Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ साउन २०८२, बुधबार)

  • Ajnabee Khadka
  • July 23, 2025
  • 596

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (७ साउन २०८२, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (7th Shrawan 2082, Wednesday)

१.  नेसनल म्युजिक अवार्डस् (एनएमए) २०८१ मा लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित कलाकार को हुन् ? 

➤ सङ्गीतकार शम्भुजित बाँस्कोटा 

  • रेडियो कान्तिपुरद्वारा २०८२ असार २८ गते गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजित एनएमएमा सङ्गीतकार बास्कोटालाई ‘सङ्गीत सम्राट’ को उपनाम दिँदै नगद एक लाख रुपियाँसहित सम्मान गरिएको । 
  • एनएमएमा विभिन्न १५ विधामा अवार्ड प्रदान गरिएको । 

कुन अवार्ड कसलाई 

  1. उत्कृष्ट ब्यान्ड : कुमः सागर एन्ड ख्वप (ए माइ रे...)
  2. उत्कृष्ट लोकदोहोरी गायिका : शान्तिश्री परियार (तिमी र म जाम माया...)
  3. उत्कृष्ट लोकदोहोरी गायक : प्रकाश दुतराज (करिम...) 
  4. उत्कृष्ट गीतकार : भूषण खरेल (जान्छौ भने...) 
  5. उत्कृष्ट आधुनिक गायिका : टीका प्रसाईं (ए जिन्दगी...)
  6. उत्कृष्ट आधुनिक गायक : शिव परियार (चुपचाप...)
  7. उत्कृष्ट पाश्र्व गायिका : समीक्षा अधिकारी (बुझिनँ मैले...) 
  8. उत्कृष्ट पाश्र्व गायक : एसडी योगी (रुकुम मैकोट...)
  9. उत्कृष्ट सङ्गीतकार : सञ्जीव बराइली (चुपचाप...)
  10. उत्कृष्ट पप गायिका : त्रिशला गुरुङ (विच भाइब्स्...)
  11. उत्कृष्ट पप गायक : सुशान्त केसी (बार्दली...)
  12. हिपहप एन्ड आर एन्ड बी : ब्रिजेश श्रेष्ठ (मुटुमै बसेछ...) 
  13. पिपुल च्वाइस अवार्ड : सुशान्त केसी/इन्द्रकला राई (बार्दली...) 
  14. उत्कृष्ट डेब्यु सिङ्गर : आरसी रिमाल (जे हुनु थियो भैसक्यो...) 
  15. रेडबुल इनर्जेटिक प्रफरमेन्स : दुर्गेश थापा 

२.  दोलखा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कहिले गरिएको हो ? 

➤ वि.सं. २०८२ असार २६ 

 

३.  ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैङ्क अवार्ड–२०२५ बाट सम्मानित हुन सफल नेपाली बैङ्क कुन हो ? 

➤ ग्लोबल आइएमई बैङ्क लि. 

  • यो अवार्डसँगै ग्लोबल आइएमई बैङ्क लगातार दुई वर्ष ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैङ्क अवार्डबाट सम्मानित भएको । 

https://newsofnepal.com/wp-content/uploads/2025/07/Building-Image-GIBL.jpg

४.  ‘ढुकुर जोडी’ घोषणा गर्दै हरेक वडाबाट एक–एक उत्कृष्ट दम्पतीलाई सम्मान गर्ने स्थानीय तह कुन हो ? 

➤ सुन्दरहरैँचा नगरपालिका (मोरङ), २०८२ असार 

  • पतीपत्नीबिचको आपसी समझदारी, संयम र पारिवारिक मर्यादालाई मूल्याङ्कन गर्दै नगरपालिकाले पहिलो पटक यस्तो कार्यक्रम गरेको । 
  • ४८ दम्पतीले आवेदन दिएकामा नगरपालिकाको मापदण्ड अनुसार १२ वडाबाट एक÷एक दम्पती छनोट गरिएको । 
  • विवाह, परिवार र सामाजिक सहिष्णुताको सकारात्मक अनुकरणीय अभ्यासलाई प्रवर्धन गर्न यस खालको कार्यक्रमलाई सामाजिक परिवर्तनतर्फको प्रयासका रूपमा लिइएको पालिकाले जनाएको । 

 

५.  आव २०८१/८२ को बजेटमा सबैभन्दा बढी खर्च गर्ने प्रदेश कुन हो ? 

➤ कोशी प्रदेश (७७.२६ प्रतिशत) 

  • सबैभन्दा कम खर्च गर्ने प्रदेश : कर्णाली (६४.७२ प्रतिशत) 
  • सात प्रदेशको खर्च (औसत) : ७३ प्रतिशत 

 

६.  वीरगन्जस्थित नेपालको पहिलो सुक्खा बन्दरगाह र एकीकृत भन्सार जाँच चौकी (आइसिपी) कार्यालयको एकीकृत सेवाको सुरुवात कहिलेबाट भएको हो ? 

➤ विसं २०८२ साउन १ 

 

७.  २०८१ सालको मदन पुरस्कारका लागि छनोटमा परेका पुस्तक कुन–कुन हुन् ? 

  • उरमाल      : छुदेन काविमो
  • छालबाटो     :रमेश भुसाल 
  • दज्र्यु संलाप      :कुमारी लामा 
  • पञ्चतìवको पालाम्   :मनप्रसाद सुब्बा 
  • बहुरूपी      :श्रेयज सुवेदी
  • भिक्षु व्यापार र विद्रोह   : सुधीर शर्मा
  • हिउँको गीत     :तीर्थ गुरुङ

८.  नेपालमा श्रमिकको न्यूनतम पारिश्रमिक मासिक कति निर्धारण गरिएको छ ?

➤ रु. १९,५५०।– (सहमति कायम : विसं २०८२ साउन १) 

  • आगामी दुई वर्षका लागि न्यूनतम पारिश्रमिक निर्धारण भएको । चिया बगानबाहेकका श्रमिकको आधारभूत पारिश्रमिक १२ हजार १७० र महँगी भत्ता सात हजार तीन सय ८० गरी कुल १९,५५० रुपियाँ कायम गर्ने सहमति बनेको । 
  • दैनिक ४७० रुपियाँ पारिश्रमिक र २८४ रुपियाँ महँगी भत्ता गरी ७५४ र प्रतिघण्टा आधारभूत ६३ रुपियाँ एवं महँगी भत्ता ३८ गरी १०१ रुपियाँ तोकिएको । 
  • श्रम ऐन, २०७४ अनुसार प्रत्येक दुई वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने प्रावधान रहेको । 
  • यसअघि श्रमिकले न्यूनतम १७ हजार ३०० रुपियाँ पारिश्रमिक पाउँदै आएका थिए । 
  • न्यूनतम ज्यालाको निर्धारण यसपालि पहिलो पटक त्रिपक्षीय (सरकार, रोजगारदाता र श्रमिक सङ्गठन) सहमतिका आधारमा गरिएको । 

 

९.  ग्लोबल आइएमई बैङ्कले लगातार दोस्रो वर्ष ग्लोबल फाइनान्सबाट बेस्ट बैङ्क अवार्ड कहिले प्राप्त ग¥यो ?

➤ सन् २०२५ जुलाई ११ 

 

१०. लिच्छवि कालमा नगर एवं व्यापारिक केन्द्रको रूपमा विकास भएको बस्तीलाई के भनिन्थ्यो ?

➤ द्रंग

 

११. एक मुख दस रुख अभियान सञ्चालन गर्ने स्थानीय तह कुन हो ? 

➤ छायानाथ रारा नगरपालिका (मुगु)

  • नगरपालिकाभित्र पहिरो प्रभावित क्षेत्रको रोकथाम तथा हरित नगर बनाउने उद्देश्यका साथ छायानाथ रारा नगरपालिकाले यो अभियान सञ्चालन गरेको । 
  • वृक्षारोपण अभियान शुभारम्भ भएसँगै अब प्रत्येक नागरिकले अनिवार्य आफ्नो गाउँटोल तथा सार्वजनिक स्थलमा १० ओटा रुख लगाउनुपर्ने । 

 

१२.  सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको उद्घाटन कहिले गरियो ?

➤ वि.सं. २०७८ साउन १३

  • नेपाल अङ्गे्रजको युद्धमा नेपालीले १८२४ सालमा विजय प्राप्त गरेको ऐतिहासिक सिन्धुलीगढीमा सङ्ग्रहालयको निर्माण गरिएको । 
  • सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको निर्माण ऐतिहासिक सम्पदाहरूको संरक्षणका साथै सिन्धुली जिल्लालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्नसमेत मद्दत पुग्ने जनाइएको।

१३. विश्व आर्थिक मञ्चद्वारा ग्लोबल सेन्टर फर साइबर सेक्युरिटीको स्थापना कहिले गरिएको हो ?

➤ सन् २०१८ जनवरी २६ 

  • साइबर अपराधसम्बन्धी गतिविधिलाई निरुत्साहित गर्दै सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यका साथ सो संस्था स्थापना गरिएको । 
  • यो संस्थाको मुख्यालय स्विट्जरल्यान्डको जेनेभामा रहेको ।

 

१४.  औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार ‘बौद्धिक सम्पत्ति’ भन्नाले के बुझिन्छ ?

➤ पेटेन्ट, डिजाइन, ट्रेडमार्क, भौगोलिक सङ्केत चिह्न, व्यापारिक गोपनीयतालगायतका बौद्धिक सम्पत्तिका साथै प्रचलित कानुनले प्रतिलिपि अधिकारको रूपमा परिभाषित गरेको विषय ।

 

१५.  नेपालमा सर्वप्रथम प्रतिनिधि सभाको बैठक कहिले बसेको थियो ?

➤ वि.सं. २०१६ असार १ गते

 

१६.  नेपालका चार धाम भन्नाले कुन कुन धार्मिक क्षेत्रलाई बुझाउँछ ?

➤ वराह क्षेत्र, मुक्ति क्षेत्र, रुरु क्षेत्र र हरिहर क्षेत्र 

 

१७.  ‘सुस्वास्थ्य उत्कृष्ट उपहार हो भने सन्तुष्टि उत्कृष्ट सम्पत्ति हो’ भन्ने विचारक को हुन् ?

➤ गौतम बुद्ध 

 

१८.  राष्ट्रिय अपराध सूचना केन्द्रको उद्देश्य के रहेको छ ?

➤ देशभरका सम्पूर्ण अपराधको एकीकृत तथ्याङ्क राख्न

 

१९.  युरोप महादेशको सबैभन्दा लामो पर्वत शृङ्खला कुन हो ?

➤ आल्पस पर्वत

 

२०.  ओजोन तह संरक्षणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?

➤ सन् १९८७, क्यानडाको मन्ट्रियल 

 

२१.  काठमाडौँलाई आधुनिक नेपालको राजधानीका रूपमा कहिले घोषणा गरिएको हो ?

➤ विसं १८२६ चैत १०

 

२२.  नेपाल एकीकरण अभियानताका त्रिशक्ति भनी कुन–कुन राज्यलाई चिनिन्थ्यो ?

➤ पाल्पा, लमजुङ र तनहुँ

 

२३.  भिक्टोरिया फल्स कुन कुन देशको सीमामा पर्छ ?

➤ जिम्बाबे र जाम्बिया

 

२४.  ‘शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो’ भन्ने विद्वान् को हुन् ?

➤ मार्क भान डोरेन, अमेरिकी कवि 

 

२५.  प्रसिद्ध दुधेश्वरनाथ मन्दिर कहाँ रहेको छ ?

➤ पर्सा

  • पर्सा जिल्लाको सदरमुकाम वीरगन्जबाट करिब ३२ किमी उत्तरमा अवस्थित यसलाई तराई मधेशमा ‘भाठा धाम’ पनि भनिने ।
  • वर्षको तीन पटक (वैशाख, साउन र माघमा) मेला लाग्ने यस ठाउँमा नेपाल, भारतलगायतका स्थानबाट हजारौँ आन्तरिक एवं बाह्य पर्यटकको आगमन हुने ।

 

२६. सूचनाको हक अभ्यास गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ? 

➤ स्विडेन 

  • स्विडेनले सन् १७६६ मा सूचना पहुँचका लागि संविधानमै व्यवस्था गरेको ।
  • संयुक्त राष्ट्रसङ्घले स्थापनाको दोस्रो वर्षमै सन् १९४६ मा पारित गरेको प्रस्ताव ५९(१) मा सूचनाको हकसम्बन्धी व्यवस्था रहेको ।
  • संयुक्त राज्य अमेरिकाले सन् १९६६ मा सूचनाको हकको कानुन बनाई लागु गरेको ।
  • सूचनाको अधिकारमा युरोपेली सङ्घले सन् १९८० को दशकमा सदस्य राष्ट्रहरूलाई तिनीहरूका सार्वजनिक संस्थाहरूलाई निर्देश गरेको ।

 

२७. रोबोट शब्द प्रयोग गर्ने पहिलो व्यक्ति को हुन् ? 

➤ कारेल क्यापेक (चेक नागरिक, सन् १९२१) 

  • रोबोट शब्दको उत्पत्ति रोबोटा (चेक वर्ड) बाट भएको । जसको अर्थ फोस्र्ड लेबर भन्ने हुने ।
  • रोबोटको पूरा रूप ¥यान्डम अप्टिकल बाइनरी अस्किलेटिङ टेक्नोलोजी रहेको ।
  • पहिलो ह्युमोनोइड रोबोट एरिक (युके, सन् १९२८) रहेको ।
  • फादर अफ रोबोटिक्स भनी एन्जेल बर्गेजलाई चिनिने ।
  • नागरिकता प्राप्त गर्ने पहिलो रोबोट सोफिया (साउदी अरब, सन् २०१८ अक्टोवर २५) रहेको ।
  • सोफिया रोबोटको डिजाइन ह्यान्सन रोबोटिक्सले गरेका । 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 45
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA