Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

गण्डकी प्रदेश, खा.पा.स.टे., चौथो तह - २०८३/०५/०२

  • Ajnabee Khadka
  • August 19, 2026
  • 271

गण्डकी प्रदेश, खा.पा.स.टे., चौथो तह - २०८३/०५/०२

Gandaki Province, Kha.P.S.T.E., Fourth Level - 2083/05/02
  1. रिजरभयार टंकीमा वासआउट पाइप कुन ठाउँमा राखिन्छ ?

    • A. आउटलेट भन्दा मुनी ✓

    • B. आउटलेट भन्दा माथी

    • C. इनलेट भन्दा माथी

    • D. इनलेट भन्दा मुनी

  2. व्यास २ मिटर र उचाइ ३ मिटर भएको बेलनाकार ट्याङ्कीमा कति पानी अटाउँछ?

    • A. ९४१० लिटर

    • B. ९४२० लिटर

    • C. ९४३० लिटर ✓

    • D. ९४४० लिटर 

  3. तलका मध्ये सबैभन्दा सानो स्केल कुन हो ?

    • A. 1cm=10m

    • B. 1cm=100m

    • C. 1cm=1000m

    • D. 1cm=10000m ✓

  4. सेक्सनल भल्व (Sectional Valve) को मुख्य काम के हो ?

    • A. चाप नियन्त्रण गर्नु

    • B. पूरै प्रणालीको आपूर्ति बन्द गर्नु

    • C. पाइपलाइनको निश्चित भागलाई Isolate गर्नु ✓

    • D. आपूर्ति गरिएको पानीको मात्रा मापन गर्नु

  5. ब्लीचिङ पाउडर (Bleaching Powder) ले के काम गर्छ ?

    • A. पानीमा रहेको सूक्ष्म जीवाणुहरु मार्ने ✓

    • B. पानीको धमिलोपना हटाउने

    • C. पानीको रङ्ग हटाउने

    • D. पानीमा स्वाद लगाउने

  6. राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ अनुसार धमिलोपन (Turbidity) को अधिकतम सघन सीमा (Maximum Concentration Limit) कति हो ?

    • A. 5 NTU ✓

    • B. 10 NTU

    • C. 15 NTU

    • D. 20 NTU

  7. हातबाट मिसाउँदा कंक्रिट समिश्रणमा कति प्रतिशत बढी cement मिसाउनु पर्छ ?

    • A. ५%

    • B. १०% ✓

    • C. १५%

    • D. २०%

  8. ब्रेक प्रेसर ट्याङ्कले पानीको प्रेसर कुन हदसम्म घटाउँछ ?

    • A. १० मिटरसम्म

    • B. शून्यसम्म ✓

    • C. शून्यभन्दा तल

    • D. वायुमण्डलीसम्म

  9. फेरोसिमेन्ट टंकी बनाउदा सबैभन्दा उपयुक्त फर्माको सामग्री कुन हो ?

    • A. पाईपको क्वाइल 

    • B. प्लाईउड ✓

    • C. बाँस

    • D. स्टिल प्लेट

  10. ढल लाइनमा (Sewer pipeline) सामान्यतया कुन स्थानहरुमा म्यानहोल (Manhole) स्थापना गरिन्छ?

    • A. Treatment plant मा मात्र

    • B. हरेक घरको जडानमा

    • C. हरेक मोड, जंक्शन, ढलान परिवर्तन वा व्यास परिवर्तन भएको स्थानमा ✓

    • D. Outfall बिन्दुमा मात्र

  11. सोकपिट (Soak pit) को व्यास कति से.मी. भन्दा सानो हुनु हुदैन ?

    • A. ४५ से.मी.

    • B. ९० से.मी.

    • C. ५० से.मी.

    • D. १०० से.मी. ✓

  1. फोहोरमैला व्यवस्थापनमा 3R भन्नाले के जनाउँछ ?

    • A. Reduce, Reuse and Recycle ✓

    • B. Reform, Replace and Recycle

    • C. Regenerate, Replace and Recycle

    • D. Remove, Reuse and Recycle

  2. नेपालको पहिलो खुला दिशामुक्त जिल्ला कुन हो ?

    • A. स्याङ्जा

    • B. तनहुँ

    • C. गोरखा

    • D. कास्की ✓

  3. इनार कुन स्रोतको पानी हो ?

    • A. सतही पानी

    • B. वर्षाको पानी

    • C. भूमिगत पानी ✓

    • D. समुद्री पानी

  4. HDPE पाईप कसरी जडान गरिन्छ?

    • A. Butt Joint

    • B. Electrofusion Joint

    • C. Mechanical Joint

    • D. माथिका सबै ✓

  5. ग्रैभिटी सिस्टम र पम्पिङ सिस्टम मुख्यत तल दिइएका मध्ये कुन कारणबाट फरक छन् ?

    • A. डिजाइन अवधी

    • B. जनसंख्या

    • C. पानीको स्रोतको अवस्था ✓

    • D. पानीको परिमाण

  6. खानेपानी प्रणालीमा कस्तो अवस्थामा पानी पम्प गर्ने प्रणाली आवश्यक पर्दछ?

    • A. पानीको स्रोत समुदाय भन्दा होचो स्थानमा भएमा ✓

    • B. पानीको स्रोत समुदाय भन्दा अग्लो स्थानमा भएमा

    • C. पानीको स्रोत र समुदाय बराबर उचाइमा भएमा

    • D. माथिका सबै अवस्थामा

  7. सिमेन्ट कंक्रिट (Cement Concrete) को मजबुती प्रमुख रुपमा के कुरामा निर्भर रहन्छ ?

    • A. Quality of water

    • B. Quantity of aggregate

    • C. Quantity of Cement

    • D. Water-cement ratio ✓

  8. कंक्रिट ढुवानी (Transporting) गर्दा कति मिटर भन्दा बढी उचाइबाट खसाल्नु हुँदैन ?

    • A. ०.५ मिटर

    • B. १.५ मिटर ✓

    • C. ३ मिटर

    • D. ३.५ मिटर

  9. साइटमा नै बनाउन सकिने फिटिङ्ग कुन हो ?

    • A. G.I fittings

    • B. C.I fitting

    • C. HDPE pipe fittings ✓

    • D. DI fitting

  10. पोर्ल्याण्ड सिमेन्टको मुख्य तत्व कुन हो?

    • A. चुना (Lime) ✓

    • B. एलुमिना (Alumina)

    • C. आइरन अक्साइड (Iron Oxide)

    • D. क्षार (Alkalies)

  11. पाइप काटिसकेपछि पाइपको भित्री भागलाई सफा गर्न प्रयोग गरिने ओजारलाई के भनिन्छ?

    • A. ब्रस

    • B. पाइप रिमर ✓

    • C. पाइप डाइ

    • D. पाइप भाइस

  12. ठेक्का बिल भनेको के हो ?

    • A. ठेकेदारले खरिद गरेको सामग्रीको बिल

    • B. गरिएको कामको नाप अनुसार तयार पारिएको भुक्तानी दस्तावेज ✓

    • C. ठेकेदारलाई दिइने अग्रिम भुक्तानी

    • D. कार्यालयको मासिक खर्च विवरण

  13. पानी कर ऐन, २०२० अनुसार दर्ता गरिएको पानीको धारा भएको व्यक्तिले कर कसरी बुझाउनु पर्छ ?

    • A. वार्षिक रुपमा

    • B. मासिक रुपमा ✓

    • C. त्रैमासिक रुपमा

    • D. अर्धवार्षिक रुपमा

  14. उपभोक्ता सन्तुष्टि पहिचान सर्वेक्षण गर्दा पानीजन्य रोगको तथ्याङ्क कहाँबाट उपलब्ध हुन्छ ?

    • A. उपभोक्ता समितिबाट

    • B. खानेपानी सुरक्षा टोलीबाट ✓

    • C. सम्बन्धित स्वास्थ्य केन्द्रबाट

    • D. खानेपानी कार्यालयबाट

  1. गण्डकी प्रदेशले नेपालको कति प्रतिशत क्षेत्रफल ओगटेको छ?

    • A. १४.६६% ✓

    • B. १५.१०%

    • C. १७.५०%

    • D. १३.५५%

  2. नेपालमा ८५०० मिटर भन्दा बढी उचाई भएका हिमशिखर कतिवटा छन्?

    • A. ४

    • B. ३ ✓

    • C. ५

    • D. २

  3. अभिलेख व्यवस्थापन (Record Management) को प्राथमिक उद्देश्य के हो ?

    • A. भण्डारण गर्ने ठाउँलाई अधिकतम बनाउनु

    • B. कानुनी आवश्यकताहरुको परिपालन गर्नु र कार्य सञ्चालन दक्षता सुधार गर्नु। ✓

    • C. सबै भौतिक कागजका फाइलहरु हटाउनु

    • D. ऐतिहासिक कागजातहरु मात्र भण्डारण गर्नु

  4. देहायको कुन अवस्थामा कर्मचारीको आफ्नो पद माथिको पदाधिकार कायम रहँदैन?

    • A. विदामा रहेका बखत

    • B. नैतिक पतन देखिने फौजदारी कसूर ठहर भएमा ✓

    • C. निलम्बनमा रहेका बखत

    • D. सरुवा भई कार्यभार सम्हाल्न पाइने म्यादसम्म

  5. प्रदेश लोक सेवा आयोगको सदस्य हुन न्यूनतम कति उमेर हद पार गरेको हुनुपर्दछ?

    • A. ४५ वर्ष

    • B. ३५ वर्ष ✓

    • C. ४० वर्ष

    • D. ३० वर्ष

  6. गण्डकी प्रदेश निजामती सेवा ऐन, २०७९ मा मुस्लिमलाई कति प्रतिशत आरक्षण को व्यवस्था गरिएको छ ?

    • A. १० %

    • B. ५ %

    • C. ४ % ✓

    • D. ३ % 

  7. सार्वजनिक खरिदको विधिमा तलका मध्ये कुन पर्दैन?

    • A. शिलबन्दी दरभाउपत्र

    • B. अमानतबाट

    • C. छनोटपूर्ण खरिद ✓

    • D. सोझै खरिद

  8. प्रदेश सरकारको आय व्ययको अन्तिम लेखा परीक्षण कसले गर्छ ?

    • A. प्रदेश लेखा नियन्त्रक कार्यालय

    • B. महालेखा नियन्त्रक कार्यालय

    • C. सार्वजनिक लेखा समिति

    • D. महालेखा परीक्षकको कार्यालय ✓

  9. भष्टाचार निवारण ऐन, २०५९ अनुसार पचास हजार रुपैयाँसम्म रिसवत लिने दिनेलाई कस्तो सजाय हुन्छ?

    • A. एक महिना देखि छ महिनासम्म कैद र विगो बराबर जरिवाना ✓

    • B. तीन महिना देखि एक वर्षसम्म कैद र विगो बराबर जरिवाना

    • C. एक वर्षसम्म कैद र विगो बराबर जरिवाना

    • D. तीन वर्षसम्म कैद र विगो बराबर जरिवाना

  10. कार्यालयको सवारी साधन प्रयोग गर्दा निम्नमध्ये के कुरामा विचार गर्नुपर्दछ ?

    • i. कार्यालयको काममा मात्र सवारी प्रयोग गर्नु पर्छ

    • ii. सवारी साधन प्रयोग गर्दा लगबुक राख्नु पर्छ

    • iii. सवारी साधनको बीमा गर्नु पर्दछ

    • iv. सवारी साधनको निजी व्यावसायिक प्रयोग गर्नु पर्छ

    • A. (i) सही (ii) गलत

    • B. (ii) सही (iii) गलत

    • C. (iii) सही (iv) गलत

    • D. (i), (ii) र (iii) सही (iv) गलत ✓

  11. नागरिक वडापत्रको अवधारणा विश्वमा सर्वप्रथम कुन देशबाट सुरु भएको हो ?

    • A. संयुक्त राज्य अमेरिका

    • B. बेलायत ✓

    • C. भारत

    • D. फ्रान्स

  12. अब्राहम मास्लोको उत्प्रेरणाको सिद्धान्त (Theory of Motivation) मा मानिसका आवश्यकताका तहहरुमध्ये सामाजिक आवश्यकता (Social needs) कति औं तहमा रहेको छ ?

    • A. दोस्रो

    • B. तेस्रो ✓

    • C. चौथो

    • D. पाँचौ

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 38
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 63
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 41
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA