लुम्बिनी प्रदेश सामान्य प्रशासन/लेखा/राजश्व समूह, सहायकस्तर पाँचौ तहका प्रश्नहरू २०८१/११/१७
1.तल दिइएका कथनहरू अध्ययन गरी कोडमा दिइएका विकल्पहरूमध्येबाट सही विकल्प छनौट गर्नुहोस् ।
क. कुलेखानी-१ जलविद्युत परियोजनाको क्षमता ६० मेगावाट छ ।
ख. कालीगण्डकी ए जलविद्युत आयोजना विश्व बैंकको लगानीमा निर्माण भएको हो ।
A) क र ख दुबै ठिक
B) क र ख दुबै बेठिक
C) क बेठिक र ख ठिक
D) क ठिक र ख बेठिक
2. बेरीबेरी (Beri beri) रोग कुन भिटामिनको कमीले लाग्छ ?
A) भिटामिन B1
B) भिटामिन D
C) भिटामिन B12
D) भिटामिन C
3. देहायका मध्ये कुन वस्तुको प्रशोधनका क्रममा हुने By-Product बाट प्लाष्टिक बन्दछ ?
A) रबर
B) पेट्रो-केमिकल
C) रेजिन एण्ड टर्पेन्टाइन
D) जनावरको बोसो
4. भूकम्पीय जोखिमको दृष्टिले नेपाल कति औं स्थानमा रहेको ?
A) चौंथो
B) आठौं
C) दशों
D) एघारौं
5. तल दिइएको समूह-A र समूह-B बीच जोडा मिलाई कोडमा सही उत्तर छनौट गर्नुहोस् ?
| समूह-A | समूह-B |
| क. सन् १९७२ | a.UNEP को स्थापना |
| ख. सन् १९८३ | b. बुटल्याण्ड कमिशन गठन |
| ग. सन् १९९२ | c. पृथ्वी शिखर सम्मेलन |
A) क. a, ख. b र ग. c
B) क. c, ख. b र ग. a
C) क. b, ख. c र ग. a
D) क. a, ख. c र ग. b
6. देहायका मध्ये कुन दिगो विकास लक्ष्य नेपालसँग कम सम्बन्धित छ ?
A) Life on Land
B) Partnership for the goals
C) Sustainable cities and community
D) Life below water
7. साफ्टा अनुमोदन गर्ने अन्तिम राष्ट्र कुन हो ?
A) नेपाल
B) पाकिस्तान
C) बंगलादेश
D) माल्दिभ्स
8. संयुक्त राष्ट्रसंघीय वातावरणीय कार्यक्रम (UNEP) को प्रधान कार्यालय कहाँ रहेको छ ?
A) इटलीको रोम
B) अष्ट्रियाको भियना
C) केन्याको नैरोवी
D) स्पेनको मेड्रिट
9. एक वर्षको लागि स्काई केबलको सदस्यता लिने व्यक्ति १७८५ तिर्छ ? यदि मासिक सदस्य रू १७५ छ भने सो ग्राहकले वार्षिक कति प्रतिशत छुट पाउँछ ?
A) ११ %
B) १३ %
C) १५ %
D) १८ %
10. समीरको उमेर उसको बुबाको उमेरको एक चौथाइ हो र उसको बहिनी रीमाको उमेरको दुई तिहाइ छ । समीर, रीमा र बुबाको उमेरको अनुपात क्रमशः कति हो ?
A) ३:२:८
B) ३:४:८
C) २:३:८
D) ४:३:८
11. दिइएको प्रकोष्ठको प्रश्न चिन्ह (?) भएको स्थानमा उपयुक्त अंक के होला ? दिएका विकल्पहरू A, B, C र D मध्येबाट पत्ता लगाउनुहोस् ।
A) 26
B) 30
C) 32
D) 34
12. तल दिइएअनुसार प्रश्नचिन्ह रहेको स्थानमा कुन अंक आउँछ ?
A) 61
B) 62
C) 63
D) 66
13. चित्रको क्रमलाई कुन विकल्पले पुरा गर्दछ ?
14. बेलायत युरोपियन युनियनबाट कहिले बाहिरिएको हो ?
A) सन् २०१६
B) सन् २०१८
C) सन् २०१९
D) सन् २०२०
15. महिलातर्फको T-20 विश्वकप २०२६ कहाँ आयोजना हुने भएको छ ?
A) इङ्गल्याण्ड
B) न्यूजिल्याण्ड
C) अष्ट्रेलिया
D) बंगलादेश
16. सन् २०२२ मा भएको विश्व कप फुटबल विजेता राष्ट्र र उपविजेता राष्ट्र क्रमशः कुन-कुन हुन् ?
A) फ्रान्स र अर्जेन्टिना
B) अर्जेन्टिना र फ्रान्स
C) अर्जेन्टिना र ब्राजिल
D) अर्जेन्टिना र क्रोएशिया
17. छिमेकी मित्र राष्ट्र भारतले कहिलेदेखि लागू हुने गरी भा.रू. ५०० र १००० दरका नोटहरूको प्रचलनमा प्रतिबन्ध लगाएको हो ?
A) ८ नोभेम्बर २०१६ मध्यरातिदेखि
B) ९ नोभेम्बर २०१६ मध्यरातिदेखि
C) १० नोभेम्बर २०१६ मध्यरातिदेखि
D) ११ नोभेम्बर २०१६ मध्यरातिदेखि
18. भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट कति जलविद्युत उत्पादन गर्ने लक्ष लिइएको छ ?
A) ३८.६ मेगावाट
B) ४४.२ मेगावाट
C) ४६.८ मेगावाट
D) ५२.४ मेगावाट
19. लुम्बिनी प्रदेश भित्र राष्ट्रिय जनगणना, २०७८ अनुसार महिलातर्फको साक्षरता दर कति प्रतिशत रहेको छ ?
A) ७८.१%
B) ७३.७ %
C) ७१.७ %
D) ६९.१ %
20. यदि चित्र नं.(।) र (II) रहेको जस्तै सम्बन्ध चित्र नं. (III) र (IV) मा पनि रहने हो भने चित्र नं. (IV) मा आउने चित्र छाउनुहोस् ।
four options: A, B, C, D
(A)
(B)
(C)
(D)
21. तल दिइएको चित्रहरू मध्ये कुन एउटा अरूभन्दा फरक छ ?
four options: A, B, C, D
(A)
(B)
(C)
(D)
22. चित्रलाई तालिकामा रहेको खाली स्थानलाई पुरा गर्नुहोस ।
four options: A, B, C, D
(A)
(B)
(C)
(D)
23. निर्देशनः निम्न प्रश्नमा पहिलो लहरमा दिइएका निम्न प्रश्न आकारहरू (Questions shapes) लाई पहिलो लहरको प्रत्येक बाकसमा अक्षरहरूको एक जोडा छ जुन त्यो बाकसको आकारको लागि कोड हो। आकारहरूको छेउमा अक्षरहरूद्वारा सिर्जना गरिएको कोडको अर्थ पत्ता लगाउनुहोस्। प्रत्येक अक्षरको अर्थ के हो र अर्थ आकारहरू हेरेर निर्धारण गर्न सकिन्छ। त्यस पछि परीक्षण आकार (Test shape) मा अवलोकन गर्नुहोस्। दिइएका कोड अक्षरहरू मध्ये कुन यसको सही विवरण हो पत्ता लगाउनुहोस् र दिइएका विकल्पहरूबाट सही विकल्प चयन गर्नुहोस् ।
प्रश्न आकारहरू (Question shapes) परीक्षण आकार (Test shape)
विकल्पहरू (Alternatives)
D R D S W M W S
(A)
(B)
(C)
(D)
24. तलको भेन चित्रले तीन फरक-फरक पेय पदार्थ मन पराउने व्यक्तिहरूको समूहलाई देखाएको छ भने कुन अक्षरले ती व्यक्तिहरूको प्रतिनिधित्व गर्छ जसले दुध पिउन मन पराउदैनन् तर चिया र कफी पिउन मन पराउछन् ?
(A) R
(B) C
(C) T
(D) F
25. एक डिग्री अक्षांशको फरकमा कति किलोमिटर दुरीको भिन्नता हुन्छ ?
A) १०० किलोमिटर
B) १०७ किलोमिटर
C) १५१ किलोमिटर
D) ११७ किलोमिटर
26. दुरीको हिसाबले सूर्यबाट नजिक रहेको ग्रहहरू मध्ये पृथ्वी कति औं क्रममा पर्दछ ?
A) पहिलो
B) दोस्रो
C) तेस्रो
D) चौथो
27. तल दिइएका महादेशहरू मध्ये कुन चाँही महादेश सबैभन्दा सानो हो ?
A) यूरोप
B) अन्टार्कटिका
C) अफ्रिका
D) अष्ट्रेलिया
28. नेपालमा पाइने देहायका माटोका प्रकारमा कुन प्रकारको माटो कृषिका लागि सर्वोत्तम मानिन्छ ?
A) पाँगो माटो
B) तलैया माटो
C) रातो फुस्रो माटो
D) बलौटे पत्थरिलो माटो
29. नेपालमा समुद्री सतहदेखि ३३५० मिटरदेखि ५००० मिटरसम्मको उचाईमा कस्तो हावापानी पाइन्छ ?
A) ठण्डा समशीतोष्ण
B) लेकाली
C) ध्रुवीय
D) न्यानो समशीतोष्ण
30. जैविक विविधता सूचना केन्द्र कुन जिल्लामा रहेको छ ?
A) ललितपुर
B) कास्की
C) चितवन
D) सोलुखुम्बु
31. तल दिइएका मध्ये कुनलाई औद्योगिक क्रान्तीको परिणाम मानिदैन ?
A) घरेलु उद्यममा ह्रास
B) पूँजीवादको उदय
C) शक्ति पृथकीकरणको सिद्धान्तको प्रतिपादन
D) बेरोजगारीको समस्या वृद्धी
32. प्रथम अमेरिकी राष्ट्रपती को हुन ?
A) अब्राहम लिङ्कन
B) जर्ज वाशिङ्टन
C) रूजवेल्ट
D) दुम्यान
33. अंग्रेजी शब्दावलीको त्यो कुन शब्द हो, जसबाट कुनै दुईवटा अक्षर निकाल्दा त्यसको अर्थ "लगभग" बाट "हराएको" भन्ने हुन जान्छ ?
A) Approx
B) Closes
C) Closer
D) Almost
34. तल दिइएको क्रमअनुसार प्रश्न चिन्ह (?) भएको स्थानमा कुन अक्षर आउछ ?
C, F, K, R , A, L, Y
(A) R
(B) P
(C) X
(D) O
35. अक्षर बीचको सम्बन्ध पहिल्याउनुहोस् । खाली स्थानमा कुन विकल्प आउछ ?
HEART:THREA, :
A)LSWORN:NSOWR
B) FUNDS:FSDUN
C) GLAZE:EGZAL
D) LOWER:RLEWO
36. एक बिन्दुबाट रजनिश पूर्वतिर हिड्न थाले र ३५ मिटर हिँडे । त्यसपछि उनी आफ्नो दायाँ तिर फर्के र २० मिटर हिडे र उनी फेरि दायाँ घुमे र ३५ मिटर हिडे । अन्ततः उनी आफ्नो बाँया तिर घुमे र २० मिटर हिडे र उनी आफ्नो गन्तव्यमा पुगे । अब उनी आफ्नो सुरुवात बिन्दुबाट कति टाढा छन् ?
A) ४० मिटर
B) ४५ मिटर
C) ५० मिटर
D) ५५ मिटर
37. कुनै कोड भाषामा (माटो) लाई "पानी" पानीलाई "बाफ" बाफलाई "आगो" आगोलाई "माटो" भनिन्छ भने प्यास लागेमा के पिईन्छ ?
A) आगो
B) बाफ
C) पानी
D) माटो
38. कुन राजाको मुद्रामा सर्वप्रथम नेपाल सरकार भनी उल्लेख गरिएको थियो ?
A) श्री ५ पृथ्वी नारायण
B) श्री ५ सुरेन्द्र
C) श्री ५ वीरेन्द्र
D) श्री ५ ज्ञानेन्द्र
39. लिच्छवी वंशका प्रथम राजा हुन ?
A) भुक्तमान
B) भाष्कर देव
C) जयदेव प्रथम
D) भूमिवर्मा
40. लिच्छवी कालमा धान, चामल, दुध, घ्यू आदिको नाप गर्ने एकाईलाई के भनिन्थ्यो ?
A) मानो
B) धार्नी
C) जोखनी
D) मानिका
41. पाटनको कृष्ण मन्दिर कुन शैलीमा निर्माण गरिएको छ ?
A) तले शैली
B) शिखर शैली
C) गुम्बज शैली
D) मिश्रित शैली
42. हिन्दूधर्म शास्त्र अनुसार चार रात्री मध्ये तलको कुन पर्दैन ?
A) सुखरात्री
B) मोहरात्री
C) कालरात्री
D) प्रज्जवलरात्री
43. कौरा नाच कुन जातीमा प्रचलित नाच हो ?
A) ब्राह्मण
B) राई
C) मगर
D) गुरुङ्ग
44. विक्रम सम्वत २०८० सालको मदन पुरस्कार प्राप्त गर्ने कृति देहायका मध्ये कुन हो ?
A) नुन तेल
B) ऐंठन
C) अग्नी
D) मुकाम रणमैदान
45. नेपालमा २०८० फाल्गुणसम्ममा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण कति प्रतिशत पुगेको छ ?
A) ३२.७ प्रतिशत
B) ४१.९ प्रतिशत
C) ४७.८ प्रतिशत
D) ५४.१ प्रतिशत
46. केटाहरुको पङ्क्तिमा कपिल दायाँबाट आठौं र निकुञ्ज बायाँबाट बाह्रौं छन् । जब कपिल र निकुञ्जले स्थान साटासाट गर्छन्, निकुञ्ज बायाँबाट एक्काईसौं हुन्छ । दायाँबाट कपिलको स्थान तलको मध्ये कुन होला ?
A) १७ औं
B) १८ औं
C) १९ औं
D) २० औं
47. तल दिइएको संख्याहरूको क्रममा प्रश्न चिन्ह (?) भएको स्थानमा उपयुक्त अंक के होला ? दिएका विकल्पहरू A, B, C र D मध्येबाट पत्ता लगाउनुहोस् ।
12, 4, 3, 6, 12, 9, 3, 36
A) 10
B) 14
C) 18
D) 24
48. सम्बन्ध पहिल्याउनुहोस् र प्रश्न चिन्ह रहेको स्थानको लागि विकल्प छनौट गर्नुहोस् ?
25 : 630 :: 10 : ?
A) 105
B) 95
C) 47
D) 27
49. तल दिइएअनुसार समूहमा नमिल्ने अंक कुन हो ?
A) 7496
B) 5194
C) 5274
D) 9382
50. सहरको जनसङ्ख्या 126800 छ । पहिलो वर्ष यो 15% ले बढ्छ र दोस्रो वर्षमा 20% ले घट्छ । 2 वर्षको अन्त्यमा जनसङ्ख्या कति हुन्छ ?
A) 174984
B) 145820
C) 135996
D) 116656