Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३ भदौ २०८३, बुधबार)

  • Ajnabee Khadka
  • August 19, 2026
  • 232

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (३ भदौ २०८३, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (3 Bhadra 2083, Wednesday)

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्धारण गरिएको नयाँ मिति कुन हो ? 

➤ वि.सं. २०८३ मङ्सिर १६-२९ 

  • शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा वि.सं. २०८३ साउन २८ गते बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १२५ औँ बोर्ड बैठकले सोसम्बन्धी निर्णय गरेको । 
  • संस्करण :  १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता
  • स्थान:  सुर्खेत, कर्णाली प्रदेश
  • मस्कट:  लोपोन्मुख जनावर ‘रेड पान्डा’
  • लोगो: सात रङ, चन्द्र र सूर्य झन्डा अङ्कित
  • पारा खेलकुद:  प्रथम राष्ट्रिय पारा खेलकुद पुस १५ देखि आयोजना हुने । 

Mascot and logo revealed for 10th National Games

२. चुम्बकीय शक्तिले ट्र्याकभन्दा माथि नै तैरिएर दौडिने चिनियाँ अत्याधुनिक म्याग्लेभ रेलले कति गतिको रेकर्ड राखेर नयाँ विश्व कीर्तिमान कायम गरेको छ ?

➤ आठ सय किमी/घण्टा

  • परीक्षण:  सन् २०२६ अगस्त १३ 
  • प्रविधि:  म्याग्लेभ रेल (चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने)।
  • स्थान:  हुबेईस्थित डोङ्हु प्रयोगशालाको एक किलोमिटर लामो ट्र्याकमा परीक्षण गरिएको एक हजार एक सय किलो तौलको रेलले ५.३ सेकेन्डमै शून्यबाट आठ सय किलोमिटर प्रतिघण्टाको गति हासिल गरेको ।
  • रोकिने दुरी:  आठ सय किमी÷घण्टा गतिमा पुगेपछि दुई मिटरभित्रै सुरक्षित रोकिएको ।
  • कीर्तिमान:  चीनद्वारा छ महिनाभित्रै तेस्रो पटक आफ्नै कीर्तिमान भङ्ग ।
  • मुख्य विशेषता:  पाङ्ग्रा र ट्र्याकबिच घर्षण नहुने ।
  • सम्भावित क्षेत्र:  अनुसन्धानकर्ताले यो प्रविधि भविष्यमा रकेट तथा लडाकु विमानको प्रक्षेपण र भ्याकुमट्युब ट्रेन निर्माणमा प्रयोग हुन सक्ने बताएका ।

३. बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडी ‘बडीमालिकारामारोशन वन संरक्षण क्षेत्र’ को घोषणा कहिले गरिएको हो ? 

➤ वि.सं. २०८३ साउन २७ 

  • घोषणा:  वि.सं. २०८३ साउन २७
  • संरक्षण क्षेत्रको नाम:  बडीमालिकारामारोशन वन संरक्षण क्षेत्र
  • निर्णय मिति:  वि.सं. २०८३ साउन १९ (प्रदेश मन्त्रीपरिषद्को बैठकबाट)
  • कुल क्षेत्रफल:  ४९८.४ वर्ग किमी
  • सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ (१) बमोजिम । 

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्नुपर्छः  सामुदायिक वन उपभोक्ता महासङ्घ

४. इन्डोनेसियाको फ्लोरेस टापुनजिक ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प कहिले गएको हो ? 

➤ सन् २०२६ अगस्त १५ 

  • इन्डोनेसिया उच्च भूकम्पीय जोखिमयुक्त ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित भएकाले यहाँ बारम्बार भूकम्प जाने गरेका छन् ।
  • सन् २००४ मा सुमात्राको तटमा गएको ९.१ म्याग्निच्युडको विनाशकारी भूकम्पले सुनामी निम्त्याएको थियो, जसले त्यस क्षेत्रमा दुई लाख २० हजार जनाको ज्यान गएको थियो । तीमध्ये करिब एक लाख ७० हजार जना इन्डोनेसियाका र बाँकी श्रीलङ्का, भारत, थाइल्यान्डका नागरिक थिए । यो इतिहासको सबैभन्दा घातक प्राकृतिक प्रकोपमध्ये एक हो। 

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु «  Khabarhub

५. नूरगङ्गा बालसाहित्य राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार कसलाई प्रदान गरियो ? 

➤ मुक्तिनाथ शर्मा न्यौपाने (लमजुङ) र देवीप्रसाद वनवासी (स्याङ्जा), संयुक्त रूपमा

  • पुरस्कार राशि:  जनही रु. ५०/५० हजार
  • त्यसै गरी एक लाख राशिको नूरगङ्गा लोकगीत गायन राष्ट्रिय स्थापित प्रतिभा पुरस्कार क्षेत्रबहादुर गुरुङ (स्याङ्जा) र पूर्ण नेपाली (कास्की) लाई संयुक्त रूपमा प्रदान गरिएको । 
  • नूरगङ्गा साहित्य क्षेत्रीय स्थापित प्रतिभा पुरस्कार:  वनमाली निराकार (रुपन्देही), पुरस्कार राशि:  रु. ५० हजार 
  • नूरगङ्गा लोकगीत गायन क्षेत्रीय स्थापित प्रतिभा पुरस्कार: पदमध्वज केसी (नवलपरासी), पुरस्कार राशि:  रु. ५० हजार
  • नूरगङ्गा साहित्य राष्ट्रिय नवप्रतिभा पुरस्कार:  आँचल श्रेष्ठ (ललितपुर), पुरस्कार राशि:  ३० हजार रुपियाँ 
  • नूरगङ्गा लोकगीत गायन राष्ट्रिय नवप्रतिभा पुरस्कार:  अर्जुन सापकोटा (नवलपुर), पुरस्कार राशि:  ३० हजार रुपियाँ 

नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीद्वारा १० साहित्यकार पुरस्कृत – Dcnepal

६. लिच्छविकालीन इतिहाससँग जोडिएको ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरी पुनर्निर्माणपछि कहिले उद्घाटन गरिएको हो ? 

➤ वि.सं. २०८३ साउन ३० 

  • पोखरीनजिकै रहेको पलेस्वाँ पोखरीमा पनि जान मिल्ने गरी दुई पोखरीलाई जोडेर पुलसमेत निर्माण गरिएको छ । लगनखेल वातावरण संरक्षण समितिसँगको सहकार्यमा पोखरीसँगै पार्कसमेत निर्माण गरिएको छ । यो पोखरी लगनखेल बसपार्कनजिकै रहेको अशोक स्तूपसँगै अवस्थित छ ।
  • यो पोखरी रातो मत्स्येन्द्रनाथ जात्रासँग जोडिएको छ, जहाँ जात्रा समापनका क्रममा एक जोडी जीवित माछा छोड्ने परम्परा छ ।

No photo description available.

७. युरोप महाद्वीपमा झन्डै तीन दशकपछि दुर्लभ सूर्यग्रहण कहिले देखियो ? 

➤ सन् २०२६ अगस्त १२ 

  • युकेबाट खण्डग्रास अर्थात् आंशिक सूर्यग्रहण मात्र देखियो भने ग्रिनल्यान्ड, आइसल्यान्ड र स्पेनका केही भागमा खग्रास अर्थात् पूर्ण सूर्यग्रहण लाग्यो । 
  • खग्रास सूर्यग्रहण रुसस्थित साइबेरियाको उत्तरी छेउबाट देखिन सुरु भएको थियो ।
  • स्पेनमा खग्रास सूर्यग्रहणको पथ (निश्चित सहर वा क्षेत्र, जहाँबाट पूर्ण (खग्रास) सूर्यग्रहण देखिन्छ) मा रहेका मानिसले चन्द्रमाको पछाडिबाट सूर्यको रातो चमकसमेत हेर्ने अवसर पाए । 

८.  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १७ औँ युरोप क्षेत्रीय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ? 

➤ सन् २०२६ अगस्त १०-११, डब्लिन, आयरल्यान्ड

  • नारा:  पहिचानमा एकता, लगानीमा अग्रसरता र समृद्धिप्रति प्रतिबद्धता । सम्मेलनले १५ बुँदे डब्लिन घोषणापत्र२०२६ जारी गरेको ।

 

९. मोडल हन्ट नेपाल २०२६ को पुरुष र महिलातर्फको शीर्ष उपाधि जित्ने प्रतिभा को को हुन् ? 

➤ पुरुषतर्फ: परन्तप भण्डारी र महिलातर्फ: लिजा श्रेष्ठ 

  • दुवै विजेताले नगद पाँच लाख बराबरको पुरस्कारसहित आगामी डिसेम्बरमा कम्बोडियामा हुने ‘मिस एन्ड मिस्टर सेलिब्रेटी इन्टरनेसनल’ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका ।
  • दरबारमार्गस्थित होटेल याक एन्ड यतीमा आयोजित यस प्रतियोगिताको यो १० औँ सिजन हो ।

मोडल हन्ट नेपाल' को उपाधि परन्तप र लिजालाई | Nepal's first 24-hour updated  news portal - Ratopati

१०. सुनसरी र सिराहामा भएका प्रदर्शनका क्रममा ज्यान गुमाएका चार जनालाई सरकारले कहिले सहिद घोषणा गरेको हो ? 

➤ वि.सं. २०८३ साउन २६

  • सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादवलाई सहिद घोषणा गरिएको ।

 

११. सिरियाली अदालतले १४ वर्ष चलेको गृहयुद्धका क्रममा मानवताविरुद्धको अपराध र युद्ध अपराधको आरोपमा पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको सजाय कहिले सुनाएको हो ?

➤ सन् २०२६ अगस्त ११

  • अदालतले असदका भाइ माहेर अल असदसहित अन्य छ पूर्वसैन्य तथा सुरक्षा अधिकारीलाई पनि मृत्युदण्डको सजाय सुनाएको ।
  • पूर्वराष्ट्रपति असद र उनका भाइ हाल रुसमा निर्वासित जीवन बिताइरहेका छन् । 
  • असद डिसेम्बर २०२४ मा विद्रोहीले सुरु गरेको तीव्र सैन्य अभियानका क्रममा अपदस्थ भएपश्चात् मस्को  भागेका थिए ।

Syrian President Bashar al-Assad Criticizes U.S. over ISIS

१२. चीनका पूर्वप्रधानमन्त्री झु रोङ्जीको निधन कहिले  भएको हो ?

➤ सन् २०२६ अगस्त १२ (९७ वर्षको उमेरमा)

  • सन् १९९१ देखि १९९८ सम्म उपप्रधानमन्त्री र त्यसपछि सन् २००३ सम्म प्रधानमन्त्री बनेका झुले चीनको आर्थिक र राजनीतिक परिवर्तनको महìवपूर्ण समयको नेतृत्व गरेका थिए । 
  • उनको कार्यकालमा चीनले नियोजित अर्थतन्त्रबाट समाजवादी बजार अर्थतन्त्रतर्फको यात्रा तीव्र  बनाएको थियो ।

चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको ९७ वर्षको उमेरमा निधन | Nepal's first  24-hour updated news portal - Ratopati

१३. काठमाडौँ विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गरियो ? 

➤ प्राध्यापक डा. विवेक बराल

  • नियुक्ति:  वि.सं. २०८३ साउन २९ 
  • प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाह (बालेन) द्वारा बराललाई सो पदमा नियुक्त गरिएको ।  

काठमाडौं विश्वविद्यालयको उपकुलपति सिफारिसमा पहिलो नम्बरमा परेका विवेक  बरालमाथि उठेका प्रश्न :: सुदीप श्रेष्ठ :: Setopati

१४.  नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन कहिले भएको हो ?

➤ वि.सं. २०८३ साउन ३१ गते 

  • उहाँले २०६० सालमा नेपाल भाषा परिषद्द्वारा ‘जनकवि’ को उपाधि हासिल गर्नुभएको थियो । 

१५.  टिभी रियालिटी सो ‘भ्वाइस अफ किड्स’ सिजन ५ को उपाधि जित्ने प्रतिभा को हुन् ? 

➤ सुवासना खड्का

  • ग्रान्ड फिनाले:  वि.सं. २०८३ साउन ३० 
  • पुरस्कार राशि:  १० लाख रुपियाँ नगद
  • हालसम्मका विजेता 
  • सिजन ५: सुवासना खड्का
  • सिजन ४:  सोनाली राजभण्डारी
  • सिजन ३:  अनुह्या तामाङ
  • सिजन २: स्पन्दन सुब्बा
  • सिजन १:  जेनिश उप्रेती

भ्वाइस किड्स' सिजन ५ को उपाधि सुवासना खड्कालाई – Online Khabar

१६. सरकारले सूचना प्रविधि विभागलाई कुन कार्यालयका रूपमा रूपान्तरण गरेको छ ? 

➤ सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय

  • वि.सं. २०८३ भदौ १ देखि कार्यालयले नयाँ संरचना अनुसार कार्य प्रारम्भ गरेको । 

 

१७. ‘राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार २०८३’ कसलाई प्रदान गरियो ?

➤ सीमाविद् बुद्धिनारायण श्रेष्ठ 

  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यस वर्षको पुरस्कार देशको सिमानाका विषयमा निरन्तर उल्लेखनीय योगदान पुर्याउदै आएका सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई  प्रदान गरिएको । 
  • पुरस्कार:  रु. १,०१,१११÷ नगद तथा सम्मानपत्र । 

सीमाविद् श्रेष्ठ 'राष्ट्रिय विभूति भीमसेन थापा पुरस्कार' बाट सम्मानित |  Hamro Patro

१८.  एकदिवसीय (ओडिआई) क्रिकेटको इतिहासमा सबैभन्दा कम खेलमा १५० विकेट पूरा गरी विश्व कीर्तिमान कायम गर्न सफल खेलाडी को हुन् ?

➤ सन्दीप लामिछाने (सन् २०२६ मे)

  • त्रिवि क्रिकेट मैदानमा वि.सं. २०८३ जेठ ३ गते आइसिसी विश्वकप लिग२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा १५० विकेटको आँकडा पार गर्दै उनले सो रेकर्ड  कायम गरेका । 
  • नेपाली लेग स्पिनर सन्दीप लामिछानेले जम्मा ७३ खेलमा १५० ओडिआई विकेट पूरा गर्दै अस्ट्रेलियाका मिचेल स्टार्कको (७७ खेलको) नौ वर्ष पुरानो कीर्तिमान तोडेका।
  • उनले यसअघि ४२ खेलमै १०० विकेट लिएर रसिद खानको रेकर्डसमेत तोडेका थिए ।

 

१९. अन्तर्राष्ट्रिय युवा दिवस कहिले मनाउने गरिन्छ ? 

➤ अगस्त १२ (प्रत्येक वर्ष)

  • सन् २०२६ को नारा:  ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ 
  • सन् २००० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाउँदै आइएको ।

२०. नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) द्वारा प्रदान गरिएको राष्ट्रिय पत्रकारिता सम्मान, २०८३ बाट सम्मानित हुने व्यक्तित्व को को हुनुहुन्छ ?

➤ वरिष्ठ पत्रकारद्वय डण्ड गुरुङ (सिन्धुली) र विमला तुम्खेवा (तेह्रथुम) 

  • फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार:  पत्रकार तीर्थमान बल (काभ्रे), सरिता श्रेष्ठ (धादिङ) र अविनाश 
  • चौधरी (कैलाली) 
  • मातृभाषा पत्रकारिता सम्मान:  लहना (नेपाल भाषाको साप्ताहिक पत्रिका)

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 75
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 53
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 97
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 169
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA