Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (२१ असोज २०८३, बुधबार)

  • Ajnabee Khadka
  • October 07, 2026
  • 417

लोक सेवा तयारी सामग्री : वस्तुगत प्रश्नोत्तर (२१ असोज २०८३, बुधबार)

Public Service Preparation Materials: Objective Questions and Answers (21 Asoj 2083, Wednesday)

१. सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?

➤ कार्ल डाइसरोथ (अमेरिकी स्नायुविज्ञ), पिटर हेगेमान (जर्मनी) र जर्ज नागेल (जर्मनी)

  • प्रकाश–संवेदनशील आयन च्यानल र अप्टोजेनेटिक्ससम्बन्धी खोजका लागि प्रदान गरिएको हो ।
  • यसबाट वैज्ञानिकहरूले जीवित मस्तिष्कभित्र विशेष प्रकाश पठाएर कुनै निश्चित कोषलाई चाहेको बेला काम गराउन (सक्रिय गर्न) वा रोक्न (निष्क्रिय गर्न) सक्ने छन् ।
  • यसअघि दिमागका कोषहरूलाई यसरी छानी छानी नियन्त्रण गर्न सम्भव थिएन तर यो प्रविधिले कुन कोषले कस्तो काम गरिरहेको छ भनेर एकदमै नजिकबाट हेर्न र बुझ्न सहज बनाएको छ ।
  • हाम्रो दिमागले पुराना यादहरू कसरी राख्छ । हामीलाई डर, खुसी, रिस जस्ता भावना कसरी महसुस हुन्छ र हामीले कस्तो व्यवहार देखाउँछौँ भन्ने कुराको रहस्य पत्ता लगाउन यसले ठुलो सहयोग गर्ने छ ।
  • यसले स्नायु विज्ञानको क्षेत्रमा एउटा नयाँ क्रान्ति नै ल्याएको छ । भविष्यमा पार्किन्सन्स, अल्जाइमर वा अन्य मानसिक तथा स्नायुसम्बन्धी जटिल रोगहरूको उपचार खोज्न यो प्रविधिले ठुलो भूमिका खेल्ने विश्वास गरिएको छ ।

२. २० औँ एसियाली खेलकुद, २०२६ मा नेपालले कुन कुन खेलमा पदक हासिल गर्न सफल भयो ?

➤ महिला कबड्डी (१ कांस्य) र कराँते (तेन्जिङ शेर्पा, १ कांस्य)

  • प्रतियोगिता आयोजना : सन् २०२६ सेप्टेम्बर १९ – अक्टोबर ४, नागोया, जापान  
  • उद्घाटन : जापानका सम्राट् नारुहितोद्वारा (जापानको आइची नागोयास्थित पालोमा मिजुहो रङ्गशालामा) 
  • नारा : इमाजिन वन एसिया । 
  • सहभागी राष्ट्र : ४५ (एक एसियन रेफ्युजी टिम) 
  • कुल खेलाडी : १०,७८७
  • खेल सङ्ख्या : ४३ 
  • प्रथम : चीन (स्वर्ण : १६९, रजत : ८९, कांस्य : ८३, जम्मा : ३४१)
  • दोस्रो : जापान (स्वर्ण : ८३, रजत : ९५, कांस्य : ९१, जम्मा : २६९)
  • तेस्रो : दक्षिण कोरिया (स्वर्ण : ३९, रजत : ४३, कांस्य : ६८, जम्मा : १५०)
  • यस एसियाडको मार्चपासमा नेपालको झन्डा राष्ट्रिय महिला कबड्डी खेलाडी मनमती विष्ट र बक्सर चन्द्रबहादुर थापामगरले बोक्ने गौरव पाउनुभयो । 
  • जापानले तेस्रो पटक एसियाली खेलकुद आयोजना गरेको हो (यसअघि सन् १९५८ मा टोकियो र सन् १९९४ मा हिरोसिमा गरिएको थियो) । 

३. हाल नेपालमा चरा प्रजातिको सङ्ख्या कति रहेको छ ?

➤ ९०४

  • ९०४ औँ : कोलर्ड किङ्फिसर
  • वि.सं. २०८३ असोज १३ गते धनुषाको जनकपुरधाममा पहिलो पटक यो चरा देखा परेको हो । 
  • यो चरा विशेष गरी समुद्री तटीय क्षेत्रमा पाइन्छ । 
  • वैज्ञानिक नाम : टोडिर्‍याम्फस क्लोरिस 
  • मुख्यत: दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया र प्रशान्त महासागरीय तटीय क्षेत्रमा पाइने यो प्रजातिको नजिकको स्थायी वासस्थान भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको सुन्दरवन क्षेत्र हो । भूपरिवेष्ठित देश नेपालमा यो चरा गङ्गाब्रह्मपुत्र नदी प्रणाली पछ्याउँदै भौँतारिएर वा मौसमका कारण बाटो बिराएर आइपुगेको अनुमान पन्छीविद्हरूको छ ।

४. एसियाली पूर्वाधार लगानी बैङ्क (एआइआइबी) को ११ औँ वार्षिक बैठकबाट नेपाल कुन पदमा निर्वाचित हुन सफल भयो ?

➤ उपसभापति  

  • सन् २०२६ सेप्टेम्बर २८–२९ मा कतारको राजधानी दोहामा आयोजित बैठकले नेपाललाई सन् २०२६–२७ का लागि क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट उपसभापति पदमा निर्वाचित गरेको हो । 
  • बैङ्कको संस्थापक सदस्य राष्ट्र रहेको नेपाल क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट पहिलो पटक यस पदमा निर्वाचित भएको हो । 
  • बैङ्कमा एक अध्यक्ष तथा क्षेत्रीय र गैरक्षेत्रीय सदस्य मुलुकबाट एक/एक जना उपाध्यक्ष रहने प्रावधान अनुसार यस पटक नेपालसँगै आयरल्यान्ड (गैरक्षेत्रीय सदस्य मुलुकबाट) पनि चयन भयो ।

 

५. अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को नयाँ-दिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त हुने नेपाली को हुन् ?

➤ आनन्दराज खनाल

  • नेपाली दूरसञ्चार तथा सूचना प्रविधिविज्ञ आनन्दराज खनाल सो पदमा नियुक्त भएका हुन् । 
  • सन् २०२६ सेप्टेम्बर २२ मा नियुक्त भएका खनालले सन् २०२६ अक्टोबर १ मा पदभार ग्रहण गरे । 
  • भारत सरकारको सहकार्यमा स्थापित यस क्षेत्रीय कार्यालयको कार्यक्षेत्रमा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, भुटान, भारत, इरान, माल्दिभ्स र श्रीलङ्का रहेका छन् ।

आईटीयूको दक्षिण एसिया क्षेत्रीय कार्यालयको प्रमुखमा आनन्दराज खनाल नियुक्त –  Online Khabar

६. भारतको सिम्लामा आयोजित १२ औँ अन्तर्राष्ट्रिय फिल्म्स फेस्टिभल, २०२६ मा स्पेसल जुरी सर्ट डकुमेन्ट्री अवार्ड जित्न सफल नेपाली वृत्तचित्र कुन हो ?

➤ दी एभरेस्ट ड्रिम 

  • सञ्चारकर्मी गणेश पाण्डेद्वारा निर्देशित यस फिल्म्सले ३३ देशका अन्तर्राष्ट्रिय वृत्तचित्रसँग प्रतिस्पर्धा गर्दै यो सफलता हासिल गरेको हो ।
  • मस्तिष्कमा गम्भीर चोट लागेका (ब्रेन इन्जुरी सर्वाइवर्स) व्यक्तिहरूको एभरेस्ट बेसक्याम्पसम्मको साहसिक यात्रा र उनीहरूको सङ्घर्षको कथा यसमा समेटिएको छ ।
  • यसअघि यो डकुमेन्ट्रीले अमेरिकास्थित ‘कब अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ मा उत्कृष्ट डकुमेन्ट्री फिल्म अवार्ड प्राप्त गरेको थियो ।

Documentary 'The Everest Dream' to premiere at NIFF - The Himalayan Times -  Nepal's No.1 English Daily Newspaper | Nepal News, Latest Politics,  Business, World, Sports, Entertainment, Travel, Life Style News

७. बेबी बुम केसँग सम्बन्धित छ ?

➤ अत्यधिक बालबालिकाको जन्म

  • दोस्रो विश्वयुद्ध रोकिएको केही समयपश्चात् सन् १९४८ देखि संसारभर अत्यधिक बालबालिका जन्मिए, जुन त्यसअघि सो दरमा कहिल्यै जन्मेका थिएनन् । जनसङ्ख्याशास्त्रीहरूले अधिक बच्चा जन्मिन थालेको सो घटनालाई ‘बेबी बुम’ को उपमा दिए । यो क्रम करिब १२ वर्ष अर्थात् सन् १९६० सम्म रहेको थियो । 
  • बेबी बुम विशेष गरी पूर्वयुद्धग्रस्त क्षेत्र युरोप, अमेरिका, जापान, कोरियामा सबैभन्दा धेरै थियो । 

 

८. पर्यावरणीय संरक्षणका लागि ‘चिप्को आन्दोलन’ सञ्चालन गर्ने अभियन्ता को हुन् ?

➤ सुन्दरलाल बहुगुणा

  • भारतको गडवाल क्षेत्रमा वनफँडानीविरुद्ध उनले सन् १९७३ तिर यो आन्दोलन सञ्चालन गरेका थिए ।

 

९. कोशी प्रदेशमा सम्पन्न ‘वुमन लिडरसिप समिट २०२६’ ले कति बुँदे घोषणापत्र सार्वजनिक गरेको छ ?

➤ १६ बुँदे (वि.सं. २०८३ वैशाख)

  • कोशी प्रदेशको विराटनगरमा आयोजना गरिएको ‘वुमन लिडरसिप समिट २०२६’ महिला नेतृत्व, उद्यमशीलता र आर्थिक सहभागिताबारे गहन छलफल गर्दै १६ बुँदे घोषणापत्र जारी गरी सम्पन्न भएको हो ।
  • उद्योगी तथा सरोकारवालाले महिलालाई श्रमशक्तिमा मात्र सीमित नगरी नेतृत्व तहमा पुर्‍याउन सिप विकास, वित्तीय पहुँच र मार्गदर्शन (मेन्टरसिप) मा जोड दिँदै आफ्ना संस्थामा महिला रोजगारी वृद्धि गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

१०. एसियाली खेलकुद प्रतियोगिताको इतिहासमै सबैभन्दा कम उमेरमा स्वर्ण पदक जिती कीर्तिमान कायम गर्न सफल खेलाडी को हुन् ?

➤ युकी कुरिहारा (११ वर्ष, जापान), २० औँ एसियाली खेलकुद, २०२६ 

  • जापानका ११ वर्षीय प्राथमिक तहका विद्यार्थी युकी कुरिहारा एसियन गेम्स (ई. स्पोट्र्स अन्तर्गत ‘पुयो पुयो’) मा स्वर्ण जित्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका हुन् ।
  • कुरिहाराले सेमिफाइनलमा थाइल्यान्डका २८ वर्षीय तानाराक वोङ्गकिटकुनलाई र फाइनलमा दक्षिण कोरियाका २४ वर्षीय काङ डोङसिनलाई पराजित गरेका थिए ।
  • उनले १० वर्षकै उमेरमा एसियन गेम्समा जापानको प्रतिनिधित्व गर्ने स्थान पक्का गरेका थिए भने विद्यालय, अतिरिक्त कक्षा र प्रशिक्षणलाई सन्तुलनमा राखेर यो सफलता हासिल गरेका हुन् ।
  • ओलम्पिक काउन्सिल अफ एसियाका अनुसार कुरिहाराको यो जित एसियाली खेलको इतिहासकै स्वर्ण पदक विजेता बन्ने सबैभन्दा कम उमेरको कीर्तिमान रहेको छ । 

May be an image of text

११. नगरपालिकामा गठन हुने स्थानीय राजस्व परामर्श समितिको संयोजक को हुने व्यवस्था छ ?

➤ उपप्रमुख (नगरपालिका)

 

१२. सबैभन्दा कम उमेरमा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गरी गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउन सफल पर्वतारोही को हुन् ?

➤ मिङ्मा ग्याल्जेन शेर्पा (बेदिङ, दोलखा) 

  • सन् २०२२ मा पहिलो पटक मनासलु हिमाल आरोहण गरेका मिङ्माले सन् २०२४ सम्ममा सो सफलता हासिल गरेका थिए । 

 

१३. नेपालमा नागरिक सुरक्षा दिवस कहिले मनाउने गरिन्छ ?

➤ असोज १२ (वि.सं. २०६८ देखि मनाउन थालिएको हो।)

 

१४. राष्ट्रिय यातायात नीति, २०८३ कहिले स्वीकृत भएको हो ?

➤ वि.सं. २०८३ असार २४ 

  • नयाँ यातायात नीति, २०८३ स्वीकृत भएसँगै लामो समयदेखि लागु रहेको राष्ट्रिय यातायात नीति, २०५८ स्वत: खारेज भएको छ ।
  • सार्वजनिक यातायात र सडक पूर्वाधारको विकासमा निजी क्षेत्रको सहभागिता प्रवर्धन गर्न पिपिपी तथा अन्य उपयुक्त मोडेलहरू अवलम्बन गरिने नयाँ नीतिमा उल्लेख छ । 
  • जलवायु वित्त (क्लाइमेट फाइनान्स), हरित लगानी र कार्बन क्रेडिटिङबाट प्राप्त रकमलाई विद्युतीय सवारीसाधनको पूर्वाधार विकास र प्रणाली विस्तारमा प्राथमिकताका साथ परिचालन गरिने छ ।
  • यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन इन्टेलिजेन्ट ट्रान्सपोर्ट सिस्टम (आइटिएस), स्मार्ट भुक्तानी प्रणालीका साथै महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री डिजाइन सिद्धान्तलाई प्राथमिकता दिइएको छ ।

 

१५. आयातनिर्यात कार्यलाई सहज बनाउन सञ्चालनमा ल्याइएको पोर्टल कुन हो ?

➤ नेपाल ट्रेड (नेपाल सरकारद्वारा सञ्चालनमा ल्याइएको हो ।)

 

१६. अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस कहिले मनाउने गरिन्छ ?

➤ अक्टोबर १

  • संयुक्त राष्ट्रसङ्घले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेको थियो । 
  • सन् २०२६ अक्टोबर १ का दिन ३६ औँ अन्तर्राष्ट्रिय दिवस मनाइएको हो । 

१७. अमेरिकी नेतृत्वको गठबन्धनले आफ्नो सैन्य अभियान औपचारिक रूपमा अन्त्य गर्दै इराकबाट कहिले फिर्ता भएको हो ?

➤ सन् २०२६ सेप्टेम्बर ३०

  • गठबन्धन सेनाको बहिर्गमनले इराकमा बर्सौंदेखि तेहरानको प्रभावलाई सन्तुलनमा राख्ने शक्ति समाप्त भएको र यसले इरानलाई रणनीतिक फाइदा पुग्ने विश्लेषकको ठहर रहेको छ ।
  • इराक पूर्ण रूपमा सुरक्षाको जिम्मा लिन तयार भइनसकेको अवस्थामा अमेरिकी फिर्तीले खाली ठाउँ सिर्जना हुने र यसले इस्लामिक स्टेट जस्ता चरमपन्थी समूहलाई फेरि सलबलाउन सक्ने जोखिम रहेको जनाइएको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 161
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 107
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 130
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 140
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 163
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA