Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

विधुत प्राधिकरण प्राविधिक ५ औँ तहमा लोकसेवा द्वारा सोधिएको प्रश्नहरू

  • Susmita Shrestha
  • June 17, 2024
  • 849

विधुत प्राधिकरण प्राविधिक ५ औँ तहमा लोकसेवा द्वारा सोधिएको प्रश्नहरू

विधुत प्राधिकरण प्राविधिक ५ औँ तहमा लोकसेवा द्वारा सोधिएको प्रश्नहरू

1. भावर क्षेत्रले नेपालको कुल क्षेत्रफलको कति प्रतिशत भू-भाग ओगटेको छ ?

A) २५

B) ३५

C) ४५

D) ५५

2. Michael Karga ले कहिले सगरमाथालाई तेस्रो ध्रुव (Third Pole) को उपमा दिएका थिए?

A) वि.सं. १९८७

B) वि.सं. १९९०

C) वि.सं. १९९७

D) वि.सं. २००३

3. नेपालमा १२०० मिटरको उचाईदेखि २१०० मिटरको उचाईसम्म कुन हावापानी पाइन्छ ?

A) न्यानो समशीतोष्ण

B) उष्ण मनसुनी

C) ठण्डा समशीतोष्ण

D) लेकाली

4. झिमरुक जलविद्युत आयोजना कुन जिल्लामा रहेको छ?

A) कास्की

B) गुल्मी

C) प्यूठान

D) सल्यान

5. अरुण तेस्रो जलविद्युत आयोजनाको उत्पादन क्षमता कति मेगावाट रहेको छ?

A) ८८५

B) ९००

C) ९१५

D) १०००

6. त्रिशुली नदीको पौराणिक नाम के हो?

A) यशोधारा

B) विश्वधारा

C) धर्मावती

D) धर्मधारा

7. रामसार साइटमा सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्र कुन हो?

A) कोशीटप्पु.

B) जगदिशपुर ताल

C) गोक्यो ताल

D) फेवाताल

8. पञ्चेबाजामा देहायको कुन पर्दैन ?

A) सहनाई

B) नरसिंहा

C) दमाहा

D) कर्नाल

9. तमु भाषा कुन भाषा परिवारभित्र पर्दछ ?

A) द्रविड

B) भारोपेली

C) भोट-बर्मेली

D) आग्नेय

10. मुकदुम के सँग सम्बन्धित छ?

A) चेपाङ जातिको धर्मशास्त्र

B) शेर्पा जातिको धर्मशास्त्र

C) लिम्बु जातिको धर्मशास्त्र

D) सुनुवार जातिको धर्मशास्त्र

11. तलका मध्ये कुन राज्य तत्कालीन चौबिसे राज्य अन्तर्गत पर्दैन थियो ?

A) जुम्ला

B) भिरकोट

C) कास्की

D) पाल्पा

12. वैकल्पिक ऊर्जा कुन तहको सरकारको क्षेत्राधिकार भित्र समावेश गरिएको छ?

A) प्रदेश र स्थानीय तहको साझा अधिकार

B) प्रदेशको एकल अधिकार

C) स्थानीय तहको एकल अधिकार

D) संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार

13. महानगरपालिका घोषणा हुन उक्त क्षेत्रमा कम्तीमा कति स्थायी बासिन्दाको बसोबास भएको हुनुपर्दछ?

A) ५ लाख.

B) ४ लाख ५० हजार

८) ३ लाख ५० हजार

D) ३ लाख

14. पन्ध्रौं योजनाले योजनाको अन्त्यसम्ममा नेपालको निरपेक्ष गरिबी कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ?

A) ९५

B) १०

C) १०.५

D) ११

15. पन्ध्रौ योजनाको अन्त्यसम्ममा प्रतिव्यक्ति विद्युत उपभोग कति किलोवाट घण्टा पुन्याउने लक्ष्य राखिएको छ ?

A) ४००

B) ५००

C) ६००

D) ७००

16. पन्ध्रौ योजनाको पहिलो रणनीति तलका मध्ये कुन हो ?

A) उत्पादन र उत्पादकत्व वृद्धि गर्ने

B) आन्तरिक र अन्तरदेशीय अन्तरआवद्धता बृद्धि गर्ने

C) तिव्र, दिगो र रोजगारमूलक आर्थिक बृद्धि गर्ने

D) सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षाको सुनिश्चितता गर्ने

17. दिगो विकासका पाँच आधार स्तम्भमा तलका मध्ये कुन पर्दैन ?

A) पृथ्वी

B) मानव

C) सुशासन

D) समृद्धि

18. वातावरणसँग सम्बन्धित ग्लोबल-५०० पुरस्कार प्राप्त गर्ने प्रथम नेपाली को हुन् ?

A) डा. सन्दुक रुइत

B) शेष घले

C) डा. कृष्णकुमार पाण्डे

D) डा. क्षितिजचरण गोर्खाली

19. हाम्री बहिनी नामक अभियान के सँग सम्बन्धित छ ?

A) पारिवारिक सहिष्णुता

B) वातावरणमैत्री उद्यमशीलता

C) सामाजिक कुप्रथा विरूद्धको जनचेतना

D) शैक्षिक जागरण

20. विमस्टेकमा नेपालले संयोजन गरेको सहयोगको क्षेत्र देहायको मध्ये कुन हो ?

A) व्यापार र लगानी (Trade and Investment)

B) वातावरण र जलवायु परिवर्तन (Environment and Climate Change)

C) जनसम्पर्क (People to People Contact)-

D) कृषि र खाद्य सुरक्षा (Agriculture and Food Security)

21. युरोपियन युनियनका सदस्य राष्ट्रहरूले युरोपमा शान्ति र एकताका लागि हरेक वर्ष युरोप डे कहिले मनाउँछन् ?

A) १० डिसेम्बर

B) ९ मे

C) २० जुन

D) ७ अगष्ट

22. आशियानको संस्थापक राष्ट्र तलका मध्ये कुन होइन ?

A) कम्बोडिया

B) इण्डोनेसिया

C) मलेसिया

D) सिंगापुर

23. Global Innovation Index, 2023 अनुसार विश्व नवप्रवर्तनात्मक मुलुकको Ranking मा नेपाल कति औं स्थानमा छ ?

A) १०८

B) १०९

C) ११०

D) ११२

24. चन्द्रमामा पुग्ने पाँचौ राष्ट्र तलका मध्ये कुन हो ?

A) भारत

B) चीन

C) जापान

D) अष्ट्रेलिया

25. सन् २०२४ को अष्ट्रेलियन ओपन टेनिसको पुरुष एकलतर्फको उपाधि कसले प्राप्त गरे ?

A) Jannik Sinner

B) Daniil Medvedev

C) Rafael Nadal

D) Andy Murray

26. ४ वर्षमा ५ प्रतिशतका  दरले कति रकमको मिश्रघन रू. १५०० हुन्छ ?

A) रु. १०५०

B) रू. ११५०

C) रु. १२५०

D) रू. १३५०

27. यदि १२ वटा कपीको मूल्य रू ४८ पर्दछ भने रू ९२ मा कति वटा कपी किन्न सकिएला?

A) २३

B) २४

C) २५

D) २६

28. निम्न अंकहरू मध्ये कुन सानो हो ?

A) ५/६

B) ६/७

C) ७/८

D) ८/९

29. ५ वटा संख्याहरूको औषत २७ छ । यदि एउटा संख्या हटाउँदा औषत २५ भयो भने हटाइएको संख्या पत्ता लगाउनुहोस् ।

A) ५०

B) ४५

C) ४०

D) ३५

30 .८० को ४/५ र ८० को ४० प्रतिशतको फरक कति हुन्छ?

A) ३२

B) ३४

C) ३६

D) ४०

31. ८/३ मा २ जोडेर कति घटाउँदा ४ / ३ हुन्छ ?

A) ४ / ३

B) १०/३

C) ५/३

D) ८/३

32. हरिले रू ५०० मा २० वटा चकलेट किनेर प्रति चकलेट रू. ३० को दरले बेचेको भए उसलाई कति नाफा हुन्थ्यो होला ?

A) रू. ५०

B) रू. १००

C) रू.१५०

D) रू.२००

33. निम्न मध्ये कुन अनुपात १६ / २४ को समतुल्य अनुपात (Equivalent Ratio) होइन ?

A) ६ / ९

B) १०/१५

C) १२/१८

D) २०/३२

34. ६.६६, ३.१३ र १.००६ को गुणनफल कति हुन्छ ?

A) १९.९४०५८३२

B) १९.५२१६३२४

C) २०.९७०८७४८

D) २०.५१२४३६५

35. तल दिइएको श्रेणीक्रमलाई पूरा गर्नुहोस् ।
०, ३, ८, १५. ?

A) १८

B) २३

C) २४

D) २५

49. नेपाल विद्युत कर्पोरेशनलाई कहिलेदेखि नेपाल विद्युत प्राधिकरण बनाइएको हो ?

A) विसं. २०४२ जेठ १

B) वि.सं. २०४२ असार १

C) वि.सं. २०४२ साउन १

D) वि.सं. २०४२ भाद्र १०

50. नेपालको निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकी जलविद्युत आयोजना कुन प्रकारको आयोजना हो?

A) Run of River

B) Reservoir / Storage

C) Cascade

D) Pre Run of River

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 68
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 80
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 60
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 139
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA