Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ साउन २०८३, बुधबार)

  • Ajnabee Khadka
  • July 29, 2026
  • 225

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१३ साउन २०८३, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (13 Shrawan 2083, Wednesday)

१. नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ को औपचारिक उद्घाटन कहिले सम्पन्न भएको हो ?

➤ वि.सं. २०८३ साउन ११ गते

  • मुख्य सुरुङको लम्बाइ : २.६८८ किमी
  • आपत्कालीन सुरुङको लम्बाइ : २,५५७ मिटर
  • कुल लागत : करिब रु. २५ अर्ब (निर्माणमा १७ अर्ब, मूल्यवृद्धि हुँदा दुई अर्ब, जग्गा मुअब्जा छ अर्ब) 
  • जोड्ने स्थान : काठमाडौँ (नागढुङ्गा)धादिङ (सिस्नेखोला) ।
  • आर्थिक सहयोग : जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को १९ अर्ब ।
  • निर्माण गर्ने कम्पनी : जापानी कम्पनी हाज्मा एन्दो कर्पोरेसन
  • आयोजनाको शिलान्यास : वि.सं. २०७६ कात्तिक ४
  • ठेक्का सम्झौता : वि.सं. २०७६ कात्तिक २८
  • मुख्य सुरुङ ‘ब्रेकथ्रु’ : वि.सं. २०८१ वैशाख ३
  • राजपत्रमा दस्तुर प्रकाशित : वि.सं. २०८२ चैत २६
  • सञ्चालन/व्यवस्थापन : युसिनएआरटी जेभी 
  • सुरुङमार्गको उद्घाटन : पूर्वाधार विकासमन्त्री सुनील लम्साल, सचिव गोपालप्रसाद सिग्देल, जाइकाका केन्द्रीय अध्यक्ष डा. नाताका अकिहितो र नेपालका लागि जापानी राजदूत माइदा तोरुको उपस्थितिमा निर्माणमा संलग्न ६३ वर्षीय श्रमिक पूर्ण जोशीद्वारा रिबन काटेर गरिएको ।
  • सुरुङमार्ग सञ्चालनमा आएसँगै हालको नागढुङ्गा सडकखण्डमा हुने जाम, उकालो र घुमाउरो बाटो छल्न सकिने भएको छ, जसले गर्दा यात्राको समय करिब १ घण्टा बचत हुने अपेक्षा गरिएको ।
  • नोट : नेपालको पहिलो ऐतिहासिक सुरुङमार्ग चुरियामाई सुरुङमार्ग हो, जसको निर्माण वि.सं. १९७४ मा भएको थियो ।

२. विश्वप्रसिद्ध ‘रोब रिपोर्ट’ का अनुसार ५० गे्रटेस्ट लक्जरी होटल्स अन अर्थ २०२६ को सूचीमा विश्वकै पहिलो स्थानमा पर्न सफल नेपालको होटेल कुन हो ?

➤ शिन्ता मणि मुस्ताङ 

  •   यस उपलब्धिले नेपाललाई साहसिक पर्यटनका साथै विश्वस्तरीय ‘लक्जरी पर्यटन गन्तव्य’ का रूपमा समेत स्थापित गरेको ।
  •   शेर्पा हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित यस होटेललाई २४ जना अन्तर्राष्ट्रिय लक्जरी ट्राभल विशेषज्ञको मूल्याङ्कनका आधारमा यो सम्मान प्रदान गरिएको ।
  •   यस सफलताले नेपालको अन्तर्राष्ट्रिय छवि सुदृढ हुने र विश्वका धनी तथा प्रिमियम पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको ।

३. गणित क्षेत्रको नोबेल पुरस्कार मानिने प्रतिष्ठित ‘फिल्ड्स मेडल’ प्राप्त गर्ने पहिलो चिनियाँ गणितज्ञ को को हुन् ?

➤ हङ वाङ र यु डेङ

  • चिनियाँ गणितज्ञद्वय हङ वाङ र यु डेङका साथै अमेरिकाका जोन पार्डन र क्यानडाका ज्याकब सिमरम्यानलाई यस वर्षको ‘फिल्ड्स मेडल’ प्रदान गरिएको ।
  • ३५ वर्षीय चिनियाँ गणितज्ञ हङ वाङ यो प्रतिष्ठित मेडल जित्ने विश्वकै तेस्रो महिला गणितज्ञ बनेकी ।
  • एक शताब्दी पुराना जटिल गणितीय समस्या समाधान गरेबापत प्रदान गरिएको यस सम्मानको राशि जनही १५ हजार क्यानेडियन डलर रहेको ।

४. संयुक्त राष्ट्रसंघ (युएनओ) को ८१ औँ महासभाको अध्यक्षमा को निर्वाचित भएका छन् ?

➤ खलिलुर रहमान (बङ्गलादेशका परराष्ट्रमन्त्री)

  • सन् २०२६ जुन २ मा भएको निर्वाचनमा जम्मा १९० मतमध्ये ९९ मत प्राप्त गर्दै रहमान विजयी भएका, उनका प्रतिस्पर्धी साइप्रसका एन्ड्रियास काकुरिसले ९१ मत प्राप्त गरेका थिए ।
  • एसियाप्रशान्त समूहको पालो अन्तर्गत निर्वाचित उनको एकबर्से कार्यकाल सन् २०२६ सेप्टेम्बर ८ बाट सुरु हुने छ । 

तारिक रहमान बने बांग्लादेश के प्रधानमंत्री पर उनके सामने चुनौतियां क्या हैं?

५. अमेरिका र रुसको संयुक्त अन्तरिक्ष टोली २४१ दिन लामो अन्तरिक्ष अभियान पूरा गरी कहिले पृथ्वीमा अवतरण भएका हुन् ? 

➤ सन् २०२६ जुलाई २६

  • ‘सोयुज एमएस२८’ अन्तरिक्ष यानमार्पmत रुसीअमेरिकी अन्तरिक्ष यात्रीहरू आठ महिनाभन्दा बढी समय अन्तरिक्षमा बिताई पृथ्वीमा अवतरण भएका । 
  • अन्तरिक्ष यात्री : क्रिस विलियम्स (अमेरिका), सर्गेइ कुडस्भेर्चकोभ (रुस) र सर्गेइ मिखाएभ (रुस) ।
  • वैज्ञानिक अनुसन्धान र मर्मतसम्भारको काम सकेर तीन सदस्यीय अमेरिकारुस संयुक्त टोली काजकिस्तानको भूमिमा ‘क्याप्सुल प्यारासुट’ को सहायताले सकुशल अवतरण गरेका ।
  • अमेरिका र रुसबिच विद्यमान राजनीतिक तनाव भए पनि यो मिसनले विज्ञान र अन्तरिक्ष अनुसन्धानमा दुई देशको सफल सहकार्यको उत्कृष्ट नमुना प्रस्तुत गरेको ।

अमेरिका–रुसको अन्तरीक्ष टोली २४१ दिनपछि कजाखस्तानमा सुरक्षित अवतरण -  Parliament Update

६. लेबर पार्टीका पूर्वनेता केयर स्टारमरको बहिर्गमनपछि बेलायतको नयाँ प्रधानमन्त्रीका रूपमा कसलाई नियुक्त गरियो ?

➤ एन्डी बर्नह्याम

  • सन् २०२६ जुलाई २० मा नियुक्त । 

बर्नह्यामको जितले स्टारमरमाथि दबाब

७. अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान कायम गर्न सफल क्रिकेटर को हुन् ? 

➤ वैभव सूर्यवंशी (भारत) 

  • सन् २०२६ जुलाईमा जिम्बाब्वेविरुद्धको टी२० 
  • अन्तर्राष्ट्रिय खेलमा १५ वर्ष ११८ दिनको उमेरमा अर्धशतक प्रहार गर्दै सूर्यवंशीले नयाँ कीर्तिमान बनाएका । 
  • यसअघि यो रेकर्ड नेपालका कुशल मल्लको नाममा थियो । मल्लले सन् २०२० मा अमेरिकाविरुद्धको एकदिवसीय खेलमा १५ वर्ष ३४० दिनको उमेरमा अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान बनाएका थिए ।
  • सूर्यवंशीले कुशल मल्लको छ वर्ष पुरानो रेकर्डलाई करिब सात महिनाको उमेर अन्तरले पछि पारेका ।

Under-19 World Cup 2026 - Vaibhav Sooryvanshi, Ayush Mhatre among players  to watch from Group B | Cricinfo

८. अन्तर्राष्ट्रिय प्रतिष्ठित युरो मनी अवार्ड्स फर एक्सिलेन्स, २०२६ अन्तर्गत तीन विधामा सम्मानित हुन सफल नेपाली बैङ्क कुन हो ? 

➤ नबिल बैङ्क लि.

  • बैङ्कले ‘नेपाल बेस्ट बैङ्क’, ‘नेपाल बेस्ट बैङ्क फर इएसजी’ र ‘नेपाल बेस्ट बैङ्क फर एसएमई’ उपाधि प्राप्त गरेको ।

 

९. ‘हजारौँ माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ’ भन्ने विचारक को हुन् ?    

➤ लाओ त्सु 

 

१०. सौर्यमण्डल अन्तर्गत बुध ग्रहमा रहेको एउटा क्रेटर (खाडल) लाई कुन नेपाली स्रष्टाको सम्मानमा ‘सापकोटा क्रेटर’ नामकरण गरिएको छ ?

➤ कवि महानन्द सापकोटा 

  • बुध ग्रहको उत्तरी ध्रुवनजिक अवस्थित । 
  • सन् २०१५ मा आइएयुद्वारा आधिकारिक नामकरण । 

 

११. नेपाल-भारत पारवहन सम्झौता अन्तर्गत तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ बोकेर भारतको कोलकाता बन्दरगाहबाट पहिलो पटक कार्गो रेल विराटनगर कस्टम यार्ड कहिले आइपुगेको हो? 

➤ वि.सं. २०८३ साउन ४ (साउन १ मा कोलकाताबाट छुटेको)

  • नेपालभारत पारवहन सन्धि अन्तर्गत तेस्रो मुलुकबाट हुने आयातलाई सहज बनाउने उद्देश्यका साथ कोलकातादेखि विराटनगरसम्मको पहिलो रेल कार्गो सेवा साउन १ देखि औपचारिक रूपमा सञ्चालनमा आएको । 
  • पछिल्लो नीतिगत समन्वयपछि कोलकाताबाट विराटनगरसम्म नियमित रूपमा मालसामान ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएको ।

कोलकाताबाट औद्योगिक कच्चा पदार्थ बोकेको रेल विराटनगर आइपुग्याे - मुलुकी खबर

१२. मनोरम ‘ढुम्बा ताल’ कहाँ छ ? 

➤ घरपझोङ, मुस्ताङ 

  • करिब तीन हजार मिटरको उचाइमा अवस्थित । 
  • मुटु आकारको निलो सुन्दर ताल । 
  • लम्बाइ : १६० मिटर, चौडाइ : १३० मिटर र गहिराइ : १० मिटर रहेको । 

 

१३. १५ औँ साफ च्याम्पियनसिप पुरुष प्रतियोगिता कहिले आयोजना हुने भएको छ ? 

➤ सन् २०२६ नोभेम्बर ४-१७, बङ्गलादेश 

  • पहिलो साफ च्याम्पियनसिप सन् १९९३ मा पाकिस्तानमा भएको थियो । 

 

१४. नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधन कहिले भएको हो ? 

➤ वि.सं. २०८३ साउन १ (८७ वर्षको उमेरमा)

 

१५. नेपाल सरकार, मन्त्रीपरिषद्द्वारा राष्ट्रिय सदाचार नीति, २०८३ कहिले स्वीकृत गरिएको हो ?   

➤ वि.सं. २०८३ असार १८

 

१६. छिन्नलता गीत पुरस्कार गुठीद्वारा छिन्नलता गीत विशेष सम्मान, २०८२ बाट कसलाई सम्मान गरियो ? 

➤ वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ (पुरस्कार राशि : रु. एक लाख)

  • गीत रचनातर्फ : वरिष्ठ गीतकार डा. नवराज लम्साल (पुरस्कार राशि : रु. एक लाख)
  • सङ्गीत सिर्जनातर्फ : सङ्गीतकार किरण कँडेल (पुरस्कार राशि : रु. एक लाख)
  • गायनतर्फ : गायिका विमला राई (पुरस्कार राशि : रु. एक लाख)
  • युवा प्रतिभा पुरस्कार : गायिका सारिका घिमिरे (पुरस्कार राशि : रु. ५० हजार)

 

१७. स्पेनमा करिब १५० वर्षपछि शासन गर्ने रानी बन्ने तयारीमा रहेकी उत्तराधिकारी को हुन् ?

➤ राजकुमारी लियोनोर (सन् २०२६)

  • २० वर्षीय राजकुमारी लियोनोरले तीनबर्से सैन्य (सेना, नौसेना र वायु तथा अन्तरिक्ष) प्रशिक्षण पूरा गरी आफ्ना पिता राजा फेलिपे छैटौँबाट ‘ग्रान्ड क्रस अफ एरोनोटिकल मेरिट’ सम्मान प्राप्त गरेकी ।
  • करिब चार सय मिटर उचाइबाट दिन र रातको समयमा सफलतापूर्वक प्यारासुट जम्प पूरा गर्दै उनी स्पेनी राजपरिवारको इतिहासमा पहिलो आधिकारिक 
  • ‘प्याराट्रुपर’ सदस्य बनेकी ।

150 साल बाद स्पेन को मिलने जा रही पहली रानी, 20 वर्षीय प्रिंसेस लियोनोर  रचेंगी इतिहास - princess leonor 20 year old girl to become spain first  queen after 150 years create history know ...

१८. बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहबुद्दीनले स्वास्थ्यका कारण देखाउँदै आफ्नो कार्यकाल सकिनु दुई वर्षअगावै पदबाट राजीनामा कहिले दिएका हुन् ? 

➤ सन् २०२६ जुलाई २४

  • राजीनामासँगै रिक्त भएको राष्ट्रपतिको पदपूर्ति गर्न बङ्गलादेशको संसद्ले आगामी ९० दिनभित्र नयाँ राष्ट्रपतिको निर्वाचन सम्पन्न गर्नुपर्ने छ ।

 

१९. भारतमा बहुचर्चित ‘निट’ मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणसँगै चर्किएको एक महिनाभन्दा लामो आन्दोलन शिक्षामन्त्रीको राजीनामासँगै आन्दोलनरत कक्रोच जनता पार्टी र सरकारबिच कुन मितिमा सहमति भएको हो ?

➤ सन् २०२६ जुलाई २५ 

  • परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा विद्यार्थी र युवाको आन्दोलन चर्किएपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधान राजीनामा दिन बाध्य भएका ।
  • सरकार र आन्दोलनरत पक्षबिच तीन चरणको वार्तापछि २५ जुलाई २०२६ मा सहमति भएको । उक्त सहमतिमा आन्दोलनकारीमाथिका सबै एफआइआर फिर्ता लिने र आत्महत्या गरेका विद्यार्थीका सन्दर्भमा उठाइएका माग सम्बोधन गर्ने निर्णय भएको ।
  • ‘कक्रोच जनता पार्टी’ नामक युवा अभियानले दिल्लीको जन्तरमन्तरबाट सुरु गरेको आन्दोलनले राष्ट्रिय रूप लिँदै सरकारलाई सम्झौता गर्न बाध्य बनाएको ।

प्रश्नपत्र चुहावटविरुद्ध भारतमा चर्कियो 'कक्रोच' आन्दोलन « Clickmandu

२०. नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बङ्गलादेशमा विद्युत् निर्यात गरी कुल कति रुपियाँ आम्दानी गर्न सफल भएको छ ?

➤ रु. २९ अर्ब ३२ करोड ४७ लाख 

  • प्राधिकरणका अनुसार नेपालले विद्युत् खरिदमा भन्दा बिक्रीमा बढी रकम आर्जन गर्दै एकै वर्षमा १८ अर्ब ७६ करोड ४८ लाख रुपियाँको खुद व्यापार बचत गरेको । यो अघिल्लो वर्षको (चार अर्ब ५३ करोड) तुलनामा चार गुणाभन्दा बढी हो ।
  • भारतीय बजार र पहिलो पटक बङ्गलादेशसम्म गरी नेपालले औसत सात रुपियाँ ५६ पैसा प्रतियुनिटका दरले तीन अर्ब ८७ करोड युनिटभन्दा बढी बिजुली बिक्री गरेको, जसले गर्दा अघिल्लो वर्षभन्दा निर्यात आम्दानी करिब ६८ प्रतिशतले बढेको ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 73
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 50
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 96
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 168
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA