Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

गोरखापत्र सूचना प्रविधि अधिकृत (IT Officer) परीक्षा (२०८३/०२/२२)

  • Ajnabee Khadka
  • June 11, 2026
  • 17

गोरखापत्र सूचना प्रविधि अधिकृत (IT Officer) परीक्षा (२०८३/०२/२२)

Gorkhapatra IT Officer Exam (2083/02/22)

१. नेपाल अधिराज्यको संविधान, २०१५ को मस्यौदा समितिका अध्यक्ष को थिए?

A) भगवतीप्रसाद सिंह

B) होराप्रसाद जोशी

C) सूर्यप्रसाद उपाध्याय

D) रामराज पन्त

२. नेपालको संविधानबमोजिम रेडियो, एफ.एम., टेलिभिजन सञ्चालन कुन तहको अधिकार सूचीअन्तर्गत रहेको छ?

A) संघ

B) प्रदेश

C) स्थानीय तह

D) संघ, प्रदेश र स्थानीय तहको साझा

३. सुशासनका प्रमुख आयामहरूमा तलको कुन पर्दैन?

A) राजनीतिक

B) कानूनी

C) आर्थिक

D) सांस्कृतिक

४. हेलो सरकारमा प्राप्त गुनासोहरूलाई कति तहमा वर्गीकरण गरी व्यवस्थापन गरिन्छ?

A) २

B) ३

C) ४

D) ५

५. निम्नमध्ये कानूनको शासन विरुद्ध कुन छ?

A) कानूनको पालनमा स्वेच्छा

B) पारदर्शी कानूनी प्रक्रिया

C) समानरूपमा कानून लागू

D) स्वच्छ सुनुवाइ

६. प्रमुख ७ राजनीतिक दलहरूको अगुवाइमा लोकतान्त्रिक आन्दोलनको सुरूवात कहिले भयो?

A) वि.सं. २०६२ चैत्र २२

B) वि.सं. २०६२ चैत्र २३

C) वि.सं. २०६२ चैत्र २४

D) वि.सं. २०६२ चैत्र २५

७. समावेशीकरणका चुनौतीका सम्बन्धमा तलका कथनहरूमा विचार पुऱ्याइ कोडबाट ठीक उत्तर छान्नुहोस् ।

क) संवैधानिक रूपमै राजनीतिक क्षेत्रमा आत्मसात् गरिएको समानुपातिक प्रतिनिधित्वलाई सोही मर्म अनुरूप व्यवहारमा रूपान्तरण गर्नु ।

ख) समावेशीकरणप्रतिको नकारात्मक भावनालाई हटाइ राष्ट्रिय जीवनका सर्वाङ्गीण आयाममा त्यसको वस्तुनिष्ठ कार्यान्वयन सुनिश्चित गर्नु ।

A) क मात्र ठीक

B) क र ख दुवै ठीक

C) ख मात्र ठीक

D) क र ख दुवै बेठीक

८. राष्ट्रिय जनगणना, २०७८ अनुसार धेरैदेखि थोरै जनसंख्या भएको जातिको सही क्रम कुन हो?

A) थारू, मगर, तामाङ, विश्वकर्मा

B) मगर, थारू, तामाङ, विश्वकर्मा

C) थारू, मगर, विश्वकर्मा, तामाङ

D) मगर, थारू, विश्वकर्मा, तामाङ

९. 'ह्याल्मो' समुदायका मानिसहरूको मुख्य बसोबास नेपालको कुन जिल्लामा रहेको छ?

A) सिन्धुपाल्चोक

B) रसुवा

C) मनाङ

D) मुस्ताङ

१०. चालु आ.व. २०८२/८३ को पुससम्मको वैदेशिक सहायता प्रतिबद्धतामा दिइएको कुन क्षेत्रमा सबैभन्दा बढी सहायता प्रतिबद्धता प्राप्त भएको छ?

A) सडक पूर्वाधार

B) सार्वजनिक वित्त

C) जलवायु परिवर्तन

D) स्वास्थ्य

११. गैरसरकारी क्षेत्रमा पहिलोपटक खुलेको विश्वविद्यालय कुन हो?

A) मनमोहन प्राविधिक विश्वविद्यालय

B) काठमाडौं विश्वविद्यालय

C) गण्डकी विश्वविद्यालय

D) मधेश विश्वविद्यालय

१२. चालू आव २०८२/८३ को पुससम्म दिइएका मध्ये कुन वस्तु नेपालबाट धेरै मूल्यको निर्यात भएको छ?

A) सूर्यमुखीको प्रशोधित तेल

B) सेन्थेटिक यार्न

C) उनी गलैंचा कार्पेट

D) अलैंची

१३. दशौँ योजनाका रणनीति तलका मध्ये कुन होइन?

A) सामाजिक क्षेत्र र पूर्वाधार विकास

B) उच्च, दिगो र फराकिलो आर्थिक वृद्धि

C) लक्षित कार्यक्रम र सुशासन

D) सामाजिक सुरक्षा एवम् सामाजिक संरक्षण

१४. १६ औं योजनाले बेरोजगारी दर कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ?

A) ५

B) ६

C) ७

D) ८

१५. कति रकमसम्मको विदेशी लगानी उद्योग विभागले स्वीकृत गर्दछ?

A) रू. ३ अर्ब

B) रू. ६ अर्ब

C) रू. ८ अर्ब

D) रू. १० अर्ब

१६. सार्वजनिक संस्थानहरूको वर्गीकरणमा गोरखापत्र संस्थान कुन क्षेत्रभित्र पर्दछ?

A) सेवा

B) औद्योगिक

C) सामाजिक

D) जनोपयोगी

१७. गोरखापत्र दैनिकरूपमा प्रकाशन कहिलेदेखि सुरू भएको हो?

A) वि.सं. २००० असोज २९

B) वि.सं. २००३ पुस ८

C) वि.सं. २००५ जेठ ३०

D) वि.सं. २०१७ फागुन ७

१८. कुलुङ भाषामा समाचार सामग्री प्रकाशनसँगै गोरखापत्र दैनिकबाट बहुभाषामा समाचार सामग्री प्रकाशन हुने मातृभाषाको संख्या कति पुगेको छ?

A) ३५

B) ४२

C) ४६

D) ५१

१९. तलका कथनहरू मनन गरी कोडबाट ठीक उत्तर छान्नुहोस् ।

क) नेपाली भाषामा प्रकाशित पहिलो पत्रिकाको रूपमा वि.सं. १९४३ मा मोतीराम भट्टले काशीमा छपाएको 'गोरखा भारत जीवन' मासिकलाई लिइन्छ ।

ख) नेपालमै छापिएको पहिलो नेपाली पत्रिका वि.सं. १९५५ सालको साउन महिनामा प्रकाशित 'सुधा सागर' मासिक पत्रिका हो ।

A) क मात्र ठीक

B) ख मात्र ठीक

C) क र ख दुवै बेठीक

D) क र ख दुवै ठीक

२०. गोरखापत्र संस्थानको अन्तिम लेखापरीक्षण कतिजना अडिटरहरूले गर्ने व्यवस्था रहेको छ?

A) १

B) २

C) ३

D) ४

२१. लाभांश घोषित भएको मितिले कति समयसम्म कसैले दाबी नगरेमा समितिले सो लाभांश कर्पोरेसनको हितको निमित्त जफत गर्न सक्नेछ?

A) ५ वर्ष

B) ६ वर्ष

C) १० वर्ष

D) १५ वर्ष

२२. गोरखापत्र संस्थानको प्राविधिक सेवाको छैटौं तहमा रिक्त पदको कति प्रतिशत जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा बढुवा गरी पदपूर्ति गरिन्छ?

A) ३०

B) ५०

C) ७०

D) १००

२३. कम्पनी ऐन, २०६३ अनुसार प्राइभेट कम्पनीको सेयरधनीहरूको संख्या कतिजनासम्म हुने व्यवस्था छ?

A) २६

B) ५१

C) ६१

D) १०१

२४. संघीय सञ्चित कोषको सञ्चालन कुन निकायले गर्दछ?

A) अर्थ मन्त्रालय

B) महालेखा नियन्त्रक कार्यालय

C) महालेखापरीक्षकको कार्यालय

D) नेपाल राष्ट्र बैंक

२५. प्रसारणका क्षेत्रमा उपलब्ध आधुनिक प्रविधिको प्रयोगका लागि आवश्यक पर्ने लगानी हाल स्वदेशभित्रबाट मात्र सुधार नआएसम्म प्रसारण क्षेत्रको विकासका निमित्त बढीमा कति प्रतिशतसम्म विदेशी लगानीलाई समावेश गराइनेछ?

A) १५

B) २०

C) २५

D) ३०

२६. राष्ट्रिय आमसञ्चार नीति, २०७३ मा विज्ञापनसम्बन्धी निम्न बुँदा अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस् ।

क) राज्यद्वारा उपलब्ध गराइने लोककल्याणकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र उपलब्ध गराइने छ ।

ख) सर्वसाधारणलाई उपयोगी हुने विज्ञापनलाई प्रसारण गर्ने प्रसारकलाई प्रोत्साहन र प्रवर्धन गरिनेछ ।

ग) स्थानीय विज्ञापनलाई स्थानीय तहकै सञ्चार माध्यममा वितरण गर्नको लागि प्रोत्साहित गरिनेछ ।

A) सबै सही

B) क र ख मात्र सही

C) क र ग मात्र सही

D) ख र ग मात्र सही

२७. ब्रोडब्याण्डको कार्यान्वयन पक्षलाई समन्वयात्मक रूपमा अनुगमन गर्न गठित उच्चस्तरीय ब्रोडब्याण्ड नीति कार्यान्वयन निर्देशक समितिको अध्यक्ष को रहने व्यवस्था छ?

A) प्रधानमन्त्री

B) सूचना तथा सञ्चार मन्त्री/राज्यमन्त्री

C) सूचना तथा सञ्चार सचिव

D) अध्यक्ष, नेपाल दूरसञ्चार प्राधिकरण

२८. नेपालमा "Cyber Law" भनेर चिनिने ऐन कुन हो?

A) विद्युतीय शासन ऐन

B) ब्रोडब्याण्ड ऐन

C) विद्युतीय कारोबार ऐन

D) डिजिटल नेपाल फ्रेमवर्क

२९. विद्युतीय (इलेक्ट्रोनिक) कारोबार नियमावली, २०६४ बमोजिम विद्युतीय अभिलेख प्रमाणीकरण गर्ने इजाजतपत्रको लागि निवेदन दिने कुनैपनि व्यक्ति, फर्म वा कम्पनीले निवेदन दस्तुर कति बुझाउनु पर्दछ?

A) रू. १००

B) रू. ३००

C) रू. ५००

D) रू. १०००

३०. डिजिटल नेपाल फ्रेमवर्क, २०७६ मा उल्लिखित उद्देश्य निम्नमध्ये कुन होइन?

A) ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्नु

B) सूचना तथा तथ्यांकको संकलन तथा त्यसको प्रयोग गर्नु

C) डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्यहरू हासिल गर्नु

D) आमनागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहज रूपमा उपलब्ध गराउनु

३१. Which of the followings is a disadvantage of memory-mapped I/O?

A) Requires more address space

B) Cannot use memory instruction for I/O

C) Devices cannot be accessed directly

D) Slower than isolated I/O

३२. Which of the followings improves locality of reference?

A) Segmentation

B) Cache

C) DMA

D) Paging

३३. In sequential circuits, the output depends on .....

A) only current input

B) memory address

C) only clock signal

D) current input and previous state

३4. In multiple Bus structure, the registers are collectively placed and referred as .....

A) Set registers

B) Register file

C) Register block

D) Map registers

३५. Starvation differs from deadlock because .....

A) starvation may end eventually, deadlock may not

B) deadlock always ends, starvation does not

C) deadlock removal needs human intervention, but not in the case of starvation

D) starvation occurs only in memory allocation

३६. Which issue is the most critical in distributed message passing systems?

A) CPU clock speed

B) Screen resolution

C) Network latency

D) Keyboard input

३७. Which memory management scheme suffers from external fragmentation?

A) Segmentation

B) Paging

C) Swapping

D) Virtual memory

३८. Which algorithm is defined in Time Quantum?

A) Shortest job scheduling algorithm

B) Round Robin scheduling algorithm

C) Priority scheduling algorithm

D) Multilevel queue scheduling algorithm

३९. An ARP reply is sent as .....

A) Unicast

B) Broadcast

C) Multicast

D) Anycast

४०. Which transport layer protocol is connection oriented and provides reliable delivery?

A) UDP

B) ICMP

C) IP

D) TCP

४१. Which feature is available in IPv6 but not inherently supported in IPv4?

A) Dynamic Host Configuration Protocol

B) Subnetting using CIDR notation

C) Quality of Service via a Flow Label field

D) Manual IP address configuration

४२. The DNS, NFS and BOOTP are the common protocols and technologies in ..... layer.

A) Network

B) Transport

C) Session

D) Presentation

४३. Which of the following is a trivial functional dependency?

A) A→B

B) A→A

C) B→A

D) AB→C

४४. Which one condition is ideal from system running perspective?

A) MTBF should be small

B) MTTR should be small

C) MTBF large and MTTR small

D) MTBF and MTTR both small

४५. Which indexing method is best to be used in relational database for primary key?

A) B+ tree

B) Hash-based

C) Bitmap

D) Sequential

४६. An unrepeatable read problem occurs when the same database item is read ..... during a transaction.

A) once

B) twice

C) thrice

D) more than three times

४७. Which of the following ISO standards deals with software security?

A) ISO 9000

B) ISO 9001

C) ISO 15000

D) ISO 15504

४८. Spiral model is mainly based on .....

A) iterative coding

B) requirement freezing

C) sequential approach

D) risk driven approach

४९. In software maintenance, the changes to be committed due to change in underlying technology is called as .....

A) adaptive

B) corrective

C) perfective

D) preventive

५०. Regression testing ensures .....

A) new changes do not break existing functionality

B) code runs faster

C) reduced MTBF

D) project risks are reduced

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 57
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 66
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 92
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 62
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 180
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA