Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

नेपाल समाचारपत्र लोकसेवा तयारी सामग्री ५ कार्तिक २०८१

  • Ritisha Shakya
  • October 21, 2024
  • 196

नेपाल समाचारपत्र लोकसेवा तयारी सामग्री ५ कार्तिक २०८१

नेपाल समाचारपत्र लोकसेवा तयारी सामग्री ५ कार्तिक २०८१

वस्तुगत सामग्री

१. नोबेल पुरस्कार विजेतालाई के भनिन्छ ?
– लरेट
–एउटा पुरस्कार बढीमा तीन जनाले प्राप्त गर्न सक्ने
– मलाला युसुफजाई सबैभन्दा कम उमेरकी विजेता रहेको
–जोन बी गुडइनफ सबैभन्दा बढी उमेरका विजेता रहेको
– प्रत्येक वर्ष भौतिकशास्त्र, रासायनशास्त्र, चिकित्साशास्त्र, साहित्य र शान्ति गरी ६ विधामा नोबेल पुरस्कार प्रदान गरिने
– स्विडिस व्यापारी तथा डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले यी पुरस्कारहरू स्थापना गरेको
–नोबेल पुरस्कार सबैभन्दा पहिले सन् १९०१ मा प्रदान गरिएको
–सन् १९६८ मा स्विडनको केन्द्रीय ब्यांकले अर्थशास्त्रका लागि छुट्टै पुरस्कारको स्थापना गरेको
– फ्रान्सकी मरी क्युरी दुई पटक यो पुरस्कार पाउने एकमात्र महिला वैज्ञानिक रहेको
–नोबेल पुरस्कार डिसेम्बर १० मा एउटा विशेष समारोह आयोजना गरेर वितरण गरिने
–यस वर्षको चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार विजेता भिक्टर इम्ब्रोस र म्यारी रभ्कन रहेको (माइक्रो आरएनए आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि प्रदान गरिएको)
–अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी अर्थशास्त्री म्यासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीका डारोन एसिमोग्लु, सोही इन्स्टिट्युटका साइमन जोन्सन र सिकागो विश्वविद्यालयका जेम्स रोबिन्सनलाई प्रदान गरिएको (संस्थाहरूको निर्माण र तिनले कसरी समृद्धिलाई प्रभावित गर्छन् भन्ने अध्ययनका लागि प्रदान गरिएको)
–भौतिकशास्त्रको तर्फबाट जोन जे हप्फिल्ड (अमेरिका) र जेफ्री हिन्टन (ब्रिटिस क्यानडेली) ले प्राप्त गरेको (आर्टिफिसियल न्युरल नेटवर्कमार्फत मेसिन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कार बापत प्रदान गरिएको साथै हप्फिल्डलाई)
– साहित्यतर्फको पुरस्कार हान काङ (दक्षिण कोरिया) लाई प्रदान गरिएको (ऐतिहासिक संघातको सामना गर्ने र मानव जीवनको कोमलता दर्साउने काव्यात्मक गद्यका लागि प्रदान गरिएको)
– रासायनशास्त्र तर्फ डेभिड बेकर (अमेरिका), जोन एम जम्पर (अमेरिका) र डेमिस हासाविस (बेलायत) लाई प्रदान गरिएको
–शान्तितर्फको पुरस्कार निहन हिडन्क्यो नामक (जापानी संस्था) ले प्राप्त गरेको (विश्वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयास एवं आफ्नो साक्षात अनुभवका माध्यमबाट परमाणु हतियार पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने सन्देश प्रवाह गरे बापत प्रदान गरिएको)
२. सार्वजनिक यातायातमा महिला स्वास्थ्य स्वयंसेविकाले कहिलेदेखि निःशुल्क यात्रा गर्न पाउने भएका छन् ?
–२०८१ कात्तिक १५
३. ८ हजार मिटरभन्दा अग्ला १४ शिखर आरोहण गर्ने पहिलो नेपाली महिला को हुन् ?
– दावा याङजुम शेर्पा
४. सतार (सन्थाल) जातिले शिकारमा सफलता मिलोस् भनेर मनाउने पर्वलाई के भनिन्छ ?
– वहा पर्व
–गाउँको प्रमुख व्यक्तिलाई मन्झी हाडाम भनिने
–धेरै गाउँ मिलेर निर्माण गरिने बृहत्तर संरचनालाई पारगाना भनिने
– बच्चाको नाम राख्ने कार्यलाई निम्दामडी भनिने
–धान भित्र्याएपछि मंसिर महिनामा सोहराई पर्व मनाउने
५. विश्व युवा सूचकाङ्कमा नेपाल कति औं स्थानमा पर्दछ ?
– १०८औं
६. सेक्रेड इकोलोजी पुस्तकका लेखक को हुन् ?
– फ्रिकेट बक्स
७. अन्तरिक्षमा रोपिएको पहिलो तरकारी कुन हो ?
– आलु
८. माचु पिचु कुन देशमा पर्दछ ?
– पेरु
९. आफ्नो स्वास्थ्य प्रति निकै सचेत हुने व्यक्तिलाई चिकित्सा भाषामा के भनिन्छ ?
– हाइपोकोन्ड्रिएक
१०. केटीका बाबुले कुखुराको भाले काटी दुवैको हातमा पर्ने गरी रगत चुहाइदिने बिहे संस्कार कुन जातिमा रहेको छ ?
– पहरी
११. क्यूआर कोडको विकास गर्ने कम्पनी कुन हो ?
– जापानको डेन्सो वेभ कम्पनी
१२. विश्वमा सबैभन्दा बढी हुलाक कार्यालय भएको देश कुन हो ?
– भारत
१३. नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने म्यानमार (तत्कालीन बर्मा) कि नेतृ आङ सान सुकीले नेपालका बारेमा लेखेको पुस्तक कुन हो ?
– लेट्स भिजिट नेपाल (सन् १९८५ मा प्रकाशन भएको)
१४. अमेरिकाका पहिलो अश्वेत राष्ट्रपति को हुन् ?
– बाराक ओबामा
– ५ सय ३८ सदस्यीय इलेक्ट्रोरल कलेजले राष्ट्रपतिको चयन गर्ने
–क्यालिफोर्निया राज्यसँग सर्वाधिक ५४ इलेक्टोरल मत रहेको
–वाइओमिङ, अल्यास्का, नोर्थ डकोटा र वासिङ्टन डीसीसँग न्यूनतम तीन–तीन मत रहेको
१५. चियाको बोटको वैज्ञानिक नाम के हो ?
– क्यामेलिया साइनेन्सिस
१६. विश्वमा सबैभन्दा बढी कोकाकोला उपभोग गर्ने मुलुक कुन हो ?
– आइसल्यान्ड
१७. एआई र रोबोटिक्समा आधारित पहिलो नेपाली उपन्यास कुन हो ?
– सावर्णी (श्रीधर खनालद्वारा लेखिएको)
१८. भैरवको वाहन मानिने जनावर कुन हो ?
– कुकुर
१९. आफूमा क्यान्सर विकसित होला कि भन्ने लामो समयदेखिको डरलाई के भनिन्छ ?
– कार्सिनोफोबिया

विषयगत सामग्री

१. प्रभावकारी समन्वयका विधिहरु उल्लेख गर्दै नियन्त्रण र समन्वयको आवश्यकता एवं महत्व माथि चर्चा गर्नुहोस् ।
पृष्ठभूमि
– सङ्गठनमा आवद्ध भएका व्यक्तिहरुबीच सुमधुर सम्बन्ध कायम राख्ने कार्य नै समन्वय हो ।
– संगठनको उद्देश्य प्राप्तिका लागि कार्यसम्पादनको निर्धारित मानकसँग वास्तविक कार्यसम्पादनको अन्तर पहिचान गर्ने, अन्तर ल्याउने कारणहरुको विश्लेषण गर्ने र उक्त अन्तर कम गर्न सुधारात्मक कदमहरु अगाडि बढाउने कार्य नै नियन्त्रण हो ।
प्रभावकारी समन्वयका विधिहरु
– स्पष्ट परिभाषित लक्ष्यहरु
– सरल सङ्गठन संरचना
– नीति र कार्यक्रमहरु
–  समितिहरु
–  कर्मचारीहरुको बैठक
– प्रभावकारी सञ्चार
– अनौपचारिक सम्पर्क
नियन्त्रणको आवश्यकता एवं महत्व
– कार्य सञ्चालनलाई व्यवस्थित, सिलसिलाबद्ध र नियमित गर्न
– स्रोत, साधन तथा सम्पत्तिको उपयोगमा नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारिता ल्याउन
–  प्रचलित ऐन, नियम लगायतका काननी व्यवस्था तथा कार्यविधिको परिपालना गराउन
– स्रोत साधन तथा सम्पत्तिको अपव्यय, दुरुपयोग र हानि नोक्सानी हुनबाट रोक्न
– वित्तीय प्रतिवेदनको विश्वसनीयता, गणस्तरीयता र प्रभावकारिता अभिवृद्धि गर्न
– वित्तीय जिम्मेवारी तथा अनुशासन कायम गरी वित्तीय पारदर्शिता र जवाफदेही प्रवद्र्धन गर्न
समन्वयको आवश्यकता एवं महत्व
–  सम्पादित कार्यको एकीकरण र काममा एकरुपता कायम गर्न
–  अन्य संगठनसँग सहकार्य गर्न
– समस्याको सहि पहिचान गरि समयमै समाधान गर्न
– संगठनको कार्यसम्पादन स्तरमा प्रभावकारीता वृद्धि गर्न
– अनुगमन र मूल्याङ्कनमा प्रभावकारिता ल्याउन
–  वातावरणीय तत्वहरुसँग असल कार्य वातावरण निर्माण गर्न
–  स्रोत, साधन, प्रविधि र संगठन बीच अन्तरसम्बन्ध कायम गर्न
– आन्तरिक र बाह्य पक्षहरुबीचको द्वन्द्व व्यवस्थापन गर्न
– सेवा प्रवाहलाई नियमित र प्रभावकारी तुल्याउन
– कार्यमा दोहोरोपन हटाउन
–  कार्यसम्पादनमा देखिने समस्या समाधान गर्न
– कार्यसम्पादनलाई लक्ष्यपरक बनाउन
– सार्वजनिक खर्च कम गर्न
–  साधन स्रोत समयको सही सदुपयोग गर्न
– सञ्चार प्रक्रियालाई व्यवस्थित बनाउन
निष्कर्ष
समन्वय र नियन्त्रणको सन्तुलित प्रयोगद्वारा संस्थामा आबद्ध मानव संसाधनको उचित परिचालन गरी संस्थाद्वारा निर्धारित लक्ष्य एवं उद्देश्यहरु हासिल गर्न सक्नुपर्दछ ।
२. लागूपदार्थ भनेको के हो ? लागूपदार्थका असरहरु उल्लेख गर्दै लागूऔषध नियन्त्रणका लागि भएका कानुनी एवं संस्थागत व्यवस्थाको चर्चा गर्दै लागूऔषध नियन्त्रणका आयामहरु लेख्नुहोस् ।
लागूपदार्थको परिचय
–  मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ नै लागूपदार्थ वा औषध हो ।
– सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागूपदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ ।
–  कानुनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागूऔषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागूपदार्थ हो ।
–  विश्व स्वास्थ्य संगठनले लागूपदार्थलाई स्वस्थ शरीरका लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ ।
– लागूऔषध नियन्त्रण ऐन–२०३३ को दफा ‘घ’ ले लागूऔषधलाई देहाय बमोजिम परिभाषित गरेको छ :
– गाँजा
– औषधोपयोगी गाँजा
– अफिम
– तैयारीको अफिम
– औषधोपयोगि अफिम
– कोकाको झार र पात
–  अफिम तथा कोककाको सारतत्व मिश्रण वा लवण समेत मिलाई तयार गरिने कुनै पदार्थ
– नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागूऔषध तथा मनोदिपक पदार्थ (साइकोट्रपिक्स सब्स्टान्स) र तिनको लवणहरू तथा अन्य पदार्थ
लागूपदार्थका असरहरु
– शारीरिक असरः–  एचआईभी/एड्स, हेपाटाइटिस तथा यौनजन्य रोगहरू संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रुचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने
– मानसिक असरः– एकोहोरोपन, फ्रस्टेसन, डिप्रेसन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सिर्जना, आत्महत्या गर्न प्रेरित हुने
– पारिवारिक तथा सामाजिक असरः– पारिवारिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दूरी बढ्ने, अनैतिक कार्यमा संलग्न हुने इत्यादि ।
औषध नियन्त्रणका लागि भएका कानुनी एवं संस्थागत व्यवस्था
(क) कानुनी व्यवस्था
–  लागूऔषध (नियन्त्रण) ऐन–२०३३
– लागूऔषध नियन्त्रण राष्ट्रिय नीति–२०६३
–  लागूऔषध नियन्त्रण रणनीति–२०६६
– लागूऔषध नियन्त्रण कार्ययोजना–२०७५
– लागूऔषध प्रयोगकर्ताहरूका लागि उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका–२०७५
– लागूऔषधको नियन्त्रण र रोकथामसम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहलाई मार्गदर्शन–२०७६
–  लागूऔषधको मौखिक प्रतिस्थापन उपचार पद्धति कार्यसञ्चालन निर्देशिका–२०७०
–  साझेदारीमा लागूऔषध प्रयोगकर्ताहरूको उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि–२०७५
(ख) संस्थागत व्यवस्था
– गृहमन्त्रीको अध्यक्षतामा रहेको उच्चस्तरीय लागूऔषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समिति
– गृह सचिवको संयोजकत्वमा लागूऔषध नियन्त्रण कार्यकारी समिति
–  गृह मन्त्रालयले तोकेको सहसचिवले मुख्य लागूऔषध नियन्त्रण अधिकारीका रूपमा कार्य गर्ने
–  लागूऔषध नियन्त्रण शाखा
–  लागूऔषध नियन्त्रण ब्युरो
–  नेपाल प्रहरीका स्थानीयस्तरमा रहेका कार्यालयहरू
– सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय कार्यालयहरू
–  जिल्ला प्रशासन कार्यालयहरू
– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
– राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र
लागूऔषध नियन्त्रणका आयामहरु
नेपालमा लागूऔषध नियन्त्रण सम्बन्धी मुख्य मार्गदर्शक दस्तावेजका रूपमा लागूऔषध राष्ट्रिय नीति–२०६३ रहेको छ । सो नीतिअनुसार लागूऔषध नियन्त्रणका प्रमुख पक्षहरू÷आयामहरू (डिमिनेसन्स) देहायबमोजिम छन् :– 
–  आपूर्ति नियन्त्रण
– माग घटाउने
– उपचार तथा पुनःस्थापना
–  क्षति न्यूनीकरण
– अनुसन्धान र विकास
– सहकार्य तथा स्रोत साधन उपयोग
निष्कर्ष
लागूपदार्थले मानिसको शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउँछ । कुनै पनि बालक वा वयश्क उमेरका युवायुवतीलाई लागूपदार्थका दुव्र्यसनीको सम्पर्कमा आउनबाट कसरी बचाउने र रोक्नेमा ध्यान केन्द्रित गर्ने, लागूपदार्थको स्रोत पनि पहिचान गर्ने तथा कानुनको प्रभावकारी कार्यान्वयनको माध्यमद्वारा लागूपदार्थ नियन्त्रण गर्नुपर्दछ ।

३. फौजदारी मुद्दा भन्नाले के बुझिन्छ ? कसूरको सूचना दर्ता एवं जाहेरी दरखास्त दर्ता नभएमा उजुरी दिन सकिने सम्बन्धि व्यवस्था उल्लेख गर्नुहोस् ।
फौजदारी मुद्दाको परिचय
– अनुसूची–१, अनुसूची–२, अनुसूची–३ वा अनुसूची–४ अन्तर्गतका कसूर सम्बन्धी मुद्दा
– देहायको विषयबाहेक अन्य मुद्दाहरु
– कानुनी हक, हैसियत, पद, पारिवारिक सम्बन्ध वा सम्पत्ति सम्बन्धी मुद्दा
– नाता कायम वा सम्बन्ध विच्छेद
–  दस्तुर, पारिश्रमिक, तलब, भत्ता वा ज्याला
– अंश, अपुताली, दान बकस, इच्छापत्र, संरक्षक, माथवर, मात्रिक, पैत्रिक, अख्तियारी, धर्मपुत्र वा धर्मपुत्री
– कुनै करार, अद्र्ध–करार वा अनुचित सम्बृद्धि अन्तर्गतको कुनै हक दाबी
– दुष्कृति, अद्र्ध–दुष्कृति वा त्रुटिपूर्ण उत्पादन सम्बन्धी हक वा दाबी
– सुविधाभार
–  क्षतिपूर्ति
–  देवानी प्रकृतिको अन्य कुनै हक वा दायित्व
कसूरको सूचना दर्ता सम्बन्धी व्यवस्था
– कुनै कसूर भएको, भइरहेको वा हुन लागेको छ भन्ने कुरा थाहा पाउने व्यक्तिले जाहेरी दरखास्त दिन सक्ने
– त्यस्तो कसूरका सम्बन्धमा आफूसँग भएको वा आफूले देखे÷जाने सम्मको सबुद प्रमाण खुलाउनुपर्ने
–  जाहेरी दरखास्त लिखित, मौखिक सूचना वा विद्युतीय माध्यमबाट दिन सकिने
– अनुसूची–५ बमोजिमको ढाँचामा दिनुपर्ने
– अनुसूची–१ मा उल्लिखित कुनै कसूरको सूचना नजिकको प्रहरी कार्यालयमा यथाशीघ्र दिनुपर्ने
–  अनुसूची–२ मा उल्लिखित कुनै कसूर सम्बन्धी सूचना दिन चाहने व्यक्तिले अनुसन्धान गर्न अधिकार प्राप्त कार्यालय वा अधिकारी समक्ष दिनुपर्ने
जाहेरी दरखास्त दर्ता नभएमा उजुरी दिन सकिने सम्बन्धी व्यवस्था
– अनुसूची–१ का कसूरका हकमा जिल्ला सरकारी वकिल कार्यालय वा माथिल्लो तहको प्रहरी कार्यालयमा जाहेरी दरखास्त वा सूचनासहित उजुर गर्न सकिने
– उजुर प्राप्त भएमा सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालय वा प्रहरी कार्यालयले त्यसको अभिलेख राखी त्यस्तो जाहेरी दरखास्त वा सूचना आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाउनुपर्ने
– अनुसूची–२ का कसूरका हकमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी समक्ष उजुर दिन सक्ने
– प्रमुख जिल्ला अधिकारी नै अनुसन्धान अधिकारी तोकिएको रहेछ र निजले त्यस्तो सूचना दर्ता गर्न इन्कार गरेमा गृह मन्त्रालयमा त्यस्तो उजुर दिन सकिने
– उजुर प्राप्त भएमा सम्बन्धित प्रमुख जिल्ला अधिकारी वा गृह मन्त्रालयले तीन दिनभित्र सूचना दर्ता गर्ने वा नगर्ने निर्णय गरी सम्बन्धित कार्यालयलाई सो बमोजिम गर्न वा गराउन निर्देशन दिनुपर्ने

४. खाद्य अधिकार तथा खाद्य सम्प्रभुतता सम्बन्धी ऐन–२०७५ ले खाद्य सम्प्रभूततालाई कसरी परिभाषित गरेको छ ? उक्त ऐन अनुसार किसानलाई प्राप्त हुने खाद्य सम्प्रभूतता सम्बन्धी अधिकारहरु उल्लेख गर्दै कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धन गर्न ऐनमा गरिएको व्यवस्था स्पष्ट पार्नुहोस् ।
पृष्ठभूमि
–  वातावरणीय दिगोपनालाई बीचार गर्दै खाद्यान्नको उत्पादन, वितरण, मूल्य निर्धारण र नियमनका सन्दर्भमा उत्पादनकर्ता किसानको भूमिका महत्त्वपूर्ण हुने अवधारणा खाद्य सम्प्रभूतता हो ।
– खाद्य सम्प्रभूतताको मूल लक्ष्य उत्पादन, उपलब्धता, पहुँच, वितरण र नियन्त्रणमा किसानको प्रमुख भूमिका स्थापित गर्नु हो ।
खाद्य सम्प्रभूतताको ऐनको परिभाषा
खाद्य उत्पादन तथा वितरण प्रणालीमा किसानले उपभोग वा अभ्यास गर्ने देहायको अधिकारलाई खाद्य सम्प्रभूतता भनिन्छ ः–
–  खाद्य सम्बन्धी नीति निर्माण प्रक्रियामा सहभागी हुने
–  खाद्य उत्पादन वा वितरण प्रणालीसँग सम्बन्धित कुनै पनि व्यवसाय रोज्ने
– कृषि योग्य भूमि, श्रम, बीउ विजन, प्रविधि, औजारको छनोट गर्ने
–  कृषि व्यवसायको विश्वव्यापीकरण वा व्यापारीकरणको प्रतिकूल प्रभावबाट मुक्त रहने
किसानलाई प्राप्त हुने खाद्य सम्प्रभूतता सम्बन्धी अधिकारहरु
–  प्रत्येक किसान वा खाद्य उत्पादकले पहिचान र सम्मान पाउने
– खाद्य तथा कृषि उत्पादन प्रणालीमा सहभागी हुने
–  कृषि कार्यका लागि आवश्यक पर्ने साधन र स्रोतमा पहुँच हुने
– स्थानीय बीउ बिजन, प्रविधि, औजार र कृषि प्रजातिको छनोट तथा त्यसको बौद्धिक सम्पत्तिको संरक्षण प्राप्त गर्ने
– परम्परागत तथा रैथाने खाद्यको संरक्षण गर्ने
– कृषि पेशाबाट स्वेच्छाचारी रूपले वञ्चित गर्ने कार्य विरुद्ध संरक्षण प्राप्त गर्ने
कृषि पेशाको संरक्षण र किसानको जीवनस्तरको प्रवद्र्धन गर्न ऐनमा गरिएको व्यवस्था
–  कृषि तथा खाद्य उत्पादनको क्षेत्रमा लगानी अभिवृद्धि गर्ने
– खाद्य उत्पादनमा उन्नत प्रविधि, वातावरणमैत्री मल, बीउका विभिन्न प्रकार, जीवनाशक विषादि वा कृषि सामग्रीको दिगो प्रयोग तथा पहुँचलाई विस्तार गर्ने
– नगदेबाली वा निकासी योग्य बालीलाई विशेष ग्राह्यता दिने
– बीउ, बाली वा पशुपक्षी बीमामा किसानको सरल तथा सहज पहुँचलाई विस्तार गर्ने
– कृषि बजारमा किसानको पहुँचलाई अभिवृद्धि गर्ने
– जैविक खेतीका लागि आवश्यक पर्ने पूर्वाधारमा किसानको पहुँचलाई विस्तार गर्ने
– रासायनिक, विषादीयुक्त वा आनुवांषिक अभियान्त्रिक (जेनेटिकल्ली मोडिफाइड अर्गानिज्म) खेतीबाट हुने हानिबाट संरक्षण प्रदान गर्ने
– लामो समयसम्म सञ्चय गर्न सकिने तोकिएका बालीको न्यूनतम समर्थन मूल्य तोक्ने
– अतिवृष्टि, अनावृष्टि वा खडेरी लगायत मौसमको बारेमा पूर्वसूचना दिने प्रणालीको विकास गर्ने
– जैविक विविधतामा आधारित दीगो कृषि प्रणाली प्रवद्र्धन गर्ने
– कृषि पेशाको संरक्षण गर्न कृषिको व्यावसायीकरण, औद्योगिकीकरण, आधुनिकीकरण र प्रविधीकरण गर्ने
– महिला किसान तथा कृषिमा आधारित भूमिहीन परिवारलाई प्राथमिकताको आधारमा कृषियोग्य भूमि तथा कृषि सामग्रीमा पहुँच विस्तार गर्ने
–  कृषि बाली, फलफूल तथा पशुपक्षी उत्पादनमा प्रयोग भएको जलस्रोतको त्यस्तो उत्पादनलाई प्रतिकूल हुने गरी अन्यथा उपयोग गर्न नदिने
– कृषि उत्पादन वा कृषिबालीको हानि, नोक्सानीविरुद्ध किसानलाई तोकिएको अवस्थामा तोकिए बमोजिमको क्षतिपूर्ति प्रदान गर्ने व्यवस्था मिलाउने
– लागत मूल्यमा आधारित भई कृषि उत्पादनको समर्थन मूल्य तोक्ने
निष्कर्ष
खाद्य सम्प्रभूतताको बृहत् सिद्धान्तले किसानले आफ्नो कृषि प्रणाली बारे आफैं निर्णय गर्ने हक–अधिकारको सुरक्षाको माग गर्दछ । कस्तो बाली लगाउने ? कसरी लगाउने ? कस्तो औजार प्रयोग गर्ने ? के के लगाउने ? सारा कुरा किसानले आफ्नो नियन्त्रण र स्वतन्त्रता राख्न खोज्दछ ।

 

– ताराप्रसाद ओली
सहायक न्यायाधिवक्ता (शाखा अधिकृत)
महान्यायाधिवक्ताको कार्यालय

Categories

  • Current Affairs 422
  • Gorkhapatra 249
  • Others 730
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Description of literary sources on the beginning of human settlement and statehood in Nepal
Current Affairs

नेपालमा मानव बसोबास र राज्य व्यवस्थाको आरम्भसम्बन्धी साहित्यिक स्रोतको वर्णन

  • Oct 13, 2025
  • 49
Which homestay village has been declared the best in the country?
Current Affairs

देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ?

  • Oct 13, 2025
  • 64
The People's Movement of 1991 and subsequent politics
Others

२०४६ सालको जनआन्दोलन र त्यसपछिको राजनीति

  • Oct 12, 2025
  • 54
Entrepreneur honored with Lifetime Achievement Award at NewBiz Business Women Summit & Awards 2025
Current Affairs

न्युबिज विजनेस वुमन समिट एन्ड अवार्डस् २०२५ मा लाइफाटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उद्यमी

  • Oct 12, 2025
  • 71
Political developments after the Rana period
Others

राणाकालपछिको राजनीतिक विकासक्रम

  • Oct 10, 2025
  • 71
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA