Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१० असार २०८३, बुधबार)

  • Ajnabee Khadka
  • June 24, 2026
  • 259

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१० असार २०८३, बुधबार)

Public Service Preparation Special: Objective Question and Answer (10 Ashar 2083, Wednesday)

१. चलचित्र विकास बोर्डद्वारा आयोजित ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८३’ समारोहमा प्रतिष्ठित ‘दीर्घ साधना सम्मान’ बाट कसलाई सम्मानित गरियो ?

➤हास्य कलाकार मदनकृष्ण श्रेष्ठ (नगद तीन लाख ७५ हजार रुपियाँसहित)

विजेता चलचित्र एवं विधागत पुरस्कारहरू :

  • सर्वोत्कृष्ट चलचित्र: ऊनको स्वेटर
  • उत्कृष्ट निर्देशक: नवीन चौहान (चलचित्र : ऊनको स्वेटर)
  • उत्कृष्ट अभिनेतृ: मिरुना मगर (चलचित्र : ऊनको स्वेटर)
  • उत्कृष्ट अभिनेता: नीर शाह (चलचित्र : परान)
  • उत्कृष्ट लेखक (पटकथा तथा संवाद): दीपकप्रसाद आचार्य (काकु) र यम थापा (चलचित्र : परान)
  • उत्कृष्ट छायाङ्कन: पदमबहादुर श्रेष्ठ ‘बाबु’ (चलचित्र : कोशेढुङ्गा)
  • उत्कृष्ट सम्पादन: नहकुल खड्का (चलचित्र : कोशेढुङ्गा)
  • आदिवासी जनजाति तथा विशेष चलचित्र: इन्दिरा धिमे मैचा (नेपाल भाषा)
  • विशेष चलचित्र पुरस्कार: ज्योतिराज राई (चलचित्र : नाक्छोङ)
  • निर्णायक समिति (जुरी) प्रोत्साहन पुरस्कार: आना शर्मा (चलचित्र : रमिताको पिरती) र विमोचन दवाडी (चलचित्र : झरी पछिको इन्द्रेणी) ।
  • राष्ट्रिय चलचित्र सम्मान: मेनुका प्रधान, लक्ष्मी बर्देवा, एञ्जिला सुब्बा, रोहित रुम्बा, अभिनाश विक्रम शाह, डा. सिंह गुरुङ, विनोद शेरचन, विष्णु गोपाल श्रेष्ठ, शङ्कर पाण्डे र पत्रकार प्रकाश सुवेदी (१० स्रष्टा) ।
  • मरणोपरान्त सम्मान: पत्रकार स्वर्गीय दिनेश सिटौला (राशि : ५० हजार रुपियाँ) 
  • पुरस्कार राशि:  दीर्घ साधना र मरणोपरान्त सम्मानबाहेकका सबै विधागत पुरस्कारको राशि जनही २५ हजार रुपियाँ रहेको छ ।

२. विश्व सङ्गीत दिवस कहिले मनाइने गरिन्छ ? 

➤जुन २१ 

  • सन् १९८२ देखि मनाउन सुरु गरिएको छ । 
  • नेपालमा वि.सं २०४५ सालदेखि मनाउन थालिएको हो ।
  • सङ्गीत केवल धुनहरूको संयोजन मात्र होइन, यो मानव भावनाको प्रकटीकरण र ब्रह्माण्डकै सबैभन्दा शक्तिशाली अभिव्यक्ति हो । यही शाश्वत सत्यलाई आत्मसात् गर्दै सन् १९८२ देखि सङ्गीत दिवस मनाउन थालिएको छ । 
  • कुनै पनि भूगोल, जाति, राजनीति वा भाषाको सिमानामा नबाँधिने सङ्गीतले संसारभर आपसी सद्भाव, शान्ति र मानवताको अद्वितीय सन्देश फैलाउँदै यसलाई ‘विश्वव्यापी साझा भाषा’ का रूपमा स्थापित गरेको पाइन्छ ।
  • आधुनिक युगको व्यस्तता र मानसिक तनावको चपेटामा परेको मानव जीवनका लागि सङ्गीत ‘औषधीबिनाको उपचार’ अर्थात् एक प्रभावकारी ‘म्युजिक थेरापी’ सिद्ध भएको छ । दैनिक जीवनमा मनपर्ने सङ्गीतको परकम्पले मानसिक स्वास्थ्यको सुदृढीकरण, एकाग्रता वृद्धि र आध्यात्मिक चेतना जगाउँदै मानव आत्मालाई शुद्ध पार्ने सामथ्र्य राख्छ । अत: विश्व सङ्गीत दिवसले सङ्गीतको यही मनोरञ्जनात्मक, सामाजिक, सांस्कृतिक र उपचारात्मक महिमालाई प्रवर्धन गर्दै मानव जीवनमा उज्यालो र खुसी भर्ने काम गरिरहेको छ ।

३. बागमती प्रदेश आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार आव २०८२/८३ मा प्रदेशको आर्थिक वृद्धिदर कति रहने अनुमान छ ? 

➤५.४ प्रतिशत

  • बागमती प्रदेशको कुल गार्हस्थ उत्पादन २४ खर्ब २३ अर्ब रुपियाँ रहने अनुमान छ । 
  • प्रतिव्यक्ति आय २,६४४ अमेरिकी डलर पुग्ने अनुमान छ । 
  • क्षेत्रगत योगदान (बागमती प्रदेश): 
    • सेवा क्षेत्र : ७६.६ प्रतिशत 
    • उद्योग क्षेत्र : १२.२ प्रतिशत 
    • कृषि क्षेत्र : ११.२ प्रतिशत 

४. हालै प्रतिष्ठित अन्तर्राष्ट्रिय मापदण्ड ‘आइएसओ ९००१’ र ‘आइएसओ १४००१’ प्रमाणीकरण प्राप्त गर्न सफल नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनी कुन हो ?

➤एनसेल 

  • एनसेलले गुणस्तर व्यवस्थापन प्रणालीका लागि आइएसओ ९००१ र वातावरणीय व्यवस्थापन प्रणालीका लागि आइएसओ १४००१ को अन्तर्राष्ट्रिय मान्यता पाएको छ । 
  • यसअघि एनसेलले २०८१ पुसमा डेटा सुरक्षाका लागि आइएसओ २७००१:२०२२ र गोपनीयता व्यवस्थापनका लागि आइएसओ २७७०१:२०१९ मान्यताको प्रमाणपत्र पाएको थियो; जुन यो वर्ष नवीकरणसमेत भएको छ ।

५. बेलायतका प्रधानमन्त्री केयर स्टार्मरले आफ्नो पदबाट राजीनामा दिने घोषणा कहिले गरेका हुन् ?   

➤सन् २०२६ जुन २२ 

  • अपेक्षाकृत रूपमा आर्थिक सुधार गर्न नसकेको आलोचना भइरहेको परिप्रेक्ष्यमा उनले राजीनामा दिएका छन् । 
  • उनी ५ जुलाई २०२४ मा प्रधानमन्त्री बनेका थिए ।

६. अनौठो प्राकृतिक विशेषता बोकेको प्रसिद्ध ‘गाजाको दह’ कहाँ पर्दछ ?

➤जैमिनी नगरपालिका३, दमेक (बागलुङ)

  • यो दह बागलुङको जैमिनी नगरपालिकामा अवस्थित हुनुका साथै काठेखोला र बरेङ गाउँपालिकाको सिमाना नजिक पर्दछ ।
  • यो दह समुद्री सतहदेखि करिब २,४९५ मिटरको उचाइमा अवस्थित छ ।
  • दहको नजिकै घना जङ्गल भए पनि पानीको सतहमा पातहरू तैरिएको देखिँदैन । हावाको बहाब र रैथाने चराहरूले खसेका पात ठुँडले टिपेर बाहिर फाल्ने हुनाले यो दह सदा ऐना जस्तै कञ्चन रहन्छ ।
  • यस दहलाई देवराज इन्द्रको हात्ती ‘ऐरावत’ (गज) ले पानी खाने स्थानसँग जोडेर हेरिन्छ । दहको सामीप्यमा सिद्धवराह र शिव मन्दिर रहेका छन्, जहाँ जनैपूर्णिमा, साउनको सोमबार र शिवरात्रिमा मेला लाग्छ ।
  • यहाँबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छे«लगायतका हिमालको दृश्यावलोकनका साथै बागलुङ, पर्वत, गुल्मी तथा स्याङ्जाका विभिन्न भूभाग अवलोकन गर्न सकिन्छ । 

७. ‘बेइजिङ ३०’ को विश्वव्यापी समीक्षा र मूल्याङ्कनका लागि संयुक्त राष्ट्रसङ्घको ६९ औँ महिला आयोगको बैठक कहिले र कहाँ आयोजना गरियो ? 

➤सन् २०२५ मार्च १०२१, संयुक्त राष्ट्रसङ्घीय मुख्यालय, न्युयोर्क (अमेरिका) 

  • सन् १९९५ सेप्टेम्बरमा चीनको बेइजिङमा चौथो विश्व महिला सम्मेलन भएको थियो । त्यसको ठिक ३० वर्ष पुगेको अवसरमा सन् २०२५ लाई ‘बेइजिङ+३०’ को रूपमा विश्वभर मनाइएको र समीक्षा गरिएको छ ।
  • मुख्य एजेन्डा : बेइजिङ घोषणापत्रको ३० बर्से समीक्षा । 

८.  नेपाल सरकारद्वारा राष्ट्रिय खेलकुद नीति २०८२ कहिले सार्वजनिक गरिएको हो ? 

➤वि.सं. २०८२ असार १६ गते 

  • मन्त्रीपरिषद्बाट स्वीकृत भएको मिति : वि.सं. २०८२ असार ९ 
  • औपचारिक रूपमा सार्वजनिक गरिएको मिति : वि.सं. २०८२ असार १६ गते
  • यस नीतिले ‘राष्ट्रिय खेलकुद नीति, २०६७’ लाई पूर्ण रूपमा प्रतिस्थापन गरेको छ । 
  • नीतिमा खेलाडीको दिगोपन, रोजगारी र सामाजिक सुरक्षा सुनिश्चित गर्न तीनै तह (सङ्घ, प्रदेश र स्थानीय) मा ‘खेलाडी कल्याणकारी कोष’ खडा गर्ने व्यवस्था गरिएको छ । साथै खेलकुदको व्यवसायीकरणका लागि निजी क्षेत्रलाई संस्थागत सामाजिक उत्तरदायित्वमार्फत जोड्ने विशेष परिकल्पना गरिएको छ । 

९. विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला को हुन् ?

➤दावा याङ्जुम शेर्पा (दोलखा) 

  • उनले सन् २०२४ अक्टोबर ९ (वि.सं. २०८१ असोज २३) मा चीनको तिब्बतमा अवस्थित सिसापाङ्मा हिमाल (८,०२७ मिटर) को सफल आरोहण गरेर यो ऐतिहासिक कीर्तिमान पूरा गरेकी हुन् ।

१०. बेँसीसहरदेखि हिमाली जिल्ला मनाङसम्म पुग्ने गरी सञ्चालनमा ल्याइएको वैकल्पिक पदमार्गलाई के नामकरण गरिएको छ ?

➤लालुपाते पदमार्ग

११. संयुक्त राष्ट्रसङ्घीय कृषि तथा खाद्य सङ्गठन (एफएओ) ले बालीको रोग पत्ता लगाउन सञ्चालनमा ल्याएको एप्स कुन हो ?

➤टेलिप्लान्ट डाक्टर

१२. सङ्गीत क्षेत्रको विश्वकै प्रतिष्ठित ग्रामी अवार्डको इतिहासमा सबैभन्दा बढी चार पटक ‘एल्बम अफ दी इयर’ अवार्ड जितेर कीर्तिमान कायम गर्ने कलाकार को हुन् ?

➤टेलर स्विफ्ट (अमेरिकी गायिका)

  • टेलर स्विफ्ट ग्रामी अवार्डको इतिहासमा चार पटक ‘एल्बम अफ दी इयर’ जित्ने विश्वकै पहिलो र एक मात्र सङ्गीतकार हुन् । उनले यस विधामा ३३ पटक अवार्ड जितेका लिजेन्ड कलाकारहरू फ्रैङ्क सिनात्रा, स्टिभी वन्डर र पल साइमनको कीर्तिमानलाई तोड्न सफल भएकी हुन् ।
  • पुरस्कृत एल्बमहरू : फियरलेस (२०१०), १९८९ (२०१६), फल्कलोर (२०२१) र मिडनाइट्स (२०२४) । 

१३. अन्तर्राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ? 

➤जुन २१ 

  • सन् २०२६ (१२ औँ) को नारा : स्वस्थ बुढ्यौलीका लागि योग ।
  • सन् २०२५ को नारा : ‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ ।  
  • सन् २०१४ सेप्टेम्बर २७ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा संयुक्त राष्ट्रसङ्घको ६९ औँ महासभा समक्ष राखिएको प्रस्ताव पारित भएपश्चात् सन् २०१५ जुन २१ देखि विश्वभर औपचारिक रूपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । 
  • नेपालमा आन्तरिक रूपमा वि.सं. २०७२ माघ १ गतेदेखि प्रत्येक वर्ष माघ १ लाई राष्ट्रिय योग दिवसका रूपमा मनाइँदै आइएको छ । 

१४. दैलेखको जलजले क्षेत्रमा कति वर्षलाई पुग्ने (स्वदेशी खपतका लागि) प्राकृतिक ग्यासको भण्डार फेला परेको छ ?

➤कम्तीमा ५० वर्ष

  • प्रारम्भिक खानी अन्वेषण प्रतिवेदन अनुसार सो क्षेत्रमा एक अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भूमिगत भण्डार रहेको पुष्टि भएको छ ।
  • चीन सरकारको आधिकारिक निकाय ‘चाइना जियोलोजिकल सर्भे’ ले वि.सं. २०८० वैशाखदेखि सुरु गरेको विस्तृत ड्रिलिङ र अनुसन्धानको अन्तिम नतिजा वि.सं. २०८२ असारमा बाहिर आएको हो ।
  • हाल नेपालको कुल वैदेशिक आयातमध्ये १८ प्रतिशत हिस्सा पेट्रोलियम पदार्थले मात्र ओगटेको छ । 
  • यो खानीको व्यावसायिक उत्खनन सफल भएमा नेपाली भान्छा र यातायातका साधनमा स्वदेशी इन्धन प्रयोग भई देशको अर्थतन्त्रले अभूतपूर्व छलाङ मार्ने विश्वास गरिएको छ ।

१५. हाल कार्यान्वयनमा रहेको पर्यटन नीति कुन हो ? 

➤राष्ट्रिय पर्यटन नीति, २०८२

  • नेपाल सरकार (मन्त्रीपरिषद्) द्वारा स्वीकृत : वि.सं. २०८२ असार १३ 
  • राष्ट्रिय पर्यटन नीति, २०६५ लाई प्रतिस्थापन गरी आएको यस नीतिले परम्परागत पर्यटन शैलीलाई परिमार्जन गर्दै डिजिटल पर्यटन, पर्यटन क्षेत्रमा निजी लगानीको प्रोत्साहन, वातावरणमैत्री एवं दिगो विकासको अवधारणालाई मुख्य रणनीतिक स्तम्भको रूपमा अघि सारेको छ ।

१६. प्रसिद्ध देशभक्तिपूर्ण गीत ‘रातो र चन्द्र सूर्य...’ का रचनाकार (गीतकार) को हुन् ?

➤गोपालप्रसाद रिमाल

१७. काठमाडौँ महानगरपालिकाले जलवायु सङ्कट र फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि कुन अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ?

➤जिरो वेस्ट सिटी 

  • काठमाडौँ महानगरपालिकाद्वारा वि.सं. २०८२ असार २९ गते आयोजित नगर सभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस रूपान्तरणकारी अभियानको घोषणा गरिएको हो । 
  • अभियानका ३ मुख्य रणनीतिक खम्बा :  फोहोरबाट ऊर्जा उत्पादन, सामुदायिक पुन: प्रयोग केन्द्र र सहरी वनको अवधारणा । 

१८. ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर कुन संस्थालाई चिनिन्छ ? 

➤एम्नेस्टी इन्टरनेसनल

  • स्थापना : सन् १९६१ जुलाई 
  • प्रधान कार्यालय :  लन्डन, बेलायत 

१९. नेपालमा कहिलेसम्म सबै नेपालीलाई स्वच्छ खानेपानीमा पहुँच पु¥याउने लक्ष्य लिइएको छ ?

➤ सन् २०३० सम्म

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 42
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA