Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (११ चैत २०८२, बुधबार)

  • Ajnabee Khadka
  • March 25, 2026
  • 422

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (११ चैत २०८२, बुधबार)

Public Service Preparation Special: Objective Questions and Answers (11 Chaitra 2082, Wednesday)

१. ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ द्वारा सार्वजनिक (सन् २०२६ मार्च) प्रतिवेदन अनुसार आतङ्कवादी गतिविधि हुने देशहरूको सूचीमा नेपाल कति औँ स्थानमा रहेको छ ? 

➤ ८९ औँ 

  • सन् २०२५ को प्रतिवेदनमा नेपाल ६८ औँ स्थानमा रहेको थियो । यसले नेपालमा सुरक्षा स्थिति बलियो बनेको र आतङ्कवादी गतिविधिमा कमी आएको सङ्केत गर्छ ।
  • १६३ देश समेटिएको यस सूचीमा आतङ्कवादबाट सबैभन्दा बढी प्रभावित देशको रूपमा पाकिस्तान रहन पुगेको छ ।
  • सार्क राष्ट्रमध्ये भुटान र श्रीलङ्का आतङ्कवादी गतिविधि शून्य रहेका देशको सूचीमा परेका छन् । 

आतङ्कवादी गतिविधिबाट बढी प्रभावित मुलुक :

२. वि.सं. २०८२ फागुन मसान्तसम्म नेपालको कुल सार्वजनिक ऋण कति पुगेको छ ? 

➤ रु. २८ खर्ब ७८ अर्ब २९ करोड

  • आन्तरिक ऋण : रु. १३ खर्ब ४८ अर्ब ११ करोड ५७ लाख (४६.८४ प्रतिशत)
  • बाह्य ऋण : रु. १५ खर्ब ३० अर्ब १८ करोड (५३.१६ प्रतिशत)
  • कुल सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादनको ४७.१३ प्रतिशत रहेको छ ।

 

३. अर्जेन्टिना विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट औपचारिक रूपमा कहिले बाहिरिएको हो ? 

➤ सन् २०२६ मार्च १७ 

  • संयुक्त राज्य अमेरिकाको पाइला पछ्याउँदै अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने निर्णयलाई अन्तिम रूप दिएको छ । 
  • अर्जेन्टिना बाहिरिएसँगै डब्लुएचओमा १९३ सदस्य राष्ट्र रहेका छन् । 

 

४. चलचित्र क्षेत्रको विश्वकै प्रतिष्ठित ओस्कार अवार्ड २०२६ मा उत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो ? 

➤ वन ब्याटल आफ्टर अनदर 

  • यस संस्करणमा ‘वन ब्याटल आफ्टर अनदर’ ले सबैभन्दा धेरै छ वटा विधामा अवार्ड जित्न सफल भएको छ । 

५. नेपाली पत्रकारिताको ऐतिहासिक विरासत बोकेको गोरखापत्र संस्थानद्वारा पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धिको उद्देश्यसहित ‘गोरखापत्र एकेडेमी’ स्थापना गर्ने निर्णय कहिले भएको हो ?  

➤ वि.सं. २०८२ मङ्सिर १२

  • संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीको नेतृत्वमा एकेडेमीको स्थापना भएको हो । 
  • गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १७ (६) मा तोकिएको सीमाभित्र रहेर पत्रकारिता क्षेत्रका लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक विषयमा अध्ययन अनुसन्धान, तालिम, पुस्तक प्रकाशनलगायतका कार्य सञ्चालनका लागि एकेडेमी स्थापना गरिएको हो । 
  • एकेडेमीमार्फत पत्रकारिताको विस्तारित आयाममा समग्र सञ्चारकर्मीको क्षमता विस्तार, पत्रकारिता, पाठ्यक्रममा आधारित तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन 
  • गरिने छ ।
  • एकेडेमी सञ्चालन गर्नका लागि संस्थानका अध्यक्ष तथा महाप्रबन्धक संरक्षक रहने गरी एक कार्यदल गठन हुने व्यवस्था गरिएको छ । 
  • एकेडेमीले ‘गोरखापत्र डिस्कोर्स’ जस्ता राष्ट्रियस्तरका बहस र अनुसन्धानकर्ताका लागि ‘शोधवृत्ति’ जस्ता महत्वपूर्ण कार्यहरूको समेत थालनी गरिसकेको छ ।

 

६. विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्ड, २०८२ बाट सम्मानित हुने कलाकार को हुन् ? 

➤ सङ्गीतकार शम्भुजित बाँस्कोटा (पुरस्कार : रु. एक लाख नगद र सम्मानपत्र) 

  • विन्ध्यवासिनी सङ्गीत साधना सम्मान : गीतकार विजय शिवाकोटी (पुरस्कार : रु. ५० हजार नगद र सम्मानपत्र)
  • विन्ध्यवासिनी कला पत्रकारिता सम्मान : पत्रकार पवन आचार्य (पुरस्कार : रु. २५ हजार नगद र सम्मानपत्र)
  • प्रेमध्वज सङ्गीत रत्न सम्मान : गायिका रचना रिमाल (पुरस्कार : रु. २५ हजार नगद र सम्मानपत्र)
  • झलकमान लोकसङ्गीत सम्मान : लोकदोहोरी 
  • गायक पशुपति शर्मा (पुरस्कार : रु. २५ हजार नगद र सम्मानपत्र)

विन्ध्यवासिनी सम्मानको घोषणा लाइफटाइम अचिभमेन्ट अवार्ड शम्भुजीतलाई « News  of Nepal

७. विश्व जल तथा मौसम दिवस कहिले मनाइन्छ ? 

➤ मार्च २३ 

  • सन् २०२६ को नारा : आजको अवलोकन, भोलिको सुरक्षा ।  
  • सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठनको स्थापना भएको दिनको सम्झनामा सन् १९६१ देखि यो दिवस मनाउन थालिएको हो ।

 

८. विश्व पानी दिवस कहिले मनाइन्छ ? 

➤ मार्च २२

  • सन् २०२६ को नारा : हिमनदी संरक्षण । 
  • संयुक्त राष्ट्रसङ्घका अनुसार ४० देखि ६० प्रतिशत पानी चुहावट र दुरुपयोग हुने गरेको छ । विश्वभर रहेका सात अर्बभन्दा बढी मानिस २५ लिटरका दरले मात्रै पानी उपलब्ध गराउने हो भने एक खर्ब ७५ अर्ब लिटर पानी आपूर्ति गर्नुपर्ने हुन्छ ।
  • संसारभर उपलब्ध पानीमध्ये २.५ प्रतिशत मात्र पिउनयोग्य रहेको छ । मूल, खोला, नदी, हिमनदीबाट उपलब्ध हुने पानी नै मानवीय प्रयोगका लागि उपयुक्त हुन्छ ।
  • संसारभर कुल ९७.५ प्रतिशत पानी समुद्रको रहेको छ । त्यो पानी नुनिलो भएकाले पिउन, सिँचाइ र विद्युत् उत्पादनका लागि समेत प्रयोग गर्न मिल्दैन । 

 

९. २१ औँ नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप २०२६ अन्तर्गत एक्युरेसी पुरुषमा प्रथम हुन सफल पाइलट को हुन् ? 

➤ अक्षय कुमार (भारत)

  • एक्युरेसी महिला : कोङ झ्याङ यान (चीन), द्वितीय : दुर्गामाया गुरुङ (नेपाल)
  • टिम : फ्लाई भारकला (भारत)
  • खेल आयोजना : सन् २०२६ मार्च
  • च्याम्पियनसिपमा नेपालसहित नौ देशका ५२ पुरुष र ११ महिला गरी ६३ जना पाइलटले प्रतिस्पर्धा गरेका ।
  • विजेतामध्ये पुरुषतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः एक लाख ५० हजार, एक लाख र ५० हजार नगद पाउँदा महिलातर्फ र टिमतर्फका विजेताले ७५, दोस्राले ५० र तेस्रोले २५ हजार नगद पाएका छन् ।

खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिपको २१ औँ संस्करण शुरु

१०. विश्व खुसी सूचकाङ्क २०२६ मा नेपाल कति औँ स्थानमा रहेको छ ? 

➤ ९९ औँ (स्कोर : ५.१४७) 

  • सार्क राष्ट्रमा नेपाल अग्र स्थानमा रहेको छ । 
  • १४७ राष्ट्रमा गरिएको अध्ययन प्रतिवेदन अनुसार विश्वको सबैभन्दा खुसी राष्ट्रमा फिनल्यान्ड पर्न सफल भएको छ । 
  • यस सूचीको अन्तिममा अफगानिस्तान रहेको छ । 

११. नइ कपिल प्रज्ञा पुरस्कार २०८२ बाट सम्मानित हुनेस्रष्टा को हुन् ? 

➤ अम्बिका अर्याल र त्रिभुवन बरई

 

१२. ‘डिलर अफ दी इयरसाउथ एसिया रिजन,’ २०२६ अवार्डबाट सम्मानित हुने कम्पनी कुन हो ? 

➤ एमएडब्लु अर्थ मुभर्स प्रालि

  • कम्पनीले लगातार चौथो वर्ष यो अवार्ड प्राप्त गर्न सफल भएको हो । 
  • सो अवार्ड फेब्रुअरी १८ मा श्रीलङ्कामा आयोजित वार्षिक जेसिबी डिलर सम्मेलनमा प्रदान गरिएको थियो ।

 

१३. विश्व क्षयरोग दिवस कहिले मनाइन्छ ? 

➤ मार्च २४ 

  • सन् २०२६ को नारा : यस ! वि क्यान इन्ड टिबी ! लेड बाइ कन्ट्रिज । पावर्ड बाइ पिपल । 
  • राष्ट्रिय नारा : हो ! हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो योगदान । 

 

१४. राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल कति प्रजातिका जीवजन्तु रहेका छन् ?  

➤ ११२ प्रजाति 

  • हाल (२०८२ फागुन) सो चिडियाखानामा ११२ प्रजातिका १,२७३ जीवजन्तु रहेका छन् । 
  • सदर चिडियाखाना वि.सं. १९८९ मा तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेर राणाद्वारा स्थापना गरिएको हो । 

 

१५. स्वास्थ्य बिमा बोर्डद्वारा राष्ट्रिय परिचयपत्र प्रणालीसँग सहकार्य गरी स्वास्थ्य बिमालाई एनआइडी नम्बरमा आधारित बनाउनेसम्बन्धी समझदारीपत्रमा कहिले हस्ताक्षर भएको हो ? 

➤ वि.सं. २०८२ चैत्र २ 

  • स्वास्थ्य बिमा दर्ता र नवीकरण प्रक्रिया अनलाइनमार्फत चैत २५ भित्र सुरु गर्ने जनाइएको छ । 
  • एनआइडी प्रणालीसँग जोडिएपछि डाटा प्रमाणीकरण सहज हुने, दोहोरो दर्ता कम हुने र कार्डको दुरुपयोग घट्ने अपेक्षा गरिएको छ ।

 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 75
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 73
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 92
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 62
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 180
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA