Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा ‘वैदिककाल’ देखि ‘अनलाइन’ युगसम्म जग्गा प्रशासनको इतिहास

  • Ajnabee Khadka
  • October 10, 2023
  • 774

नेपालमा ‘वैदिककाल’ देखि ‘अनलाइन’ युगसम्म जग्गा प्रशासनको इतिहास

नेपालमा ‘वैदिककाल’ देखि ‘अनलाइन’ युगसम्म जग्गा प्रशासनको इतिहास

नेपालमा बैदिककालदेखि नै भूमिलाई राज्यको अधिनमा राखी भूमिको उपभोग गर्नेले निश्चित कर राज्यलाई बुझाउनुपर्ने प्रचलन थियो ।  जग्गाको उपयोग गरेवापत मालपोत असुली गर्ने काम कहिलेदेखि सुरु भयो भन्‍ने यथार्थ अभिलेख आधिकारिक रुपमा नपाइए पनि भूमिकर उठाउने कुरा ऋग्वेद र अथर्ववेदमा समेत उल्लेख भएको पाइन्छ । नेपालमा महिषपाल तथा किराँतको शासनकालमा जग्गाधनी पूर्जा जस्तै ‘लेख्य’ नामको प्रमाण दिइने र उत्पादन अनुसार जग्गाको कुत तिर्नुपर्ने व्यवस्था रहेको कुरा इतिहासका पुस्तकमा भेटिन्छ । लिच्छवीकालमा ‘अधिकरण’ नामक अड्डावाट जिन्सीको रुपमा जग्गाको तिरो असुली हुने गर्थ्याे र जग्गा प्रशासन विकेन्द्रित थियो । त्यसवेला गाउँका पाञ्‍चालीले जग्गाको प्रशासन गर्दथे ।

यस्तै, मल्लकालीन समयमा पनि भन्सार, व्यापार, प्रशासनिक र भूमि क्षेत्रमा निकै राम्रो सुधार भएको अभिलेखबाट थाहा हुन्छ । राजा राम शाहले जग्गा प्रशासनमा हले, पाटे, कोदाले, माटो मुरी, विजन, माना आदिको आधारमा जग्गाको इकाई तोकी लगत राख्‍ने व्यवस्था गरेका थिए भने राजा जयस्थिति मल्लले जग्गा नापजाँच गराउने र विर्ता जग्गा विक्री गर्न र बन्धक राख्‍ने पाउने नियम बसालेका थिए ।

सरकारी श्रेस्ता राख्‍नको लागि वि.सं. १८७१ मा लाल ढड्डा र वि.सं. १८७९ मा मोठ ढड्डा प्रयोग गरेको पाइन्छ । लाल ढड्डा र मोठ ढड्डा राजश्‍व रप्रशासकीय खर्च हिसाव राख्‍ने र किपट व्यवस्थित सर्भेक्षण अभिलेख हुन् । वि.सं. १९०३ मा राणा शासनको उदय भएपछि बेलायत सरकारले आर्थिक प्रशासनिक क्षेत्रमा सहायता प्रदान गर्न थालेपछि नेपालमा पनि व्यवस्थित रुपले राज्यव्यवस्थाका संरचनाहरुको सुधार गर्ने क्रममा भूमिव्यवस्थापनको क्षेत्रमा पनिकेही सुधारहरु भएको पाइन्छ।

१९१० देखि जग्गाको लगत तयार पार्न सुरू

वि.सं. १९१० मा मुलुकी ऐन लागू भएपछि मालपोत असुली, तहसिलका लागि जग्गा नापजाँच गर्ने व्यवस्था भएदेखि जग्गाको लगत तयार पार्ने कार्यको शुरुवात भएको पाईन्छ । वि.सं. १९३० देखि तराईका जग्गा र पहाडका खेतहरु जंजिरले र पहाडी क्षेत्रका अन्य जग्गाहरु जहाँ जे जस्तो औजार प्रयोगमा थियो सोही बमोजिम हले, पाटे, कोदाले किसिम कायम गरी जग्गाको व्यवस्थित अभिलेख राख्‍ने क्रमको थालनी भयो ।  जग्गा प्रशासनको लागि वि.सं. १९५३ मा माल अड्डा स्थापना गरियो । वि.सं. १९५९ सालमा कर्मचारीलाई तलब खुवाउन र वक्यौता असूली गर्न खडा भएको ‘तहसिल कार्यालय’लाई माल अड्डामा गाभिएको थियो । त्यसै वर्ष मधेश माल सवाल लागू गरियो । तत्कालीन व्यवस्था अनुसार तराईमा जिमिन्दार, पटवारी र पहाडतर्फ जिम्मावाल र मुखियावाट जग्गा प्रशासन अन्तर्गत जग्गाको लगततयार गर्ने तथा तिरो असुल गर्ने र भूमिकर उठाउने प्रचलनको थालनी भएको थियो । वि.सं. १९६० मा चन्द्र शमशेरले जग्गालाई अवल, दोयम, सीम र चाहार गरी ४ वर्गमा वर्गीकरण गरी वि.सं. १९६४ मा सर्पट नापी पछि जग्गाको किसिम अनुसार तिरो लगाइयो । तराईमा जिमिन्दार, पटवारी र पहाडतर्फ जिम्मावाल र मुखियाबाट जग्गा प्रशासन अन्तर्गत काम गराउने र उनीहरुबाट भूमिकर उठाउने प्रचलनको थालनी भएको थियो ।   वि.सं. १९६८ सालमा जग्गाको व्यवस्थित लगत राख्‍ने प्रयासको थालनीसँगै जग्गाको अठसट्ठा राख्‍ने कार्यको शुरुवात भएको पाइन्छ । वि.सं. १९७१ देखि तराईमा छुटप’ट लगत लिने व्यवस्था गरियो जसलाई एक हर्पिका नामले चिनिन्छ ।

जग्गाको नापजाँच सैनिकबाट

वि.सं. १९७८ मा पोता रजिष्ट्रेशन अड्डा स्थापना भएपछि घरजग्गाको हक हस्तान्तरण प्रक्रिया लिखतवाट हुन थालेको पाइन्छ । माल अड्डामा गई घरजग्गाको रजिष्ट्रेशन पारित गर्ने कामको शुरुवात १९७९ साल वैशाख १ गते भएको अभिलेखमा उपलब्ध छ । जग्गा प्रशासन सम्बन्धी कार्यका साथै सरकारी आर्थिक कारोवारको काम पनि मालअड्डा मार्फत हुन थालेको पाइन्छ। नापी सम्बन्धी काम राणा शासन कालमा सैनिक कार्यका लागि गरिन्थ्यो । त्यसैले नापी विभाग पनि रक्षा मन्त्रालय अन्तर्गत रहेको थियो । वि.स. १९८० सालतिरबाट रक्षा मन्त्रालय मातहतमा नापीको एउटा सानो टुकडीबाट नक्सा श्रेस्ता व्यवस्थापन तथा जंगी कार्य समेतको लागि नक्सा बनाउन नापजाँच शुरुवात गरिएको थियो ।  वि.सं. १९८० मा भक्तपुर जिल्लामा कित्ता नापी शुरु भयो । भूमिको समुचित व्यवस्थापन गर्ने क्रममा नेपालमा वि.सं. १९८५ देखि वि.सं. १९९० सम्ममा जग्गा नापजाँच गर्ने कार्य भएको थियो । वि.सं. १९९६ मा काठमाडौंमा नापी गोश्वाराको स्थापना भै भूमिको वास्तविक लगत तयार पार्ने कार्यको शुरुवात गरियो । वि.सं. २००७ सालको राजनीतिक परिवर्तन पछि राज्यको आय र व्ययको सार्वजनिकीकरण गर्ने व्यवस्थाको थालनी भयो । वि.सं. २००८ सालको पहिलो बजेटमा कुल राजश्वको ५० प्रतिशत भन्दा बढी योगदान मालपोतको राजश्‍व रहेको थियो । भूमि प्रशासनलाई व्यवस्थित गर्न वि.सं. २००८ सालमा भूमिदारी अधिकार प्राप्ति कानूनको मस्यौदा र भूमि जाँच कमिसन गठन गरिएको थियो । वि.सं. २००८ मैविर्ता उन्मूलनको स्वीकृति प्रदान गरी ‘विर्ता खारेजी बन्दोवस्त अड्डा’को स्थापना गरियो ।  वि.सं. २००८/१/६ मा भएको घोषणामा गणेशमान सिंह खाद्य, कृषितथा भूमिव्यवस्था मन्त्री थिए । वि.सं. २००९ श्रावण ३० गते गठन भएको परामर्शदात्री सरकारमा खड्गमान सिंहले सम्हालेको विभागमा परराष्ट्र, मालपोतर वन रहेको थियो । वि.सं. २००९ सालमा नारदमुनी थुलुङको अध्यक्षतामा भूमिसमस्या अध्ययन गरी प्रतिवेदन पेश गर्न भूमिसुधार कमिसनको गठन भयो । यस्तै, २००९ सालमै चन्द्रवहादुर थापालाई मालपोत र वन विभागको प्रमुखको रुपमा तोकेको पाइन्छ ।

मालपोत तथा वन मन्त्रालयबाट भूमि प्रशासन सम्बन्धी काम सुरू

वि.सं. २०११ सालतिर मालपोत तथा वन मन्त्रालयबाट भूमि प्रशासन सम्बन्धी कार्य सम्पादन हुने गरेको व्यहोरा त्यसबेलाको नेपाल गजेटमा प्रकाशित सूचनाबाट थाहा पाउन सकिन्छ । वि.सं. २०१२ सालमा निरजराज भण्डारी र रामचन्द्र मल्होत्रालाई सेक्रेटरी र डेपुटी सेक्रेटरीको रुपमा तोक्दा तोकिएको निकायको रुपमा अर्थ तथा मालपोत विभाग थियो ।  त्यतिवेलाका गोश्वारालाई अहिलेको विभागस्तरको कार्यक्षेत्र तोकेको पाइन्छ । वि.सं. १९९६ मा स्थापना भई वि.सं. २०१३ सम्म मालपोत विभाग अन्तर्गत रहेको काठमाडौं नापी गोश्वारा वि.सं. २०१४ सालमा नापी विभागको स्थापना पश्चात सोही विभाग अन्तर्गत रहेको थियो । वि.सं. २०१८ सालदेखि जग्गा प्रशासनको लागि ७५ जिल्लामा माल अड्डाहरु स्थापना गरिएको पाइन्छ । भूमिप्रशासनलाई व्यवस्थित गर्न २००८ मा भूमिदारी अधिकार प्राप्ति कानूनको मस्यौदा र भूमि जाँच कमिसन गठन, २००९ मा नारदमुनी थुलुङको अध्यक्षतामा भूमिसुधार कमिशनको गठन, २०१३ मा जग्गा र जग्गा कमाउने लगत खडा गर्ने ऐन, २०१४ मा भूमिसुधार ऐन, २०१६ मा विर्ता उन्मुलन ऐन, २०१९ मा जग्गा (नापजांच) ऐन, २०२१ मा भूमि सम्बन्धी ऐन, २०३३ मा गुठी संस्थान ऐन तथा २०३४ मा मालपोत ऐन जारी भई कानूनी तथा संस्थागत व्यवस्था भएको पाईन्छ । त्यसबेला सरकारको कार्य विभाजन सन्दर्भमा २०१५ आश्विन ६ गते देखि तत्कालिन श्री ५ को सरकार (कार्य विभाजन) नियमहरुद्वारा सरकारको कार्य विभाजन गर्ने कामको शुरुवात व्यवस्थित रुपमा भएको पाइन्छ । जसअनुसार २०१५ देखि २०१७ सम्म मालपोत तथा भूमिकर र रजिष्ट्रेसन सम्वन्धी कार्य अर्थमन्त्रालय अन्तर्गत रहेको देखिन्छ भने सरकारी तथा वन क्षेत्रको सर्भे र भूमिसुधार सम्वन्धी कार्य खाद्य, कृषि, नहर तथा वन मन्त्रालयले गरेको देखिन्छ ।  त्यसैगरी २०१७ देखि २०२१ सम्म मालपोत तथा भूमिकर, रजिष्ट्रेशन, गुठीहरु, सर्भे तथा नापी, विर्तार भूमिसुधार सम्वन्धी कार्य अर्थ मन्त्रालय अन्तर्गत सम्पादन भएको पाईन्छ । २०२१ देखि २०२४ सम्म भूमिसुधार मन्त्रालय अस्तित्वमा आएको देखिन्छ भने २०२४ देखि २०३८ सम्म भूमिसुधार, कृषि तथाखाद्य मन्त्रालयको रुपमा परिवर्तन भएको देखिन्छ ।  २०३८ देखि २०४२ सम्म भूमिसुधार मन्त्रालय पुनः अस्तित्वमा आएको देखिन्छ भने २०४३ देखि मन्त्रालयको नाम परिवर्तन भई भूमिसुधार तथा व्यवस्था मन्त्रालयको रुपमा रहिआएकोमा मिति २०७४/१२/२८ को नेपालसरकार (मन्त्रिपरिषद्)को निर्णय अनुसार साविकको कृषि मन्त्रालय¸ पशुपन्छी मन्त्रालय¸ सहकारी तथा गरिबी निवारण मन्त्रालय गाभिएर कृषि¸ भूमि व्यवस्था तथा सहकारी मन्त्रालय भएको थियो । २०७५/०४/१०को नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णय अनुसार हाल यस मन्त्रालयको नाम भूमि व्यवस्था¸सहकारी तथा गरिबी निवारण मन्त्रालय रहेको छ । नयाँ संगठन संरचना अनुसार यस मन्त्रालय अन्तर्ऊत भूमि व्यवस्थापन तथा अभिलेख¸नापी विभाग¸ सहकारी विभाग¸ भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र रहेका छन् । सहकारी विभाग अन्तर्गत सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र¸भूमि व्यवस्थापन तथा अभिलेख विभाग अन्तर्गत २१ वटा भूमि सुधार तथा मालपोत कार्यालय र ११० वटा मालपोत कार्यालयहरू छन् । यस्तै, नापी विभाग अन्तर्गत १३१ वटा नापी कार्यालयहरू र ७ वटा विशेष नापी कार्यालयहरू रहेका छन् ।

अहिलेको अनलाइन युग

पछिल्लो समय मालपोत र नापी कार्यालयको काम कारबाही विस्तारै अनलाइन प्रणालीमा रुपान्तरण हुँदैछ । अब सेवाग्राहीले जग्गा प्रशासनका कतिपय कामहरु घरमै बसिबसी अनलाइनबाटै गर्न सक्छन् ।  अहिले सञ्चालनमा रहेका १२६ मालपोत कार्यालयहरु अनलाइन प्रणालीमा गइसकेका छन् ।  देशका ६७ मालपोत कार्यालयमा पब्लिक एक्सेस मोडल ९पाम मार्फत सेवा प्रवाह सुरु भएको छ । सेवाग्राहीले आफु अनुकुल तरिकाले इन्टरनेटको माध्यमबाट सहजै जग्गाको कारोबारका लागि अनलाइनबाटै निवेदन दिन सक्ने गरी भूमि व्यवस्थापन तथा अभिलेख विभागले मालपोत कार्यालयहरुमा ‘पाम’ लागू गरेको हो । अहिले देशभर एक सय २६ मालपोत कार्यालय सञ्‍चालनमा छन् । बाँकी मालपोतमा पनि यही आर्थिक बर्षभित्रै ‘पाम’ मार्फत सेवा सञ्‍चालन गर्ने लक्ष्य छ । वेबमा आधारित भएको हुँदा इन्टरनेट कनेक्टीभिटी भएको जुनसुकै स्थानबाट जग्गा प्रशासनका लागि आवश्यक निवेदन तथा फारम अनलाइन भर्न सकिन्छ । र, यो सुविधा  साताको सातै दिन चौबिसै घण्टा उपलब्ध हुन्छ ।प्रणालीबाट अनलाईन निवेदन तथा फारम भरेपश्‍चात आवश्यक लिखत तथा निवेदन प्रिन्ट गर्न सकिने भएकोले हस्तलिखत निवेदन फारम तयार गर्नु पर्दैन । अनलाइनबाटै घरजग्गाको नक्सा हेर्न र आफै प्रिन्ट गर्न मिल्ने व्यवस्था गरिएको छ । नापी विभागले आफ्नो कार्यालयबाट प्रवाह गर्ने सेवाहरुलाई डिजिटलाइजेसन गर्ने क्रममा ‘मेरो कि’ अनलाइन प्रणाली सुरु गरेको हो ।  घरजग्गाको नक्सा प्रिन्ट गर्न र त्यसको शुल्क बुझाउन नापी कार्यालय धाउन नपर्ने भएको छ । नक्सा, प्लट रजिष्टर र फिल्ड बुकलाई डिजिटल गरी सेवाग्राहीको पहुँचमा दिइएको हो । ‘मेरो कित्ता डटकम डीओएस डट जिओभी डट एनपी’ लगइन गरेर ‘मेरो कित्ता’ अलनाइन सेवा लिन सकिन्छ । पहिलो चरणमा यो सेवा काठमाडौं उपत्यकाका डिल्लीबजार, कलंकी र भक्तपुर कार्यालयमा लागू भएको छ । विस्तारै देशैभरका १२६ नापी कार्यालयहरुमा यो सेवा सुरु हुनेछ ।नापी विभागमा नक्सा पाउने र बनाउने म्यानुअल्ली प्रकृयालाई डिजिटलाइज गर्न ‘मेरो कित्ता’ सेवा सुरु गरिएको हो । सेवाग्राहीले मोबाइल एप वा वेबसाइटमा गएर आफ्नो घरजग्गाको डिटेल उल्लेख गरेर नक्सा प्रिन्ट गर्न सक्छन् ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 59
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 79
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 56
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 138
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 129
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA