप प्रतियोगिता कुन देशमा आयोजना गरिएको होे ?

 माल्दिभ्स

१२. ‘युद्ध साहित्य पुरस्कार २०७८’ कुन कृतिलाई प्रदान गरियो ?

 अफगानी रणमैदान (लेखक ; केदार सङ्केत)

१३. सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा कहिले गरेको हो ?

 वि.सं. २०७८ असार १४

– भक्ति थापा राष्ट्रिय विभूति घोषित भएसँगै नेपालमा घोषणा गरिएका राष्ट्रिय विभूतिको सङ्ख्या १७ पुगेको ।

– यिनले ७३ वर्षको उमेरमा नेपाल–अङ्ग्रेज युद्धमा मलाउँ किल्ला देउथल पोस्टको नेतृत्व गरेका । 

– वि.सं. १७९९ मा लमजुङमा जन्मिएका थापाको निधन वि.सं. १८७२ वैशाख ६ मा देउथलमा भएको ।

१४. नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?

 मोहन कोइराला

१५. मुटुको धमनीमा आएको अवरोध वा बन्द धमनीलाई चिरफार नगरी खुलाउने विधिलाई के भनिन्छ ?

 एन्जियोप्लास्टी 

१६. नेपालमा पहिलो विद्युतीय राहदानी प्राप्त गर्ने व्यक्तित्व को हुनुहुन्छ ?

 सत्यमोहन जोशी

१७. विश्वको पहिलो कृत्रिम बुद्धिबाट सञ्चालित समाचारवाचक रोबर्ट (आर्टिफिसियल इन्टेलिजेन्स–पावर्ड न्युज एङ्कर) कुन हो ?

 झाङ झोउ (चीन) 

१८. जलविद्युत् उत्पादनका हिसाबले पहिलो स्थानमा रहेको प्रदेश कुन हो ?

 गण्डकी प्रदेश 

१९. ‘ग्रेट ग्रिन वाल प्रोजेक्ट’कहाँ कार्यान्वयनमा ल्याइएको छ ?

 अफ्रिकाको साहेल क्षेत्र

२०. कोरोना नियन्त्रण तथा रोकथामका लागि स्थापना गरिएको ‘सीसीएमसी’को पूरा रूप के हो ?

 कोभिड–१९ को–अर्डिनेसन एन्ड म्यानेजमेन्ट सेन्टर 

२१. किराँत राई समुदायको प्रमुख चाड उधौली र उभौलीमा नाचिने प्रमुख नृत्य कुन हो ?

 साकेला 

२२. राणाकालीन शिक्षा नामक पुस्तकका स्रष्टा को हुन् ?

 प्रकृति अधिकारी

२३. सन् २०२३ मा वान डे इन्टरनेसनल वल्र्ड कप क्रिकेट प्रतियोगिता कहाँ हुने भएको छ ?

 भारत 

२४. राष्ट्रिय सूचना आयोगले विनय कसजू उत्कृष्ट अभियन्ता पुरस्कार–२०७९ कसलाई प्रदान ग-यो ?

 दुर्गा आचार्य (पर्वत), कैलाश माझी (सप्तरी), उमिद वागचन्द (कैलाली) र मनोज रौनियार (पर्सा)

– विभागले उत्कृष्ट सूचना अधिकारी पुरस्कार सत्यनारायण हुजदार (उदयपुर), गोकर्णराज वाग्ले (तनहुँ), दुर्गाप्रसाद शर्मा (बागलुङ), निर्मल लामा (सिन्धुली) र राजु अर्याल (हेटौँडा)लाई प्रदान गरेको ।

– उत्कृष्ट कर्मचारी पुरस्कार उपसचिव विश्वबन्धु पौडेल, शाखा अधिकृत डिल्लीराम भट्ट र नायब सुब्बा हेमन्त रिजाललाई प्रदान गरिएको । 

२५. नेपालको पहिलो सार्वजनिक संस्थान कुन हो ?

 विराटनगर जुटमिल

२६. राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन ‘कोप–२६’मा नेपालले कहिलेसम्ममा कार्बन उत्सर्जन शून्यमा पु¥याउने लक्ष्य राखेको घोषणा गरेको छ ?

 सन् २०४५

२७. अर्ना गणना २०२१ अनुसार नेपालमा हाल कति अर्ना रहेका छन् ?

 ४९८

– वि.सं. २०७८ वैशाखमा सार्वजनिक गरिएको अर्ना गणनाको विवरणअनुसार नेपालमा अर्नाको सङ्ख्या ४९८ रहेको ।

– यसअघि सन् २०१४ को गणनामा नेपालमा अर्नाको सङ्ख्या ४४१ रहेको ।

– कोसीटप्पु वन्यजन्तु आरक्ष अर्नाका लागि प्रसिद्ध रहेको ।

२८. राष्ट्रपति विद्यादेवी भण्डारीबाट पहिलो पटक प्रतिनिधि सभा विघटन कहिले भएको हो ?

 वि.सं. २०७७ पुस ५ 

– (दोस्रो पटक : २०७८ जेठ ८) 

२९. हाइपरइन्फ्लेसन भन्नाले के बुझिन्छ ?

 अत्यधिक मुद्रास्फीति 

Source: Gorkhapatra

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 73
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 50
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 96
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 167
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA