Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

पत्रकार विरुद्धको अपराधको दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Ajnabee Khadka
  • November 02, 2026
  • 95

पत्रकार विरुद्धको अपराधको दण्डहीनता अन्त्य गर्ने अन्तर्राष्ट्रिय दिवस, २०२६

International Day to End Impunity for Crimes against Journalists, 2026
  • यो दिवस प्रत्येक वर्ष नोभेम्बर २ का दिन विश्वभर मनाइन्छ,
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा: "Threats Evolve. Impunity Endures."
  • दिवसको मुख्य उद्देश्य: पत्रकारमाथि हुने अपराधको अनुसन्धान गर्ने, दोषीलाई कानुनी दायरामा ल्याउने र पीडितलाई न्याय सुनिश्चित गरी प्रेस स्वतन्त्रताको रक्षा गर्नु,
  • घोषणा गर्ने निकाय: संयुक्त राष्ट्रसङ्घको महासभा (UNGA) द्वारा यो दिवस मनाउने घोषणा गरिएको,
  • घोषणा भएको वर्ष: सन् २०१३ डिसेम्बर १८ मा संयुक्त राष्ट्रसङ्घीय प्रस्ताव (६८/१६३) पारित गरी यो दिवस घोषणा गरिएको,
  • पहिलो पटक मनाइएको वर्ष: सन् २०१४ नोभेम्बर २ मा
  • मिति चयनको ऐतिहासिक पृष्ठभूमि: सन् २०१३ नोभेम्बर २ मा अफ्रिकी मुलुक माली (Mali) मा फ्रान्सेली पत्रकारद्वय घिस्लेन डुपोन्ट (Ghislaine Dupont) र क्लाउड भर्लोन (Claude Verlon) को हत्या भएको दिनको सम्झनामा यो मिति तय गरिएको,
  • दिवसको अन्तर्राष्ट्रिय समन्वय तथा चेतनामूलक अभियानको नेतृत्व: संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (United Nations Educational, Scientific and Cultural Organization - UNESCO)
पत्रकारविरुद्धका अपराधहरूको दण्डहीनता अन्त्यका लागि अन्तर्राष्ट्रिय दिवस र युनेस्को २०२६ को प्रतिवेदनमा आधारित तथ्यपत्र:
  • सन् २००६ यता भएका पत्रकार हत्याका घटनाहरूमा ८६% (१० मध्ये ९ वटा) मुद्दाहरू अझै सुल्झिएका छैनन् वा अलपत्र परेका,
  • समाचार सङ्कलन तथा सूचना प्रवाहका क्रममा भएको पत्रकारहरुको हत्या (सन् १९९३ यता): १,७०० भन्दा बढी 
  • युनेस्को महानिर्देशकको २०२६ को प्रतिवेदन अनुसार अरब राष्ट्रहरू (Arab States) पत्रकार हत्याका हिसाबले सबैभन्दा बढी प्रभावित क्षेत्र
  • २०२४-२०२५ को हत्या तथ्याङ्क: १८९ जना (अघिल्लो अवधिको तुलनामा २०% को वृद्धि)
  • सन् २०२४-२०२५ मा भएका पत्रकार हत्याका दुई-तिहाइ घटना सशस्त्र द्वन्द्वका कारण भएका हुन्, जसमध्ये ४०% हत्या ड्रोन आक्रमणबाट भएका,
  • सन् २०२४-२०२५ मा १४ जना महिला पत्रकारको हत्या भयो, जसमध्ये १ जना बाहेक सबैको हत्या द्वन्द्वग्रस्त क्षेत्रमा भएको,
  • युनेस्कोको प्रतिवेदन अनुसार कार्यक्षेत्रको सिलसिलामा ७३% महिला पत्रकारहरूले अनलाइन धम्की, त्रास र गालीगलौजको सामना गरेका,
  • सुरक्षा संयन्त्र: 'UN Plan of Action on the Safety of Journalists' मार्फत विश्वका कम्तीमा ५० देशमा राष्ट्रिय सुरक्षा संयन्त्र निर्माण गरिएको,

Categories

  • Current Affairs 855
  • Gorkhapatra 352
  • Others 1201
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

The process of drafting the Constitution of Nepal (2072) and important decisions of the Constituent Assembly
Others

नेपालको संविधान (२०७२) को निर्माण प्रक्रिया तथा संविधान सभाका महत्त्वपूर्ण निर्णयहरू

  • Nov 03, 2026
  • 136
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 Asoj/Kartik (Science and Technology)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ असोज/कार्तिक मा सोधिएको प्रश्नोतर संगालो (विज्ञान र प्रविधि)

  • Nov 03, 2026
  • 103
Madhesh Province, Education Technical Assistant - 2083/07/16
Past Questions

मधेश प्रदेश, शिक्षा प्राविधिक सहायक - २०८३/०७/१६

  • Nov 03, 2026
  • 123
Kathmandu Film Festival, 2083
Current Affairs

काठमाडौँ चलचित्र महोत्सव, २०८३

  • Nov 02, 2026
  • 137
Nepal in Figures 2026
Current Affairs

नेपालको तथ्यांकीय झलक, २०८३

  • Nov 02, 2026
  • 162
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA