Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१८ चैत २०८२, बुधबार)

  • Ajnabee Khadka
  • April 01, 2026
  • 715

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१८ चैत २०८२, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (18 Chaitra 2082, Wednesday)

१. राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ तथा संसदीय दलका नेता बालेन्द्र शाहको प्रधानमन्त्रित्वमा नयाँ सरकारको गठन कहिले भएको हो ? 

➤ वि.सं. २०८२ चैत १३ 

  • प्रधानमन्त्री नियुक्त : वि.सं. २०८२ चैत १३
  • नेपालको संविधान (२०७२) जारी भएपश्चात् पहिलो पटक धारा ७६ (१) अनुसार प्रधानमन्त्री बन्ने उहाँ पहिलो व्यक्तित्व हुनुहुन्छ । 
  • नयाँ मन्त्रीपरिषद् (चैत १३ मा गठित)

  • नेपालको पहिलो प्रधानमन्त्री : भीमसेन थापा 
  • नेपालको पहिलो महिला प्रधानमन्त्री : सुशीला कार्की 

 

२.  वासु शशी साहित्य पुरस्कार, २०८२ कसलाई प्रदान गरियो ? 

➤ साहित्यकार वसन्त चौधरी 

 

३. मानवनिर्मित रोबोट ‘अप्टिमस’ सहित मङ्गल ग्रहमा प्रक्षेपण गर्न लागिएको विश्वकै शक्तिशाली रकेट कुन हो ? 

➤ स्टारसिप

  • स्पेसएक्सले मानवनिर्मित रोबोट ‘अप्टिमस’लाई आफ्नो शक्तिशाली स्टारसिप रकेटमार्फत यसै वर्षको अन्त्यमा मङ्गल ग्रहमा पठाउने जनाएको छ । 
  • यो प्रक्षेपण र अवतरण सफल भएमा सन् २०२९ देखि २०३१ सम्ममा मङ्गल ग्रहमा मानिस पठाउने एलन मस्कको योजना रहेको छ ।

 

४. मानिसको दिमागमा कम्प्युटर चिप राख्न व्यावसायिक स्वीकृति दिने विश्वको पहिलो मुलुक कुन हो ? 

➤ चीन (सन् २०२६ मार्च) 

  • चीन ‘इन्भेसिभ’ ब्रेनकम्प्युटर इन्टरफेस (बिसिआई) मेडिकल डिभाइसलाई व्यावसायिक बिक्रीको स्वीकृति दिने विश्वकै पहिलो देश बनेको छ । 
  • चीनको नेसनल मेडिकल प्रोडक्ट्स एडमिनिस्ट्रेसन (एनएमपिए) ले पक्षघात भएका बिरामीहरूको उपचारका लागि यस्तो डिभाइस व्यावसायिक रूपमा प्रयोग गर्ने अनुमति प्रदान गरेको छ ।
  • अनुमति पाउनेमा ‘न्युराकल मेडिकल टेक्नोलोजी’ ले विकास गरेको नियो नामक उपकरण रहेको छ । 
  • ब्रेनकम्प्युटर इन्टरफेस यस्तो प्रविधि हो, जसले मस्तिष्कमा उत्पन्न हुने विद्युतीय सङ्केतलाई वास्तविक समयमा पढेर कम्प्युटर वा मेकानिकल उपकरणहरू नियन्त्रण गर्न सक्छ । यो प्रविधि इन्भेसिभ र नन्इन्भेसिभ गरी दुई प्रकारको हुन्छ । हाल स्वीकृत भएको नियो उपकरण इन्भेसिभ प्रविधि हो । 
  • लामो समयदेखि प्रयोगशालामा सीमित रहेको बिसिआई प्रविधिलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को उदयले व्यावसायिकतातर्फ अघि बढ्न सहयोग पु¥याएको छ । एआईले मस्तिष्कका हजारौँ न्युरोनबाट निस्कने जटिल सङ्केतहरूलाई तत्कालै विश्लेषण गर्न सम्भव बनाइदिएको छ । यस क्षेत्रमा अहिले विश्वभर कडा प्रतिस्पर्धा रहेको छ ।

May be an image of text that says 'सुचना লાএ दर्पण Suchana Darpan Truc rueInformatio tion Truelnfarmaticn-FlightPerspetioe -Right RlightPerspertiom मानिसको दिमागमा चिप रारन्न अनुमती दिने पहिलो देश बन्यो चिन'

५.  नोबेल पुरस्कारबाट सम्मानित हुने संयुक्त राष्ट्रसङ्घका महासचिव को हुन् ? 

➤  कोफी अन्नान र ड्याग ह्यामरसोल्ड 

 

६.  व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो ?

➤  परी (पाइला टेक्नोलोजीले बनाएको र नेपाल एसबिआई बैङ्कमा प्रयोगमा ल्याइएको हो ।)

 

७. दर्जनौँ व्यक्तिको ज्यान जाने गरी कोलम्बियाली वायुसेनाको विमान कहिले दुर्घटनाग्रस्त भएको हो ? 

➤ सन् २०२६ मार्च २४ 

  • विमानमा ११४ जना सैनिक जवान र ११ जना चालक दलका सदस्य रहेको जनाइएको छ ।
  • सो दुर्घटनामा परी ६६ भन्दा बढी व्यक्तिको ज्यान गएको साथै दर्जनौँ व्यक्ति घाइते हुन पुगेका छन् । 

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु,दर्जनाैं घाइते « News of  Nepal

८. नेपालको समावेशी चरित्रलाई आत्मसात् गर्दै गोरखापत्रले विभिन्न मातृभाषामा समाचार र लेख प्रकाशन गर्ने कार्यको सुरुवात कहिलेदेखि गरेको हो ? 

➤ वि.सं. २०६४ असोज १ 

  • यस बहुभाषिक खण्डलाई ‘नयाँ नेपाल’ नामकरण गरिएको छ ।
  • सुरुवातमा सीमित भाषाहरूबाट थालिएको यो अभियान अन्तर्गत हाल थपिँदै गएर ४६ वटा विभिन्न मातृभाषामा सामग्री नियमित रूपमा प्रकाशन हुँदै आएका छन् । एउटै पत्रिकाले यति धेरै भाषामा सामग्री प्रकाशन गर्नु विश्व पत्रकारितामै दुर्लभ मानिन्छ । 

 

९.  राष्ट्रिय विकास परिषद्को अध्यक्ष को हुने प्रावधान छ ?

➤ प्रधानमन्त्री

 

१०. विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो ?

➤  ब्राजिल 

 

११. वि.सं. २०८२ फागुन २१ मा सम्पन्न निर्वाचनपश्चात् नवनिर्वाचित सांसदद्वारा कहिले शपथ ग्रहण गरियो ? 

➤ वि.सं. २०८२ चैत १२

  • प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीद्वारा सपथ लिइएको हो । 
  • शपथ ग्रहण लिने प्रतिनिधि सभा सदस्य : २७४ 
  • सिंहदरबारस्थित सङ्घीय संसद्को निर्माणाधीन बहुउद्देश्यीय सभाकक्षमा शपथ ग्रहण समारोह आयोजना भएको हो ।
  • प्रतिनिधि सभाका ६६ जना सदस्यले १८ वटा अन्य मातृभाषामा शपथ लिनुभएको थियो । 
  • ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले अघिल्लो दिन चैत ११ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिनुभएको थियो ।

नवनिर्वाचित सांसदहरुको शपथ ग्रहण (तस्बिरहरु) – Himalaya Times

१२. राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा कति प्रतिशत क्षय रोगका बिरामी उपचारभन्दा बाहिर रहेको उल्लेख छ ? 

➤ ४२ प्रतिशत

  • राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार हाल नेपालमा प्रति एक लाख जनसङ्ख्यामा २२७ जनामा क्षयरोग हुने गरेको छ । क्षयरोगको सबैभन्दा डरलाग्दो पक्ष भनेको यसका ४२ प्रतिशत बिरामी उपचारभन्दा बाहिर हुनु हो । 
  • समाजमा छरिएर रहेका बिरामी उपचारको पहुँचमा नआउँदा एकले अर्कोलाई सार्ने र क्षयरोग फैलाउने कार्य बढिरहेको केन्द्रका निर्देशक डा. भुवन पौडेलले बताउनुभयो । 
  • नेपालमा सरकार तथा विभिन्न साझेदारी निकायले सन् २०१०, २०१५ र २०१८ मा सर्भिलेन्स सर्भे गरेका थिए तर त्यसयता स्थानीयस्तरसम्म पुगेर सर्भिलेन्स सर्भेसमेत गरिएको छैन । 
  • नेपालले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्य लिएको छ  ।
  • सन् २०२५ को तथ्याङ्क अनुसार नेपालमा सबैभन्दा बढी क्षयरोग सङ्क्रमित मधेश प्रदेश (२५ प्रतिशत) मा रहेका छन् । 
  • क्षयरोग सङ्क्रमणबाट नेपालमा बर्सेनि १६ हजार जनाको ज्यान जाने गरेको छ । 

 

१३.  मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?

➤ फादर विलियम बर्क (कृति : सही शब्द, वि.सं. २०५१)

 

१४.  डब्लृडब्लुएफ को आदर्श वाक्य के हो ?

➤ फर नेचर : फर पिपुल : फर इभर

 

१५. इन्डियन प्रिमियर लिग (आइपिएल) को १९ औँ संस्करण कहिले देखि सुरु भएको हो ? 

➤ सन् २०२६ मार्च २८ 

  • सहभागी टोली : १० (ग्रुप ए : चेन्नई सुपर किङ्स, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बेङ्लुरु, पन्जाब किङ्स; ग्रुप बी : मुम्बई इन्डियन्स, सनराइजर्स हैदराबाद, गुजरात टाइटन्स, देल्ही क्यापिटल्स र लख्नउ सुपर जायन्ट्स) 
  • पहिलो खेल : रोयल च्यालेन्जर्स बेङ्लुरु र सनराइजर्स हैदराबाद । 
  • आइपिएलको सुरुवात : सन् २००८ 
  • १८ औँ संस्करणको विजेता : रोयल च्यालेन्जर्स बेङ्लुरु (उपविजेता : पन्जाब किङ्स)

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १९औँ संस्करण आजदेखि शुरु हुँदै

१६. जी२० शिखर सम्मेलन २०२५ कहाँ सम्पन्न भएको हो ? 

➤ दक्षिण अफ्रिका 

  • मिति : सन् २०२५ नोभेम्बर २२२३ 
  • अफ्रिकामा पहिलो पटक जी२० सम्मेलन आयोजना भएको थियो ।
  • सम्मेलनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बहिष्कार गरेका थिए । 
  • जी२० शिखर सम्मेलनको घोषणापत्र पारित भएको छ । 
  • जलवायु, ऊर्जा, ऋण स्थिरता, खनिज सम्झौतालगायतका विषय घोषणापत्रमा समेटिएका छन् । 
  • घोषणापत्रमा युक्रेन, प्रजातान्त्रिक गणतन्त्र कङ्गो, सुडान र ‘कब्जा गरिएको प्यालेस्टाइन क्षेत्र’ मा ‘न्यायपूर्ण’ शान्तिका लागि संयुक्त आह्वान समावेश छन् । 

 

१७.  बिम्स्टेकमा सदस्य नभएका सार्क राष्ट्र कुन कुन हुन् ?

➤ अफगानिस्तान, पाकिस्तान र माल्दिभ्स 

(सार्क सदस्य नभएका बिम्स्टेक राष्ट्र थाइल्यान्ड र म्यानमार हुन् ।)

 

१८.  नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागु गरिएको हो ?

➤ वि.सं. २०७१ असोज १३

 

१९. ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ द्वारा सार्वजनिक (सन् २०२६ मार्च) प्रतिवेदन अनुसार आतङ्कवादी गतिविधि हुने देशहरूको सूचीको पहिलो स्थानमा रहेको राष्ट्र कुन हो ? 

➤ पाकिस्तान 

  • १६३ देश समेटिएको यस सूचीमा आतङ्कवादबाट सबैभन्दा बढी प्रभावित देशको रूपमा पाकिस्तान रहन पुगेको छ ।
  • यस सूचीमा नेपाल ८९ औँ स्थानमा रहेको छ ।
  • आतङ्कवादी गतिविधिबाट बढी प्रभावित मुलुक 

२०. विश्वव्यापी ऊर्जाको मुख्य मार्ग होर्मुज जलडमरुले कुनकुन खाडी जोड्छ ? 

➤ पर्सियन खाडी र ओमानको खाडी 

  • विश्वको कुल समुद्री तेल व्यापारको करिब २० देखि ३० प्रतिशत हिस्सा यही मार्ग भएर हुने गर्छ । 
  • सबैभन्दा साँघुरो भागमा मात्र ३३ किलोमिटर चौडा रहेको यो मार्ग इरान र ओमानको जल क्षेत्रमा पर्छ । संवेदनशील भूगोल र साँघुरो बाटो भएका कारण यो बारम्बार शक्ति राष्ट्रबिचको तनावको तारो बन्ने गरेको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 171
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 112
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 132
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 142
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 166
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA