Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बेरुजु फछर्याैट र बेरुजु फछ्र्यौट गर्ने प्रक्रिया

  • Engineering Nepal
  • March 26, 2022
  • 1104

बेरुजु फछर्याैट र बेरुजु फछ्र्यौट गर्ने प्रक्रिया

बेरुजु फछर्याैट र बेरुजु फछ्र्यौट गर्ने प्रक्रिया

रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । प्रचलित कानुन बमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको वा ठहर्‍याईएको कारोबार नै बेरुजु हो ।

महालेखा परीक्षकले लेखापरीक्षणका क्रममा औँल्याइएका बेरुजु फर्छयौट गर्ने प्रक्रियालाई आर्थिक कार्यविधि ऐन, २०५५ को परिच्छेद ५ र आर्थिक कार्यविधि नियमावली, २०६४ को परिच्छेद ११ मा व्यवस्था गरिएको छ । सोही व्यवस्था बमोजिम बेरुजु फर्छयौटको प्रक्रियालाई निम्नानुसार उल्लेख गर्न सकिन्छस्

 लेखापरीक्षणबाट औँल्याइएको बेरुजु सम्बन्धमा प्रमाण पेस गरी वा नियमित गरी वा असुल उपर गरी फर्छयौट गर्ने दायित्व जिम्मेवार पदाधिकारीको हुनेछ ।

 बेरुजु फर्छयौट गर्न लगाउने दायित्व लेखा उत्तरदायी अधिकृतको हुनेछ ।

 म।ले।प। कार्यालयबाट औँल्याइएको बेरुजु सूचना प्राप्त भएको मितिले ३५ दिनभित्र फर्छयौट गरी सम्परीक्षण गराउनु पर्छ ।

 केन्द्रीय स्तर र कार्य सञ्चालनस्तरता बेरुजु तथा असुल उपर गर्नुपर्ने रकमको लगत तयार गरी राख्नु पर्दछ ।

 नियमित हुने प्रकृतिका बेरुजु लाई आवश्यक कागजात तथा प्रक्रिया पुर्‍याई फर्छयौट गर्नुपर्छ ।

 असुलउपर गर्नुपर्ने बेरुजु रकम सम्बन्धित पक्षबाट असुल उपर गरी राजस्व खातामा दाखिला गराई बेरुजु फर्छ्यौट गर्नुपर्दछ ।

 कर राजश्व सम्बन्धी बेरुजु सम्बन्धित कर राजश्व शीर्षकमा नै दाखिला गर्नुपर्दछ । अन्य राजश्व बेरुजु को हकमा जुन शीर्षकमा बेरुजु कायम भएको भएता पनि क १६ बेरुजु ९१५११२० मा जम्मा गर्नुपर्दछ ।

 असुल हुन नसकेका बेरुजु आ।का। ऐन, नियमले तोकेको प्रक्रिया पूरा गरी कुमारी चोक तथा केन्द्रीय तहशील कार्यालयमा लगत कस्न पठाउनुपर्दछ । लगत कसेको जानकारी प्राप्त भएपछि बेरुजु को लगतबाट हटाउनुपर्छ ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 73
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 50
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 94
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 166
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA