Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नेपाल विद्युत प्राधिकरण (NEA) को पाँचौ तह (मिटरिडिङ सुपरभाइजर/लेखापाल) पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३/०२/२३)

  • Ajnabee Khadka
  • June 07, 2026
  • 230

नेपाल विद्युत प्राधिकरण (NEA) को पाँचौ तह (मिटरिडिङ सुपरभाइजर/लेखापाल) पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८३/०२/२३)

Nepal Electricity Authority (NEA) Open Competitive Written Examination for the post of Level 5 (Meter Reading Supervisor/Accountant) (2083/02/23)

1. आग्नेय भाषा परिवारअन्तर्गत देहायका मध्ये कुन पर्दछ?

A) सतार B) राजवंशी C) मेचे D) गनगाई

2. वि.सं. २०८० को जगदम्बा-श्री पुरस्कार कसलाई प्रदान गरियो?

A) डा. जगमान गुरूङ B) प्राडा योगेन्द्रप्रसाद यादव C) टेकवीर मुखिया D) दुर्गाप्रसाद श्रेष्ठ

3. बाँसबाट बनाइने बिनायो बाजा कुन जातिको मौलिक बाजा हो?

A) गुरूङ B) राई C) लिम्बु D) तामाङ

4. नेपालको सुनुवार जातिमा पुरोहितलाई के भनिन्छ?

A) नासो B) भरीं C) होमे D) नाक्सो

5. जग्गा जमिनको नापजाँच गर्न र जग्गालाई ऋणको बितोको रूपमा लिने प्रचलन कसले चलाए?

A) अरि मल्ल B) अभय मल्ल C) जयस्थिति मल्ल D) यक्ष मल्ल

6. पृथ्वीनारायण शाहले सर्वप्रथम विजय हासिल गरेको ठाउँ कुन हो?

A) कीर्तिपुर B) चाँदण्डी C) लामीडाँडा D) नुवाकोट

7. उपत्यकाको राज्य विभाजन गरी आफ्ना छोराहरूमा बाँड्ने मल्ल राजा को हुन्?

A) अभय मल्ल B) जयस्थिति मल्ल C) यक्ष मल्ल D) भूपतिन्द्र मल्ल

8. किराँतकालमा पञ्चापराधसम्बन्धी न्यायिक कार्य देहायका मध्ये कुन निकायले गर्दथ्यो?

A) थान B) शोल्ल (सुल्ली) C) लिङ्ग्वल D) माफ्चोक

9. तलका वाक्यांश मनन गरी सही विकल्प छान्नुहोस्।

(क) चुरे पर्वतश्रेणी नेपालको पश्चिमदेखि कोशीसम्म महाभारत पर्वतको समानान्तर रूपमा फैलिएको छ।

(ख) नेपालको कोशी नदी पूर्व धुम्काथुम्कीको रूपमा रहेको चुरे पर्वतलाई डण्डुवा पनि भनिन्छ।

A) क मात्र सही B) ख मात्र सही C) क र ख दुबै सही D) क र ख दुबै गलत (क मात्र सही (चुरे पर्वतलाई कोशी पूर्व 'चुलाचुली' र गण्डकी पश्चिम 'डण्डुवा' भनिन्छ, त्यसैले वाक्य (ख) गलत छ।)

10. न्यानो समशीतोष्ण हावापानी नेपालको _ मिटरदेखि _ मिटरसम्मको उचाइमा पाइन्छ।

A) ६५, १२०० B) ६००, १५०० C) १०००, १८०० D) १२००, २१००

11. कोशी नदीको सबैभन्दा पश्चिममा रहेको सहायक नदी कुन हो?

A) इन्द्रावती B) सुनकोशी C) तामाकोशी D) लिखु

12. नेपालमा सिंधेनुन, बिरेनुन तलका मध्ये कुन जिल्लामा पाइन्छ?

A) गोरखा B) रसुवा C) संखुवासभा D) दोलखा

13. पृथ्वीको उत्तरी र दक्षिणी ध्रुव जोड्ने अर्धवृत्ताकार काल्पनिक रेखालाई के भनिन्छ?

A) अक्षांश B) देशान्तर C) कर्कट रेखा D) मकर रेखा

14. नेपालका कति जिल्लाको सिमाना चीनसँग मात्र जोडिएको छ?

A) २ B) ८ C) ११ D) १३

15. दोर्जे लाक्पा हिमाल कुन जिल्लामा पर्दछ?

A) मनाङ B) दोलखा C) सिन्धुपाल्चोक D) रसुवा

16. नेपालमा दास प्रथाको उन्मूलन कहिले भयो?

A) वि.सं. १९७५ B) वि.सं. १९७८ C) वि.सं. १९८१ D) वि.सं. १९८३

27. ICC Men's T20 World Cup, 2026 मा कति मुलुकहरू सहभागी थिए?

A) १८ B) २० C) २६ D) ३०

28. Financial Action Task Force ले नेपाललाई Grey List मा राख्ने निर्णय कहिले गरेको हो?

A) 2024 November B) 2024 December C) 2025 January D) 2025 February

29. संयुक्त राष्ट्रसंघले सन् २०२४-२०३३ को दशकलाई कुन दशकको रूपमा घोषणा गरेको छ?

A) United Nations Decade of Healthy Ageing B) International Decade of Indigenous Languages C) United Nations Decade on Ecosystem D) International Decade of Sciences for Sustainable Development

30. नेपालको सबैभन्दा पुरानो अस्पताल कुन हो?

A) वीर B) त्रिचन्द्र मिलिटरी C) त्रि.वि. शिक्षण D) नेपाल प्रहरी

31. सार्क सांस्कृतिक केन्द्र कुन देशमा रहेको छ?

A) श्रीलंका B) नेपाल C) पाकिस्तान D) भारत

32. संयुक्त राष्ट्रसंघमा विशेषाधिकार प्रयोग गर्न पाउने राष्ट्र तलका मध्ये कुन छैन?

A) बेलायत B) फ्रान्स C) रसिया D) भारत

33. वि.सं. २०८२ फागुनसम्म सौर्य ऊर्जाबाट उत्पादित विद्युत कति मेगावाट रहेको छ?

A) ५१० B) ४६० C) २३७ D) १४२

34. फर्पिङ जलविद्युत आयोजना कुन सरकारको सहयोगमा निर्माण भएको थियो?

A) अमेरिका B) बेलायत C) भारत D) चीन

35. कति क्षमताका आयोजनाहरूलाई मझौला जलविद्युत आयोजना भनिन्छ?

A) १०० किलोवाटसम्म B) १-२५ मेगावाटसम्म C) २५-१०० मेगावाटसम्म D) १००-२५० मेगावाटसम्म

36. सप्तकोशी नदीबाट कति मेगावाट जलविद्युत निकाल्न सकिने अनुमान गरिएको छ?

A) ३२००० B) २७००० C) २२००० D) २००००

37. गरिबीको दुश्चक्रको अवधारणा कसले प्रस्तुत गरेका हुन्?

A) Ragnar Nurske B) Muhammad Yunus C) Manmohan Singh D) Mahathir Mohamad

38. सन् २०२५ मा नेपाल भ्रमण गर्न बढीदेखि कम संख्यामा पर्यटक आउने देशको क्रम कुन सही छ?

A) भारत, अमेरिका, बेलायत, बंगलादेश B) भारत, बेलायत, अमेरिका, चीन, बंगलादेश C) भारत, अमेरिका, बेलायत, चीन, बंगलादेश D) भारत, अमेरिका, चीन, बेलायत, बंगलादेश

39. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको जनसांख्यिक संरचनामा उत्पादनशील उमेर (१५-५९) समूहको जनसंख्या कति प्रतिशत रहेको छ?

A) ५४ B) ६१ C) ६७ D) ७२

40. गायन क्षेत्रको रियालिटी शो नेपाल आइडल सिजन ६ को उपाधि विजेता को हुन्?

A) गंगा सोनाम B) बबिता थापामगर C) करण परियार D) दर्शना गान्धारी

41. आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालको बहुआयामिक गरिबी कति प्रतिशतमा झरेको छ?

A) १२.३६ B) १६.८ C) १७.४ D) २०.२७

42. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने जनसंख्या कति प्रतिशत छ?

A) ६.०८ B) ७.५६ C) ८.१३ D) १०.०२

43. नेपालको कुन प्रदेशमा सबैभन्दा उच्च बेरोजगारी दर रहेको छ?

A) कर्णाली B) सुदूरपश्चिम C) मधेश D) कोशी

44. राष्ट्रिय जनगणना, २०७८ अनुसार सबैभन्दा बढी साक्षरता भएको प्रदेश कुन हो?

A) लुम्बिनी B) कोशी C) बागमती D) गण्डकी

45. दिगो विकासको विश्वव्यापी परिभाषा कुन आयोगको सिफारिसमा भएको थियो?

A) ब्रुटल्याण्ड आयोग B) मानव अधिकार आयोग C) दिगो विकास आयोग D) ब्रान्ड आयोग

46. दिगो विकास लक्ष्यको प्रथम लक्ष्य कुन हो?

A) भोकमरीको अन्त्य B) गरिबीको अन्त्य C) असमानता न्यूनीकरण D) जलवायु परिवर्तनमा तत्काल पहल

47. जर्मन वाचका अनुसार सन् २०२५ मा जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटनाबाट प्रभावित हुने देशहरूको सूचीमा नेपालको स्थान कति औं रहेको छ?

A) ४ B) १० C) ६९ D) ७१

48. तलका मध्ये कुन भनाइ ठिक छैन?

A) युग सापेक्ष वैज्ञानिक धर्म भनेर बौद्ध धर्मलाई भनिन्छ। 

B) बुद्धलाई एसियाको प्रकाश (Light of Asia) पनि भनिन्छ। 

C) भगवान बुद्धको दाँत श्रीलंकामा सुरक्षित राखिएको छ।

D) बौद्ध धर्मानुसार मायादेवीलाई धनकी देवी मानिन्छ।

49. नेपाललाई कहिले १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएको थियो?

A) वि.सं. २०१५ असोज B) वि.सं. २०१६ पुष C) वि.सं. २०१७ फागुन D) वि.सं. २०१८ बैशाख

50. आयुर्वेद शास्त्रका प्रवर्तक को हुन्?

A) पर्विरक B) सुश्रुत C) धन्वन्तरी D) वाग्भट

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 56
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 65
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 92
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 62
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 180
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA