लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१२ कात्तिक २०८२, बुधबार)
१. ‘ग्लोबल पिस इन्डेक्स २०२५’ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?
➤ ७६ औँ
- प्रतिवेदन अनुसार सूचीको पहिलो स्थानमा आइसल्यान्ड रहेको । सार्क राष्ट्र भुटान २१ औँ स्थानमा रहन सफल भएको ।

२. विश्वकै सबैभन्दा ठुलो लामखुट्टे कारखाना कहाँ खुलेको छ ?
➤ ब्राजिल (सन् २०२५)
- कारखानामा एडिस एजिप्टाई लामखुट्टेलाई वोल्बाचिया ब्याक्टेरियाबाट सङ्क्रमित गराइन्छ, जसले डेङ्गु भाइरसको विकास रोक्छ र रोग फैलिन दिँदैन ।
- ब्राजिल सन् २०२४ मा सबैभन्दा खराब डेङ्गु प्रकोपबाट प्रभावित बनेपछि यो योजना ल्याएको ।

३. एसियाको सबैभन्दा कान्छो राष्ट्र पूर्वी टिमोर आसियानको ११ औँ सदस्य राष्ट्र कहिले बनेको हो ?
➤ सन् २०२५ अक्टोबर २६
- टिमोर–लेस्टे पनि भनिने पूर्वी टिमोर आसियानको ४७ औँ शिखर सम्मेलनबाट ११ औँ सदस्य बनेको ।
- पूर्वी टिमोर सन् २००२ मे २० मा इन्डोनेसियाको अधिनबाट स्वतन्त्र राष्ट्र बन्न सफल भएको ।
- आसियानको ४७ औँ शिखर सम्मेलन सन् २०२५ अक्टोबर २६–२८ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको ।
- सम्मेलनको नारा : समावेशिता र दिगोपन
- आसियानको १० औँ सदस्य राष्ट्र : कम्बोडिया (सन् १९९९)
४. सरकारद्वारा कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको गुरुयोजना कहिले स्वीकृत गरिएको हो ?
➤ विसं २०८२ असोज ३०
- मन्त्रीपरिषद्को असोज ३० को बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा क्रिकेट मैदानको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको ।
- लागत अनुमान : रु. १० अर्ब

५. अमेरिकी स्टक एक्सजेन्जमा सूचीकृत हुन सफल नेपाली मूलका उद्यमीद्वारा स्थापित प्रविधि कम्पनी कुन हो ?
➤ फ्युजमेसिन्स इन्क, सन् २०२५ अक्टोबर
- एआई क्षेत्रमा काम गरिरहेको कम्पनी फ्युजमसिन्सले अमेरिकाको स्टक एक्सचेन्ज नास्डाकमा सेयर सूचीकृत गरेर कारोबार थालेको ।
- विशेष गरी प्रविधि उद्योगका ठुला कम्पनीको सूचीकरणका लागि प्रसिद्ध नास्डाकमा एप्पल, माइक्रोसफ्ट, गुगल, अमेजन, मेटा जस्ता ठुला टेक कम्पनी सूचीकृत छन् ।
- कम्प्युटर वैज्ञानिक समीर मास्केले सन् २०१३ मा संयुक्त राज्य अमेरिकामा फ्युजमसिन्स इङ्क स्थापना गरेका थिए । हाल यो कम्पनी नेपालसहित क्यानडा, डोमिनिकन रिपब्लिकलगायत विभिन्न देशमा विस्तार भएको छ ।
६. सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ (फाइनान्सियल एक्सन टास्कफोर्स–एफएटीएफ) को मूल्याङ्कन (सन् २०२५ अक्टोबर) अनुसार नेपालको अवस्था के रहेको छ ?
➤ निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा रहेको
- सन् २०२५ अक्टोबर २४ मा सम्पन्न एफएटीएफको चौथो पूर्ण बैठकपछि जारी वक्तव्य अनुसार नेपाल निगरानी सूची अर्थात् ‘ग्रे लिस्ट’ मा नै रहेको जनाइएको ।
७. पर्यटकको आकर्षक गन्तव्य ‘ब्रह्मस्थान’ कहाँ रहेको छ ?
➤ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)
- नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको मध्यविन्दु नगरपालिका–३ स्थित ब्रह्मस्थानबाट सुन्दर नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज तथा सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिने ।
८. ‘बेस्ट क्यासिनो इन साउथ एसिया’ २०२५ अवार्डबाट सम्मानित नेपालको क्यासिनो कुन हो ?
➤ क्यासिनो माजोङ
- सोल्टी होटल परिसरमा रहेको क्यासिनो माजोङले पाँचौँ पटक यो अवार्ड प्राप्त गरेको ।

९. विसं २०८२ को ग्वंगः सिरपाः सम्मान कसलाई प्रदान गरियो ?
➤ साहित्यकारद्वय धु्रव मधिकर्मी र लक्ष्मणप्रसाद गौतम (पुरस्कार राशि : जनही पचास हजार पाँच रुपियाँ)
१०. ‘ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैङ्क अवार्ड’ २०२५ बाट सम्मानित हुन सफल नेपाली बैङ्क कुन हो ?
➤ ग्लोबल आइएमई बैङ्क लि.
– यो अवार्डसँगै ग्लोबल आइएमई बैङ्क लगातार दुई वर्ष ‘ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैङ्क अवार्ड’ बाट सम्मानित भएको ।
११. हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा बढी शान्ति सैनिक पठाउने देश कुन हो ?
➤ नेपाल, सन् २०२५
- सन् २०२५ अक्टोबरसम्म विभिन्न शान्ति मिसनमा ५३८ महिला सुरक्षाकर्मीसहित ५,८१९ नेपाली शान्ति सेनामा परिचालित रहेका ।

१२. जेनजी आन्दोलनको परिणाम स्वरूप हालै सत्ता परिवर्तन हुन पुगेको अफ्रिकी मुलुक कुन हो ?
➤ माडागास्कर
- माडागास्करमा सन् २०२५ सेप्टेम्बर २५ देखि जेनजी आन्दोलन सुरु भएको थियो । जेनजी आन्दोलनपछि त्यहाँ एलिट युनिट क्यापसाटले राष्ट्रपति एन्ड्री रजोएलिनालाई पदच्युत गर्दै सत्ता कब्जा गरेको । क्यापसाट माडागास्करको सेनाको एउटा विशेष फौजी एकाइ हो ।
१३. नेपाली राष्ट्रिय क्रिकेट टोली तेस्रो पटक टी–२० विश्वकपका लागि कहिले छनोट भएको हो ?
➤ सन् २०२५ अक्टोबर १५
- सन् २०२६ मा छिमेकी राष्ट्र भारत र श्रीलङ्कामा आयोजना हुने आइसिसी टी–२० मेन्स विश्वकपका लागि छनोट हुन सफल भएको ।
- नेपालले ओमानमा भएको छनोट खेलमा यो सफलता हात पारेको ।
- सन् २०१४ : पहिलो पटक टी–२० विश्वकपमा सहभागी
- सन् २०२४ : दोस्रो पटक टी–२० विश्वकपमा सहभागी
- सन् २०२५ : तेस्रो पटक टी–२० विश्वकपमा छनोट

१४. अर्थ मन्त्रालयद्वारा प्रकाशित प्रतिवेदन अनुसार हाल मुलुकको अर्थतन्त्रको आकार कति रहेको छ ?
➤ रु. ६१ खर्ब ७ अर्व २२ करोड
- ४.६१ प्रतिशतले आर्थिक वृद्धिदर हुँदा अर्थतन्त्रको आकार रु. ६१ खर्ब ७ अर्ब २२ करोड पुगेको मन्त्रालयले जनाएको ।
१५. जेनजी आन्दोलनपश्चात् पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन कहिले भएको हो ?
➤ विसं २०८२ भदौ २७
- प्रधानमन्त्री नियुक्त : विसं २०८२ भदौ २७
- मन्त्रीपरिषद् विस्तार :
- पहिलो पटक : विसं २०८२ भदौ ३०
- दोस्रो पटक : विसं २०८२ असोज ६
- तेस्रो पटक : विसं २०८२ कार्तिक ९
वर्तमान मन्त्रीपरिषद्

१६. दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने ग्यास रहेको रिपोर्ट आएको छ ?
➤ ५० वर्ष
- विसं २०८० वैशाखबाट सुरु भएको अनुसन्धानको प्रारम्भिक नतिजा विसं २०८२ असारमा आएको ।
१७. नेपालमा सबैभन्दा अग्लो हाइलाइनको अभ्यास कहाँ गरियो ?
➤ पर्वतको कुस्मा र बागलुङको बलेवा बिचमा रहेको कालीगण्डकी खोँच
- बन्जीलगायत एड्भेन्चर हबका रूपमा परिचित ‘दी क्लिफ’ मा पहिलो पटक हाइलाइन अभ्यास गरिएको ।
- विसं २०८२ असोज २९ देखि सुरु भएको हाइलाइन कार्यक्रम कात्तिक १ गतेसम्म सञ्चालन भएको ।
- नेपाल स्ल्याकलाइन कम्युनिटी र लोकप्रिय एड्भेन्चर हब ‘दी क्लिफ’ को सहकार्यमा यो हाइलाइन आयोजना गरिएको ।
- नेपालमा पहिलो पटक यति उचाइमा हाइलाइन गरिएको । यसले साहसिक पर्यटनमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको । उचाइ, जोखिम र कौशलका कारण यो खेल अत्यन्त चुनौतीपूर्ण मानिन्छ ।

१८. आइसिसी पुरुष टी–२० विश्वकप अन्तर्गत एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको उपाधि कसले जित्यो ?
➤ नेपाल
- सन् २०२५ अक्टोबरमा ओमानको अल अमेरात क्रिकेट मैदानमा सहभागी नौ टोलीमा नेपालले सुपर सिक्समा सर्वाधिक १० अङ्क जोड्दै सो उपाधि जितेको ।
- यससँगै नेपाल सात वर्षपछि आइसिसीको उपाधि जित्न सफल भएको । नेपालले यसअघि सन् २०१८ अक्टोबरमा पछिल्लो पटक आइसिसीको उपाधि जितेको थियो ।
१९. हुम्ला जिल्लामा निर्माण गर्न थालिएको हुम्ला कर्णाली दोस्रो जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
➤ ३३५ मेगावाट
- हुम्लाको खार्पुनाथ गाउँपालिका र सर्केगाड गाउँपालिकामा अवस्थित आयोजनाको प्रतिमेगावाट अनुमानित लागत रु. २१ करोड ७६ लाख रहेको ।
- आयोजनाको कुल लागत अनुमान रु. ७२ अर्ब ९० करोड ८० लाख रहेको ।
प्रस्तुतकर्ता : टङ्क केसी