Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१६ असोज २०८१, बुधबार)

  • Ajnabee Khadka
  • October 05, 2024
  • 149

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१६ असोज २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१६ असोज २०८१, बुधबार)

१.  बेलायतस्थित ग्लोबल बैङ्किङ एन्ड फाइनान्स रिभ्यु म्यागेजिनले बैङ्किङ सिइओ अफ द इयर २०२४ बाट कसलाई सम्मानित गर्‍यो ?

➤ अनिर्भन घोष दस्तिदार (सिइओ, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क)

२.  सामाजिकी सेवा दिवस कहिले मनाइन्छ ? 

➤ असोज ६ गते

  • २०८१ को नारा : सुशासन र समृद्ध नेपाल राष्ट्रिय सोचाइ, दिगो सामाजिक विकास सङ्घ संस्थाको रोजाइ,
  • गैरसरकारी क्षेत्रबाट सञ्चालित सामाजिक कार्यलाई सङ्गठित रूपमा सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले विसं २०३४ असोज ६ गते समाज कल्याण परिषद्को स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष असाजे ६ गते यो दिवस मनाइँदै आएको छ ।

३.  दि एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेज (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७ औँ एकेडेमी अवार्डका लागि नेपालका तर्फबाट छनोट भएको चलचित्र कुन हो ? 

➤ शाम्बाला

  • मीनबहादुर भाम निर्देशित चलचित्र कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपति प्रथाको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

४.  श्रीलङ्काको राष्ट्रपतिमा निर्वाचित हुन सफल राजनीतिज्ञ को हुन् ? 

➤ अनुरा कुमारा दिसानायके

  • सन् २०२४ सेप्टेम्बर २२ मा उनी राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।
  • ५६ वर्षीय दिसानायके जनता विमुक्ति पेरामुना (जेभीपी) पार्टीका नेता हुन् ।
  • पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले स्पष्ट बहुमत ल्याउन नसकेपछि श्रीलङ्काको इतिहासमा पहिलो पटक राष्ट्रपति निर्वाचनमा दोस्रो चरणको प्रक्रिया अवलम्बन गरिएको हो ।
  • वर्तमान राष्ट्रपति रनिल विक्रमासिङ्घे निर्वाचनमा पराजित हुन पुगे ।

५.  विश्व शान्ति दिवस कहिले मनाइन्छ ? 

➤ सेप्टेम्बर २१

६. प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार कसलाई प्रदान गरियो ? 

➤ अखण्ड भण्डारी (अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक) र नेपाल प्रेस इन्स्टिच्युट (संयुक्त रूपमा)

  • पुरस्कार राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ ।
  • प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार बद्री सिग्देललाई प्रदान गरियो । पुरस्कार राशि रु. एक लाख १० हजार रुपियाँ रहेको छ ।
  • प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रातोपाटी डटकमलाई प्रदान गरिएको छ ।

७.  बालसाहित्यको महत्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन कहिले सम्पन्न भयो ? 

➤ वि.सं. २०८१ असोज ४–५

  • सम्मेलनमा नेपालबाट दुई सयभन्दा बढी र बाहिरबाट १० देशका ३१ जना विदेशी सर्जकको सहभागिता रह्यो ।
  • नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा बालसाहित्यसम्बन्धी पुस्तक प्रदर्शनी, कथा वाचन, बालचित्रकला प्रदर्शनी तथा समूहगत छलफल गरियो ।

८.  प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन कहिले न्युयोर्क प्रस्थान गर्नुभएको हो ?

➤ वि.सं. २०८१ असोज ४ (स्वदेश फिर्ता : असोज १४)

९.  साउथ एसियन ट्राभल अवार्डस् (साटा), २०२४ मा भिजिटर्स च्वाइस अवार्ड अन्तर्गत गोल्ड अवार्ड जित्ने एयरलायन्स कुन हो ? 

➤ श्रीलङ्कन एयरलायन्स

१०. मिस युनिभर्स इन्डिया–२०२४ को उपाधि कसले जितिन् ? 

➤ रिया सिङ्घा

११.  सन् २०२४ सेप्टेम्बरमा रसियामा सम्पन्न किनो चलचित्र महोत्सवमा पहिलो पुरस्कार प्राप्त गर्न सफल लघु चलचित्र कुन हो ? 

➤ दि स्कुल वाल (नेपाल)

  • लाइट अफ दी वल्र्ड नाराका साथ आयोजित सो फेस्टिभलमा सहभागी विभिन्न १२१ देशका ३४९१ चलचित्रमध्ये ‘दि स्कुल वाल’ ले पहिलो स्थान हासिल गरेको हो ।
  • प्रतियोगितामा भारत दोस्रो र अमेरिकाको चलचित्रले तेस्रो स्थान प्राप्त गरे ।
  • दि स्कुल वालमा पर्खालका रूपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ ।
  • यस लघु चलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराई मूलका बालकको सङ्घर्षको कथालाई प्रस्तुत गरिएको छ ।

१२.  प्राचीनकालमा कर्णाली क्षेत्रलाई के भनिन्थ्यो ?

➤ स्वर्णप्रस्थ

  • ११ औँ शताब्दीपछि यसलाई ‘सपादलक्ष्य’ (सवा एक लाख गाउँ भएको भूमि) भन्न थालियो ।
  • कर्णाली नदीलाई रैथाने तिब्बती भाषामा ‘माप्चा खम्बाब’ भनी सम्बोधन गरिन्छ ।

१३.  व्यावसायिक रूपमा प्रयोग गरिएको नेपालको पहिलो रोबोट कुन हो ?

➤ परी

१४.  मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?

➤ फादर विलियम बर्क (कृति : सही शब्द, वि.सं. २०५१)

१५.  २०८१ सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो ? 

➤ लक्ष्मण गाम्नागे

  • भैरव वाङ्मय पुरस्कार चुडामणि गौतमलाई प्रदान गरिएको छ ।
  • दुवै पुरस्कारको राशि १,११,१११ ।– रुपियाँ रहेको छ ।
  • ५१,१११ ।– रुपियाँ राशिको भैरव प्रतिभा पुरस्कार कलाकार लक्ष्मी गिरीलाई प्रदान गरियो ।

१६.  वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले सरकारले प्रदूषण शुल्क शीर्षकमा कहिलेदेखि कर लगाउँदै आएको छ ?

➤ आ.व. २०६५/६६

१७. संयुक्त राष्ट्रसङ्घद्वारा अन्तर्राष्ट्रिय पारिस्थितिकीय प्रणालीको पुनस्र्थापना दशकका रूपमा घोषणा गरिएको दशक कुन हो ?

➤ सन् २०२१–२०३०

१८.  विश्वमा सबैभन्दा बढी प्रजातिका वनस्पति पाइने देश कुन हो ?

➤ ब्राजिल

१९.  एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ सेप्टेम्बरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार आव २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर कति रहने अनुमान छ ? 

➤ ४.९ प्रतिशत

  • एडिबीद्वारा सेप्टेम्बर २५ मा सार्वजनिक गरिएको एसियन डेभलपमेन्ट आउटलुकमा उक्त प्रक्षेपण गरिएको हो ।
  • आ.व. २०८०/८१ का लागि एडिबीको प्रक्षेपण अनुमानित ३.९ प्रतिशत थियो ।

२०.  नेपालमा प्रमुख जिल्ला अधिकारीको व्यवस्था कहिलेदेखि भएको हो ?

➤ वि.सं. २०२२ पुस १

२१.  राष्ट्र बैङ्कका अनुसार कुन आधार वर्षलाई आधार मानी मूल्य सूचकाङ्क गणना गरिने भएको छ ? 

➤ आ.व २०८०/८१

  • हालसम्म आधार वर्ष २०७१/७२ को अनुसार मूल्य सूचकाङ्क गणना हुँदै आएको थियो ।
  • चालु आव २०८१/८२ को साउनदेखि नै नयाँ आधार वर्ष अनुसार उपभोक्ता मूल्य सूचकाङ्क गणना गरिने राष्ट्र बैङ्कले जनाएको (२०८१ असाजे ९ मा) छ ।
  • राष्ट्र बैङ्कका अनुसार अब ५२५ वस्तु तथा सेवाको आधारमा मूल्य सूचकाङ्क गणना गरिने छ । हालसम्म ४९६ वटा वस्तु तथा सेवाको आधारमा मूल्य सूचकाङ्क गणना गरिन्थ्यो । केही विलय भएका वस्तु तथा सेवालाई हटाएर थप भएका वस्तु तथा सेवा यसमा जोडिएका छन् ।
  • अब ७७ जिल्लाबाट मूल्य सूचकाङ्कको नमुना सङ्कलन गरिने छ । हालसम्म ५० जिल्लाबाट मात्रै मूल्य सूचकाङ्कको नमुना सङ्कलन गरिन्थ्यो ।

२२.  नेपालमा फोटोसहितको मतदाता नामावलीको सुरुवात कहिलेदेखि भएको हो ?

➤ वि.सं. २०६७ भदौ २८

२३.  प्रधानमन्त्री क्रिश्चियन भए राष्ट्रपति मुस्लिम राष्ट्रपति क्रिश्चियन भए प्रधानमन्त्री मुस्लिम हुने देश कुन हो ?

➤ लेबनान

२४.  ब्लु इकोनोमी भन्नाले के बुझिन्छ ?

➤ समुद्रसँग जोडिएर गरिने आर्थिक क्रियाकलापसँग सम्बन्धित दिगो विकासको मोडल

२५.  सरकारले याक दिवसका कुन दिन मनाउन तय गरेको छ ? 

➤ वैशाख ७

  • वि.सं. २०८१ असोज २ को मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।
  • याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ ।
  • याक अनुवांशिक स्रोतकेन्द्रले २०८० वैशाख ७ गते आफ्नो ५० औँ स्थापना दिवस मनाउने सन्दर्भमा याक तथा चौँरीको संरक्षण र संवर्धनका लागि वैशाख ७ लाई राष्ट्रिय याक दिवस घोषणा गरी मनाउने निर्णय गरिएको हो ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 422
  • Gorkhapatra 249
  • Others 730
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Description of literary sources on the beginning of human settlement and statehood in Nepal
Current Affairs

नेपालमा मानव बसोबास र राज्य व्यवस्थाको आरम्भसम्बन्धी साहित्यिक स्रोतको वर्णन

  • Oct 13, 2025
  • 49
Which homestay village has been declared the best in the country?
Current Affairs

देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ?

  • Oct 13, 2025
  • 64
The People's Movement of 1991 and subsequent politics
Others

२०४६ सालको जनआन्दोलन र त्यसपछिको राजनीति

  • Oct 12, 2025
  • 54
Entrepreneur honored with Lifetime Achievement Award at NewBiz Business Women Summit & Awards 2025
Current Affairs

न्युबिज विजनेस वुमन समिट एन्ड अवार्डस् २०२५ मा लाइफाटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उद्यमी

  • Oct 12, 2025
  • 71
Political developments after the Rana period
Others

राणाकालपछिको राजनीतिक विकासक्रम

  • Oct 10, 2025
  • 71
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA