Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (६ चैत २०८१, बुधबार)

  • Ajnabee Khadka
  • March 20, 2025
  • 855

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (६ चैत २०८१, बुधबार)

Public Service Special Objective Question and Answer (6 Chaitra 2081, Wednesday)

१.  ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२५ फेब्रुअरी ११ मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (करप्सन पर्सेप्सन इन्डेक्स–सिपिआई) अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

➤ १०७ औँ

  • यस वर्ष नेपाल ३४ अङ्कसहित १०७ औँ स्थानमा रहेको । गत वर्ष नेपाल ३५ अङ्कसहित १०८ औँ स्थानमा थियो । 
  • टिआईका अनुसार ५० अङ्कभन्दा कम स्कोर प्राप्त गर्ने मुलुक सुशासनको क्षेत्रमा समस्यायुक्त रूपमा चित्रण गरिन्छ भने ३५ अङ्कभन्दा कम स्कोर ल्याउने मुलुक गम्भीर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ । 
  • विश्वकै कम भ्रष्टाचार हुने मुलकको सूचीको पहिलो स्थानमा डेनमार्क रहेको । साउथ सुडान विश्वकै बढी भ्रष्टाचार हुने सूचीमा परेको । 
  • यस सुचीमा छिमेकी राष्ट्र चीन ४३ अङ्कका साथ ७६ औँ स्थानमा रहेको । 
  • ट्रान्सपरेन्सी इन्टरनेसनलले यो प्रतिवेदन विश्व बैङ्क, वल्र्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वल्र्ड जस्टिस प्रोजेक्ट र भेराइटिज अफ डेमोक्रेसी प्रोजेक्ट  (भिडिइएम) समेत गरी ६ वटा संस्थाको सर्वेक्षणका आधारमा तयार गरेको ।

२.  नेपाल प्रहरीको ३१ औँ महानिरीक्षक (आइजिपी) मा नियुक्त हुन सफल व्यक्तित्व को हुनुहुन्छ ?

➤ दीपक थापा

  • २०८१ चैत्र ४ गतेको मन्त्रीपरिषद् बैठकले प्रहरी महानिरीक्षकमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) थापालाई नियुक्त गरेको । 
  • एआइजी थापा यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख हुनुहुन्थ्यो । 
  • वसन्त कुँवर चैत्र ४ गते नै अवकाश हुने भएपछि नयाँ महानिरीक्षक नियुक्त गरिएको । 
  • नयाँ प्रहरी महानिरीक्षकको कार्यकाल २०८२ भाद्र १८ सम्म मात्र रहने छ । 
  • प्रहरी प्रमुख बन्नका लागि थापासँगै एआइजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा हुनुहुन्थ्यो । 

३. काठमाडौँ विश्वविद्यालय (केयु) को उपकुलपतिमा कसलाई नियुक्त गरियो ?

➤ प्राडा अच्युत वाग्ले (विसं २०८१ चैत ४)

४.  प्रसिद्ध साहित्यकार लीलबहादुर क्षेत्रीको निधन कहिले भएको हो ?

➤ वि.सं. २०८१ फागुन २९

  • नेपाली साहित्यमा महत्वपूर्ण योगदान पुराएका प्रख्यात लेखक क्षेत्रीको ९२ वर्षको उमेरमा आसामको गुवाहाटीमा निधन भएको । 
  • क्षेत्रीले सामन्ती उच्च वर्गबाट शोषण भोगिरहेका गरिब गाउँलेको दशालाई उजागर गर्दै बसाइँ (सन् १९५७) नामक उपन्यास लेखेका । यो उपन्यास त्रिभुवन विश्वविद्यालयको पाठ्यव्रmममा समेत समावेश छ । 
  • भारतमा नेपाली भाषी भारतीयले साहित्यकार क्षेत्रीलाई ग्रामीण सङ्घर्ष र सामाजिक अन्यायको शक्तिशाली चित्रण गर्ने स्रष्टाका रूपमा चिन्छन् । 
  • उनले बह्ममपुत्रको छेउछाउ नामक औपन्यासिक कृतिका लागि सन् १९८७ मा साहित्य एकेडेमी पुरस्कार प्राप्त गरेका थिए । अतृप्त (मनोवैज्ञानिक उपन्यास), कहिल्यै नफुक्ने गाँठो, तीन दशक बीस अभिव्यक्ति, लीलबहादुर क्षेत्रीका कथाहरू लगायतका कृति पनि लोकप्रिय रहेका छन् । 
  • उनी सन् २०१६ मा नेपालको प्रतिष्ठित जगदम्वाश्री पुरस्कारबाट विभूषित भएका । त्यस्तै, सन् २०२० मा भारतको प्रसिद्ध पद्मश्री पुरस्कारबाट पनि सम्मानित भएका। 

५.  यस वर्ष (२०८१) को बद्री पहाडी समाजसेवा पुरस्कार कसलाई प्रदान गरियो ?

➤ सामाजिक अभियन्ता पूर्व राजदूत पदम सुन्दास 

  • मानव अधिकार तथा शान्ति समाजले कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार सुन्दासलाई प्रदान गरेको । 
  • यस पुरस्कारको राशि रु. एक लाख १० हजार रहेको । 

६.  पाँचथरमा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगिता २०८१ मा प्रथम हुन सफल कवि को हुन् ?

➤ हिक्मत रावल (अछाम)

  • प्रतियोगितामा उदयपुरका जीवन आरोही द्वितीय र तेह्रथुमका भगिश्वर तेयुङ तृतीय भएका । 
  • प्रथम, द्वितीय र तृतीय पुरस्कारको राशि क्रमश : ५० हजार, २५ हजार र १२ हजार ५०० रुपियाँ रहेको । 

 

७.  नेपालको उच्च हिमाली भेगमा पाइने भोटे कुकुरलाई अन्तर्राष्ट्रिय मान्यता प्रदान गर्ने संस्था कुन हो ?

➤ अन्तर्राष्ट्रिय केनेल क्लब (आइकेसी), सन् २०२५ मार्च 

  • नेपालमै उत्पत्ति र विकास भएको भोटे कुकुरलाई उक्त मान्यता दिइएको । 
  • उच्च हिमाली भेगतिर पाइने भोटे कुकुर विशेष गरी गोठको साथीको रूपमा पाल्ने गरिन्छ । 
  • हाल यो कुकुर तराई र पहाडतिर समेत पाल्न थालिएको । 

८.  नेपालमा तेस्रो पुतली गणना अभियानको सञ्चालन अवधि कुन हो ?

➤ सन् २०२५ मार्च ३–३१

  • सञ्चालन गर्ने संस्था : बटरफ्लाई वाचर्स नेपाल 
  • थिम : बटरफ्लाई म्याराथुन

 

९.  मिथिला नाट्यकला परिषद् (मिनाप) ले यस वर्ष (२०८१) को महामूर्ख उपाधिबाट कसलाई सम्मान गर्यो ?

➤ मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह

  • होली पर्वको अवसरमा आयोजित महामूर्ख सम्मेलनमा सिंह सो उपाधिबाट सम्मानित भएका । 
  • त्यसै गरी साहित्यकार एवं गीतकार सियाराम झालाई पटमूर्खको उपाधि, जनकपुरधाम उमनपा उपप्रमुख किशोरी साहलाई हराशंख र वरिष्ठ पत्रकार रामरिझन यादवलाई ढोरहाशङ्करको उपाधि प्रदान गरिएको । 

१०.  २०८१ को विन्ध्यवासिनी म्युजिक लाइफटाइम अवार्डबाट सम्मानित हुने स्रष्टा को हुन् ?

➤ गीतकार राजेन्द्र थापा (पुरस्कार राशि रु. एक लाख) 

  • विन्ध्यवासिनी सङ्गीत साधना सम्मान : गायिका सङ्गीता शाक्य (राशि ः रु. ५० हजार) 
  • प्रेमध्वज सङ्गीत रत्न सम्मान : गायिका निशा देसार (राशि : रु. २५ हजार)
  • झलकमान लोक–सङ्गीत सम्मान : गायक शिरिष देवकोटा 
  • विन्ध्यवासिनी कला पत्रकारिता सम्मान : पत्रकार शारदा थापा (राशि : रु. २५ हजार)

११.  सन् २०२७ को विश्व पुस्तकालय शिखर सम्मेलन कहाँ गरिने भएको छ ?

➤ नेपाल 

  • भारतको दिल्लीमा सम्पन्न (सन् २०२५) विश्व पुस्तकालय सम्मेलनले सन् २०२६ को सम्मेलन श्रीलङ्का र सन् २०२७ को नेपालमा गर्ने निर्णय गरेको । 
  • सन् २०२५ को सम्मेलन ज्ञान साझेदारी, सांस्कृतिक संरक्षण र अन्तर्राष्ट्रिय सहकार्यमा पुस्तकालयको भूमिकालाई सुदृढ बनाउन सफल भएको जनाइएको । 
  • नयाँ दिल्लीमा सम्पन्न सम्मेलनले पुस्तकालय कूटनीति र डिजिटल रूपान्तरणमा भविष्यको नवप्रवर्तनका लागि बलियो जग बसालेको सङ्घद्वारा जारी 
  • विज्ञप्तिमा उल्लेख । 

 

१२.  २०८१ मा सम्पन्न बुढा सुब्बा गोल्डकपको उपाधि कसले जित्यो ?

➤ एनआरटी

  • एनआरटीले २–१ गोल अन्तरले पराजित गर्दै बुढासुब्बा गोल्डकपको उपाधि जितेको । 
  • न्युरोड टिम (एनआरटी) यस अघि २०६४ र गत वर्ष पनि विजेता बनेको थियो । 
  • उपाधिसँगै एनआरटीले नगद १० लाख रुपियाँसहित ट्रफी हात पारेको । 
  • उपविजेता चर्च ब्वाइजले नगद पाँच लाख रुपियाँ प्राप्त गरेको । 
  • सर्वोत्कृष्ट खेलाडी : एनआरटीका शिशिर लेखी 
  • सर्वाधिक गोलकर्ता : चर्च ब्वाइजका खेलाडीद्वय समीर तामाङ र अर्मान्ड विडोंग (समान ३ गोल)
  • उत्कृष्ट गोलकिपर : प्रमिजय गच्छदार (एनआरटी) 
  • उत्कृष्ट प्रशिक्षक : हरिओम श्रेष्ठ (एनआरटी)
  • उत्कृष्ट मिडफिल्डर : रोहन कार्की (चर्च ब्वाइज) 
  • उत्कृष्ट फरवार्ड : समीर तामाङ (चर्च ब्वाइज) 
  • उत्कृष्ट डिफेन्डर : पदम भट्टराई (चर्च ब्वाइज) 

१३.  मिसेस नोबल नेपाल २०२५ को उपाधि जित्ने युवती को हुन् ?

➤ सन्ध्या लामिछाने 

  • उपाधिसँगै उनले ‘नेपाल फेसन एन्ड इन्टरटेनमेन्ट अवार्ड २०२५ जापान’ का लागि इन्ट्री प्याकेजसमेत प्राप्त गरेकी । 
  • उपविजेता : सर्वण जोशी 
  • दोस्रो उपविजेता (सहविजेता) : रेखा भट्टराई 

 

१४.  ‘जोय मोडल हन्ट नेपाल’ सिजन ९ को उपाधि विजेता प्रतिभा को हुन् ?

➤ विवश विष्ट र नेहा बुढा

  • विजेता दुवैले विभिन्न पुरस्कारका साथमा कम्बोडियामा हुने मिस्टर एन्ड मिस सेलिब्रेटी इन्टरनेसनल २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने । 
  • प्रतियोगितामा आदित्य थपलिया र मोना केसी फस्ट रनरअप तथा एलेन डङ्गोल र चाँदनी श्रेष्ठ सेकेन्ड रनरअप घोषित भएका । 

 

१५.  नेपालमा हाल चरा प्रजातिको सङ्ख्या कति पुगेको छ ?

➤ ८९८ (वि.सं. २०८१ फागुन)

  • पछिल्लो पटक भेटिएको चरा: बैजनी–बुङ्गे चरा (पर्पल–रम्प सनबर्ड)
  • यो चरा भारत, बङ्गलादेश, म्यानमार र श्रीलङ्कामा पाइने गरेको । 
  • झापाको काँकडभिट्टामा फेला पारिएको । 
  • यसअघि २०८१ पुसमा खैरो झाडी फिस्टो (ब्राउन बुस वाब्र्लर) चितवन दिव्यनगरमा फेला परेको ।

 

१६.  पोखरा भ्रमण वर्ष–२०२५ मा कति पर्यटक भित्र्याउने लक्ष्य लिइएको छ ?

➤ २० लाख

  • भ्रमण वर्षको अवधिमा पोखरामा स्वदेशी र विदेशी गरी २० लाख पर्यटक भित्र्याउने मुख्य लक्ष्य लिइएको । 
  • महानगरले पोखरा घुम्न चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी भ्रमण वर्ष मनाउन लागेको । 
  • पोखरा विश्वकै चर्चित ट्रेकिङ ट्रेल अन्नपूर्ण सर्किटको गेट वे पनि हो । 
  • भ्रमण वर्षमा स्वदेशका पाँच र विदेशका पाँच गरी १० सहरसँग भगिनी सम्बन्ध स्थापना गरिने । 
  • पर्यटन क्षेत्रलाई लक्षित गरी पोखरामा टुरिजम इन्भेष्टमेन्ट समिट आयोजना गरिने । 
  • महानगरपालिकाले २०८१ फागुन ३ मा पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा गरेको । २०८० चैत्र ४ मा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको । 

 

१७.  बागमती प्रदेश सरकारद्वारा सञ्चालनमा ल्याइएको बागमती प्रदेश विश्वविद्यालयले तयार पारेको वेबसाइटको उद्घाटन कहिले गरियो ?

➤ वि.सं. २०८१ फागुन २१

प्रस्तुतकर्ता : टङ्क केसी  

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 46
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA