Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

गोरखापत्र प्रशासन अधिकृत परीक्षा, २०८३/०३/०७

  • Ajnabee Khadka
  • June 22, 2026
  • 655

गोरखापत्र प्रशासन अधिकृत परीक्षा, २०८३/०३/०७

Gorkhapatra Administration Officer Examination, 2083/03/07

विषय : सामान्य ज्ञान, शासकीय व्यवस्था र समसामयिक मामिला

  1. भक्तपुरका कुन राजालाई परास्त गरी पृथ्वीनारायण शाहले भक्तपुरमा विजय प्राप्त गरेका थिए? (A) रणजित मल्ल (B) विश्वजीत मल्ल (C) जगज्ज्योति मल्ल (D) श्रीनिवास मल्ल

  2. बौलाहा राजा भनी चिनिने राजा को हुन्? (A) प्रताप मल्ल (B) जयस्थिति मल्ल (C) जयप्रकाश मल्ल (D) लक्ष्मीनरसिंह मल्ल

  3. रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको चलन कसले चलाएका हुन्? (A) वरदेव (B) गुणकामदेव (C) पृथ्वीनारायण शाह (D) नरेन्द्रदेव

  4. वि.सं. २०१५ सालको आम निर्वाचनपछि गठित प्रतिनिधि सभाका सभामुख को बनेका थिए? (A) महेन्द्रनारायण निधि (B) काशीप्रसाद श्रीवास्तव (C) कृष्णप्रसाद भट्टराई (D) सुवर्णशमशेर

  5. संयुक्त राष्ट्रसङ्घको महासभा (UN General Assembly) लाई सम्बोधन गर्ने नेपालको पहिलो प्रधानमन्त्री (सरकार प्रमुख) को थिए? (A) टङ्कप्रसाद आचार्य (B) वि. पि. कोइराला (C) डा. तुलसी गिरी (D) सूर्यबहादुर थापा

  6. हीनयान, महायान र बज्रयान कुन धर्मका धार्मिक सम्प्रदाय हुन्? (A) सिख (B) जैन (C) बौद्ध (D) किराँत

  7. चाँगुनारायण मन्दिरको निर्माण कसले गरेका हुन्? (A) मानदेव (B) अंशुवर्मा (C) गुणकामदेव (D) नरेन्द्रदेव 

  8. 'जीवन काँडा कि फूल' कसको कृति हो? (A) बानिरा गिरी (B) पारिजात (विष्णुकुमारी वाइवा) (C) झमककुमारी घिमिरे (D) शारदा शर्मा

  9. तलका भनाइहरू मनन गरी सही उत्तर छनौट गर्नुहोस् । 
    क) नेपालको संविधानको धारा १ मा सार्वभौमसत्ता र राजकीयसत्ताको व्यवस्था गरिएको छ । 

    ख) नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजका आधारमा नेपालको नागरिक ठहर्नेछ । 
    ग) नेपालको संविधानको अनुसूची ७ मा संघ र प्रदेशको साझा अधिकारको सूची उल्लेख गरिएको छ ।

    (A) क सही, ख र ग गलत (B) क र ख सही, ग गलत (C) क र ग सही, ख गलत (D) ख र ग सही, क गलत

     

  10. वि.सं. २०७२ मा जारी भएको नेपालको संविधान हालसम्म कतिपटक संसोधन भएको छ? (A) १ (B) २ (C) ३ (D) ४

  11. नेपालको संविधान, २०१९ निर्माणका लागि गठन भएको मस्यौदा आयोगका अध्यक्ष को थिए? (A) ऋषिकेश शाह (B) शम्भुप्रसाद ज्ञवाली (C) कुलशेखर शर्मा (D) भगवतीप्रसाद सिंह (Note: Image shows a handwritten mark next to A)

  12. तलका मध्ये अन्तरप्रदेश परिषद्मा को सदस्य हुँदैन? (A) गृहमन्त्री (B) प्रदेशका मुख्यमन्त्री (C) परराष्ट्र मन्त्री (D) अर्थमन्त्री

  13. वि.सं. २०४८ सालको उच्चस्तरीय प्रशासन सुधार आयोग कसको अध्यक्षतामा गठन भएको थियो? (A) प्रधानमन्त्री (B) सामान्य प्रशासन मन्त्री (C) विज्ञ (D) उपप्रधानमन्त्री (Note: Image shows a handwritten mark next to A)

  14. पृथ्वीनारायण शाहको पालामा तिब्बत मामिला हेर्ने अड्डाको नाम के थियो? (A) उत्तर ढोका (B) छेमडेल खाना (C) जैसी कोठा (D) भोट खाना

  15. प्रदेश तथा स्थानीय तहलाई पूर्वाधार विकाससम्बन्धी योजना कार्यान्वयनका लागि नेपाल सरकारले प्रदान गर्ने अनुदान कुन हो? (A) वित्तीय समानीकरण अनुदान (B) सशर्त अनुदान (C) समपूरक अनुदान (D) विशेष अनुदान

  16. नेपालमा बराबर क्षेत्रफल भएका गाउँपालिका कुन कुन हुन्? (A) रोशी र तेमाल (B) चम्पादेवी र चिशङ्खुगढी (C) रावा बेसी र जन्तेढुङ्गा (D) दोरम्बा र सुनापति

  17. आ.व. २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशत रहने अनुमान छ? (A) ३.८५ (B) ४.३५ (C) ४.६१ (D) ४.९५

  18. उत्पादन क्षमताका आधारमा निम्न जलविद्युत आयोजनाहरूको सानोदेखि ठूलोको क्रम कुन सही हो? (A) मर्स्याङ्दी, कालीगण्डकी, चिलिमे, भोटेकोशी, खिम्ती (B) खिम्ती, भोटेकोशी, चिलिमे, कालीगण्डकी, मर्स्याङ्दी (C) भोटेकोशी, खिम्ती, चिलिमे, मर्स्याङ्दी, कालीगण्डकी (D) चिलिमे, भोटेकोशी, खिम्ती, मर्स्याङ्दी, कालीगण्डकी 

  19. सोलुखुम्बु जिल्लाभित्र नपर्ने विमानस्थल तलका मध्ये कुन हो? (A) स्याङबोचे (B) खानीडाँडा (C) काँगेलडाँडा (D) फाप्लु 

  20. नेपालमा स्वास्थ्य बीमा कार्यक्रम कहिलेदेखि सञ्चालनमा आएको हो? (A) वि.सं. २०७२ चैत २५ (B) वि.सं. २०७३ चैत २५ (C) वि.सं. २०७४ चैत २५ (D) वि.सं. २०७५ चैत २५

  21. चालु सोह्रौं योजनामार्फत नेपाल सरकारले अघि सारेको दीर्घकालीन सोच (२१००) अनुसार नेपालको साक्षरतादर (पाँच वर्ष माथिको) आ.व. २१००/०१ सम्म कति प्रतिशत पुऱ्याउने लक्ष्य लिएको छ? (A) ८० (B) ९५ (C) ९९ (D) १००

  22. मुग्लिङ-पोखरा सडक विस्तार आयोजना कसको ऋण सहयोगमा सञ्चालन भएको हो? (A) एसियाली विकास बैंक (B) जर्मन सरकार (C) भारत सरकार (D) एसियाली पूर्वाधार लगानी बैंक

  23. नेपालमा विदेशी लगानी स्वीकृत गर्ने निकाय कुन हो? (A) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (B) कम्पनी रजिस्ट्रारको कार्यालय (C) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय (D) उद्योग विभाग

  24. गोरखापत्रले शनिबारीय परिशिष्टाङ्क प्रकाशनको थालनी कहिले गरेको हो? (A) वि.सं. २००७ (B) वि.सं. २०१९ (C) वि.सं २०२७ (D) वि.सं. २०३८

  25. नेपालमा छापिएको पहिलो पत्रिका कुन हो? (A) गोरखा भारत जीवन (B) फूलपात (C) धर्मोदय (D) सुधासागर

  26. भारतबाट प्रकाशित नेपाली भाषाको पहिलो पत्रिका कुन हो? (A) आवाज (B) सुधासागर (C) गोरखा भारत जीवन (D) उज्यालो

  27. वि.सं. २००७ सालपूर्व नेपालले दौत्य सम्बन्ध कायम गरेको मुलुकको संख्या कति थियो? (A) २ (B) ४ (C) ६ (D) ८

  28. नेपाल संयुक्त राष्ट्रसङ्घको सदस्यता प्राप्त गर्ने कतिऔं सदस्य हो? (A) ७० (B) ७२ (C) ७३ (D) ७४

  29. संयुक्त राष्ट्रसङ्घको विशिष्टीकृत संस्था तलका मध्ये कुन होइन? (A) खाद्य तथा कृषि संगठन (FAO) (B) अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) (C) विश्व पर्यटन संगठन (UNWTO) (D) विश्व व्यापार संगठन (WTO)

  30. ASEAN को प्रधान कार्यालय कहाँ रहेको छ? (A) सिंगापुर (B) क्वालालम्पुर (C) बैंकक (D) जकार्ता

  31. विश्व बैंकले नेपालको योजनागत विकासको कुन आवधिक योजनाबाट सहयोग दिन सुरु गरेको हो? (A) दोस्रो योजना (B) चौथो योजना (C) छैटौं योजना (D) आठौं योजना

  32. SAARC को पहिलो शिखर सम्मेलन कहाँ सम्पन्न भएको थियो? (A) काठमाडौं (B) बेंगलोर (C) ढाका (D) इस्लामावाद

  33. ग्रेगर मेण्डलले आफ्नो अन्वेषण केको बिरुवामा गरेका थिए? (A) तोरी (B) केराउ (C) स्याउ (D) बदाम

  34. Sulphone Therapy को प्रयोग केको उपचारमा गरिन्छ? (A) कलेजो प्रत्यारोपण (B) क्यान्सर (C) कुष्ठरोग (D) मृगौला प्रत्यारोपण

  35. फेब्रुअरी-मार्च, २०२६ मा सम्पन्न भएको ICC Men's T20 World Cup Cricket मा कुन टोली विजयी भएको थियो? (A) पाकिस्तान (B) श्रीलंका (C) इङ्गल्याण्ड (D) भारत

  36. नेपालको समावेशी चरित्रलाई आत्मसात् गर्दै गोरखापत्रले विभिन्न मातृभाषामा समाचार र लेख प्रकाशन गर्ने कार्यको सुरुवात कहिलेदेखि गरेको हो? (A) वि.सं. २०६० वैशाख ११ (B) वि.सं. २०६१ साउन १ (C) वि.सं. २०६४ असोज १ (D) वि.सं. २०६५ मंसिर १५

  37. नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घद्वारा हालै १५ अप्रिललाई कुन दिवसको रूपमा मनाउने निर्णय भएको छ? (A) अन्तर्राष्ट्रिय आरोग्य दिवस (B) अन्तर्राष्ट्रिय ध्यान दिवस (C) अन्तर्राष्ट्रिय योग दिवस (D) अन्तर्राष्ट्रिय खुसी दिवस

  38. मौद्रिक नीति २०८२/८३ अनुसार मुद्रास्फीति कति प्रतिशत हाराहारीमा सीमित गर्ने लक्ष्य राखिएको छ? (A) ४.५ (B) ५ (C) ६ (D) ६.६१

  39. सियाचेन हिमनदी कुन महादेशमा पर्दछ? (A) अफ्रिका (B) अन्टार्कटिका (C) अष्ट्रेलिया (D) एसिया 

  40. विश्वको दोस्रो ठूलो महादेश कुन हो? (A) एसिया (B) अफ्रिका (C) उत्तर अमेरिका (D) दक्षिण अमेरिका

  41. किलिमञ्जारो हिमाल कुन देशमा पर्दछ? (A) पाकिस्तान (B) तान्जानिया (C) रुस (D) अर्जेन्टिना 

  42. राष्ट्रिय जनगणना, २०७८ अनुसार नेपालको जनसङ्ख्या वृद्धिदर कति प्रतिशत रहेको छ? (A) ०.९२ (B) ०.९८ (C) १.१० (D) १.३५

  43. भित्री मधेशको सबैभन्दा ठूलो जिल्ला कुन हो? (A) दाङ (B) उदयपुर (C) सुर्खेत (D) नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

  44. तलका मध्ये कुन जिल्लामा सबैभन्दा बढी फलाम खानी रहेको मानिन्छ? (A) ललितपुर (B) मुस्ताङ (C) नवलपरासी (बर्दघाट सुस्ता पूर्व) (D) नुवाकोट

  45. जटापोखरी कुन जिल्लामा अवस्थित छ? (A) दोलखा (B) बझाङ (C) बारा (D) खोटाङ

  46. अर्नाका लागि प्रसिद्ध क्षेत्र कुन हो? (A) ढोरपाटन शिकार आरक्ष (B) गौरीशंकर संरक्षण क्षेत्र (C) कोशीटप्पु वन्यजन्तु आरक्ष (D) बर्दिया राष्ट्रिय निकुञ्ज

  47. ISO-14000 केसँग सम्बन्धित छ? (A) वस्तुको गुणस्तर (B) पानीको शुद्धता (C) वातावरण व्यवस्थापन (D) प्रणालीको परीक्षण

  48. जलवायु परिवर्तनले पारेको असरबारे विश्व समुदायको ध्यान आकृष्ट गर्न सन् २००९ मा पहिलो पटक पानी मुनि मन्त्रिपरिषद्को बैठक कुन देशले सञ्चालन गरेको थियो? (A) श्रीलंका (B) नेदरल्याण्ड (C) न्यूजील्याण्ड (D) माल्दिभ्स

  49. अक्टोबर क्रान्तिलाई के नामले चिनिन्छ? (A) रुसी क्रान्ति (B) फ्रेन्च क्रान्ति (C) औद्योगिक क्रान्ति (D) चिनियाँ क्रान्ति

  50. तलका मध्ये कुन घटनालाई पहिलो विश्वयुद्धको थालनीको मुख्य कारक मानिन्छ? (A) भर्सेलिजको सन्धि (B) आर्ड्युक फ्रान्ज फर्डिनेन्डको हत्या (C) पोल्याण्डमाथि जर्मनीको हमला (D) रुसी क्रान्ति

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 29
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 200
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 97
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 88
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA