Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

मिति २०८०/११/१५ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदको लागि लोक सेवा आयोगद्वारा सोधिएका सामान्य ज्ञानका प्रश्नहरु:

  • Ajnabee Khadka
  • March 01, 2024
  • 895

मिति २०८०/११/१५ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदको लागि लोक सेवा आयोगद्वारा सोधिएका सामान्य ज्ञानका प्रश्नहरु:

मिति २०८०/११/१५ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदको लागि लोक सेवा आयोगद्वारा सोधिएका सामान्य ज्ञानका प्रश्नहरु:

१. स्थानिय तहलाई दिने समानीकरण अनुदान कस्को सिफारिशमा दिने व्यवस्था छ ?
– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

२. National Forensic laboratory (NAST) कुन मन्त्रालय अन्तर्गत पर्दछ ?
– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

३. राष्ट्रिय जनगणना, २०७८ अनुसार तल दिइएको कुन भनाई सही छ/छन् ?
(क) नगरपालिकामा बसोवास गर्ने जनसंख्या ६६.७ प्रतिशत रहेका छन् ।
(ख) सबैभन्दा कम जनसंख्या भएको प्रदेश कर्णाली हो ।
– दुबै सही

४. पन्ध्रौ योजनाले विपदका घटनाबाट प्रभावित हुने जनसंख्या प्रति हजार कतिमा झार्ने लक्ष्य लिएको
छ ?
– ९.८ प्रतिशत

५. नेपालको संबिधानको धारा १ मा के सम्बन्धि ब्यवस्था गरिएको छ ?
– संविधान मूल कानून

६. जाखिरा ताल कुन जिल्लामा पर्दछ ?
– कपिलबस्तु

७. कम्प्युटरको Algorithm भनेको के हो ?
– A list set of instructions, used to solve problems or perform tasks, based on the understanding of available alternatives.

८. भांवर प्रदेशले तराई प्रदेशको कति प्रतिशत भू-भाग ओगटेको छ ?
– ४.५%

९. आसियानको हालको महासचिव कुन देशको हुन् ?
– कम्बोडिया

१०. सन् २०२३ को रसायन शास्त्रमा नोवेल पुरस्कार के विषयमा प्राप्त गरेका थिए ?
– क्वान्टम डट्सको खोज र संश्लेषण को लागि

११. खुकुरी डण्डा क्रस र तिन तारा कसको दर्ज्यानी चिन्ह हो ?
– प्रहरी वरिष्ठ उपरीक्षक

१२. तिब्बतले कहिले देखि नेपाली सिक्का प्रचलनमा कुन सन्धिवाट बन्द गरेको हो ?
– बि.स. १८४६ को केरुङ सन्धि पछि

१३. सन् २०२४ को ओस्कर अवार्डका लागि मनोनित नेपाली चलचित्र कुन हो ?
– हल्कारा

१४. रुसी राज्य क्रान्तिसंग तलका मध्ये कुन बिशेषता मिल्दैन ?
– साम्राज्यबाद अन्त्य गर्नका लागि गरिएको क्रान्ति ( दिएका मध्ये)

१५. एशिया र युरोपमा फैलिएको घाँसे मैदान कुन हो ?
– स्टेप्स

१६. डि. एन. ए. मा तलको मध्ये कुन तत्व पर्दैन ?
– युरासिल

१७. डग फाइट केसंग सम्वन्धित छ ?
– प्लेनद्वारा हुने लडाई

१८. संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम तलका मध्ये कुन चाँही होइन ?
– शरणार्थी व्यवस्थापन (यो कार्यक्रम UNHCR ले गर्दछ।)

१९. अन्नपुर्ण हिमश्रृंखला अन्तर्गत नपर्ने हिमाल दिएका मध्ये कुन हो ?
– मार्वी हिमाल

२०. क्याप्सियन तालको सबैभन्दा गहिरो भाग कुन हो ?
– The southern Caspian

२१. नेपाल प्रहरीले पहिलो युएन मिशन कुन देशमा कहिले गएको थियो ?
– पूर्वी युगोस्लाभिया सन् १९९२

२२. तलका मध्ये कुन जय प्रकाश मल्लसँग सम्बन्धित छैन् ?
– पशुपतिनाथको कोटर्लिङ्ग (दिएका मध्ये)

२३. कुन योजनावाट दिगो आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिन थालिएको हो ?
– आठौं पञ्चवर्षिय योजनाबाट

२४. पहिलो पञ्चवर्षिय योजना कहिले देखि शुरु भएको हो ?
– बि.सं. २०१३ असोज १ गते

२५. इन्टरपोलको Red-Notice कुन अवस्थामा जारी हुन्छ ?
– फरार अपराधी पक्राउ

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1084
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 111
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 95
Lumbini Province, Official Level 7, (Non-Technical) - 2083/03/13
Past Questions

लुम्बिनी प्रदेश, अधिकृतस्तर सातौँ तह, (अप्राविधिक) - २०८३/०३/१३

  • Jun 28, 2026
  • 222
Civil Sub-Engineer Objective exam (2083 Asar 12)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 28, 2026
  • 26
Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 213
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA