Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश स्थानीय कृषि सेवा, चौथो तह, नायब प्राविधिक सहायक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८२/१२/२०)

  • Ajnabee Khadka
  • April 04, 2026
  • 977

प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेश स्थानीय कृषि सेवा, चौथो तह, नायब प्राविधिक सहायक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (२०८२/१२/२०)

Agricultural Service, Fourth Level

१. नेपाललाई ४ वर्ण ३६ जात कायम कसले गरेका थिए ?

A. महेन्द्र मल्ल 

B. जयस्थिति मल्ल

C. यक्ष मल्ल

D. रत्न मल्ल

२. लुगुवा भञ्ज्याङ नेपालको कुन जिल्लामा पर्दछ ?

A. मनाङ

B. मुस्ताङ

C. डोल्पा

D. हुम्ला

३. समग्रमा गण्डकी प्रदेशको दोस्रो पञ्चवर्षीय आवधिक योजनामा कति प्रतिशत औसत आर्थिक वृद्धिदर हुने परिमाणात्मक लक्ष्य राखिएको छ ?

A. ६.५%

B. ७.५%

C. ८.६%

D. ९.५%

४. वि.सं. २०७८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दोब्बर हुन कति वर्ष लाग्ने प्रक्षेपण गरिएको छ ?

A. ४२ वर्ष 

B. ७५ वर्ष

C. ८३ वर्ष

D. ९५ वर्ष

५. सबै भन्दा बढी अक्सिजन उत्पादन गर्ने रुख कुन हो ?

A. पिपल

B. साल

C. वर

D. सल्लो

६. वि.सं. २०७८ सालको जनगणना अनुसार नेपालको जनसङ्ख्या दोब्बर हुन कति वर्ष लाग्ने प्रक्षेपण गरिएको छ ? 

A. ४२ वर्ष 

B. ७५ वर्ष

C. ८३ वर्ष

D. ९५ वर्ष

७. नेपालको संविधानको संघ, प्रदेश र स्थानीय तहको साझा सूची भित्र कुन पर्दैन ?

A. सामाजिक सुरक्षा

B. गरिबी निवारण

C. मूल्य अभिवृद्धि कर

D. सेवा शुल्क दस्तुर

८. संयुक्त राष्ट्रसंघको मुख्यालय हाल कुन देशमा रहेको छ ?

A. जनवादी गणतन्त्र चीन 

B. संयुक्त राज्य अमेरिका

C. संयुक्त अधिराज्य बेलायत

D. स्विजरल्याण्ड

९. UNDP को मुख्य उद्देश्य के हो ?

A. बाल अधिकार संरक्षण 

B. गरिबी निवारण र दिगो विकास

C. स्वास्थ्य सेवा विस्तार

D. शरणार्थी व्यवस्थापन

१०. दिइएका मध्ये कुन तथ्य सही छ ?

क. सामाजिक न्यायले सामाजिक समावेशीकरणलाई सम्बोधन गरेको हुन्छ ।

ख. लैङ्गिक समानताको विपरित अवधारणा लैङ्गिक समता हो ।

A. (क) र (ख) दुवै ठीक

B. (क) र (ख) दुवै बेठीक

C. (क) ठीक र (ख) बेठीक

D. (क) बेठीक र (ख) ठीक

११. तोक आदेश (Order) भनेको के हो ?

A. कार्यालयको कुनै पनि काम गर्न कर्मचारीलाई दिइने औपचारिक निर्देशन

B. बैठकका लागि तयार गरिने कार्यसूची

C. कार्यालयबाट लेखा खर्च गर्न जारी गरिने अनुमतिपत्र

D. गोप्य पत्रको अभिलेख राख्न प्रयोग गरिने कागजात

१२. सार्वजनिक निकायमा खरिद गर्नु अघि गरिने कामको क्रम मिलाउँदा कुन चाँही क्रम सही हो ?

A. खरिद योजना, माग सङ्कलन, लागत अनुमान, खरिद विधि 

B. मार्ग सङ्कलन, खरिद योजना, लागत अनुमान, खरिद विधि

C. खरिद विधि, माग सङ्कलन, लागत अनुमान, खरिद योजना

D. लागत अनुमान, माग सङ्कलन, खरिद विधि, खरिद योजना

१३. गण्डकी प्रदेशका कर्मचारीले आफ्नो नियुक्ति भएको कति दिन भित्र व्यक्तिगत विवरण (सिटरोल) भरी प्रदेश निजामती किताबखानामा पेश गर्नु पर्दछ ?

A. ७ दिन 

B. ३० दिन

C. ४५ दिन

D. ६० दिन

१४. भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार झुट्टा बिल भरपाई बनाई भुक्तानी लिने दिने वा बिलको दोहोरो भुक्तानी लिने दिने राष्ट्रसेवकलाई कति कैद सजाय हुन्छ ?

A. तीन महिना देखि तीन वर्षसम्म

B. छ महिना देखि तीन वर्षसम्म

C. तीन महिना देखि एक वर्षसम्म

D. एक वर्ष देखि पाँच वर्षसम्म

१५. गण्डकी प्रदेशको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ अनुसार स्थानीय तहले गठन गर्न सक्ने सेवा कुन होइन ?

A. स्थानीय शिक्षा सेवा

B. स्थानीय प्रशासन सेवा

C. स्थानीय कृषि सेवा

D. स्थानीय स्वास्थ्य सेवा

१६. तलका मध्ये कुन कार्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी भित्र पर्दछ ?

A. विवाद व्यवस्थापन

B. साइबर सुरक्षा अनुगमन

C. (A) र (B) दुवै

D. माथिका कुनै पनि होइन

१७. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार तोकिएको शर्त र सुविधा पुरा भएका स्थानीय तहलाई नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका कसरी घोषणा गर्न सकिन्छ ?

A. नेपाल सरकारले सम्बन्धित स्थानीय तह र प्रदेश सरकारसँग परामर्श गरेर

B. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सम्बन्धित स्थानीय तहसँग परामर्श गरेर

C. सम्बन्धित प्रदेश सभाले घोषणा गरेर

D. संघीय संसद्ले घोषणा गरेर

१८. बजेट कार्यान्वयनको अनुगमन गर्ने संवैधानिक निकाय कुन हो ?

A. अर्थ मन्त्रालय

B. राष्ट्रिय योजना आयोग

C. महालेखा परीक्षक

D. लोक सेवा आयोग 

१९. प्रदेश लोक सेवा आयोग गण्डकी प्रदेशले कहिलेदेखि कहिले सम्मको रणनीतिक योजना तयार गरी लागू गरेको छ ?

A. आ.व. २०७८/७९ देखि आ.व. २०८२/८३ सम्म

B. आ.व. २०७९/८० देखि आ.व. २०८३/८४ सम्म

C. आ.व. २०८०/८१ देखि आ.व. २०८४/८५ सम्म 

D. आ.व. २०८१/८२ देखि आ.व. २०८५/८६ सम्म

२०. नागरिक वडापत्रको सुरुवात कसले गरेका हुन ?

A. मार्गरेट थ्याचर (U.K.)

B. रोनाल्ड रेगन (U.S.A.)

C. जोन मेजर (U.K.)

D. अल गोर (U.S.A.)

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 68
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 80
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 61
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 140
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA